होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मौसमविद्ले भने–चुनावको दिन पानी पर्नसक्छ
समाचार

मौसमविद्ले भने–चुनावको दिन पानी पर्नसक्छ

  • नागरिक रैबार
मौसमविद्ले भने–चुनावको दिन पानी पर्नसक्छ

मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने सम्भावना औंल्याउँदै आवश्यक पूर्वतयारी गर्न सचेत गराएका छन् । बगांलको खाडीमा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापीय अवस्था आइतबारको दिन समुद्री आँधीको रुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने उनीहरुको भनाइ छ ।

मौसमविद् डा धर्मराज उप्रेतीले आसानी नाम दिइएको सो आँधी निकै तिव्र गतिमा चलेको बताए । सो आँधीको असर भारतको ओडिसा लगायत तटीय क्षेत्रमा बढी देखिने र नेपालमा भने वैशाख २८ गतेदेखि प्रभाव देखिने उनले बताए ।

बैशाख ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए ।
‘२५ गतेदेखि बंगालको खाडीमा न्युन चापिय अवस्था समुद्री आँधिको रुपमा विकसित भएको छ । यो न्युन चापीय अवस्था बैशाख २२ गतेदेखि उत्पन्न भएको थियो । न्युन चापीय अवस्था विकसित हुँदैगर्दा आजदेखि त्यसले समुद्री आँधीको रुप लिएको छ ।

विज्ञापन

जसलाई भारतको मौसम विज्ञान विभागले आसानी समुद्री आँधीको नाम दिएको छ’, उनले भने, ‘त्यो समुद्री आँधीको प्रभाव नेपालको पूर्वीय भागमा खास गरेर बैशाखको २७ गते रातिदेखि २८, २९, ३० मा अलि बढी देखिने सम्भावना अहिलेसम्मको आकलनबाट देखिएको छ । उसैपनि वैशाखको अन्तिम र जेठको पहिलो, दोस्रो सातासम्म बढी पानी पर्ने अवस्था थियो । र अहिले नयाँ प्रणालीले गर्दाखेरी हाम्रो चुनावको मुखमा पानी पर्ने र चुनावको मुखमा पानी पर्दाखेरी त्यसले मतदान प्रक्रियामा पनि केही असर गर्न सक्ने भएको हुनाले पहिलादेखि नै पूर्वतयारी गर्नुपर्छ होला भन्ने एउटा सुझाव । दोस्रो, मत पेटिकाको सुरक्षा या मतदान गर्ने केन्द्रमा पनि पानी पर्छ भन्ने हिसाबले, नपर्न पनि सक्छ, कुनै ठाउँमा पर्ने, कुनै ठाउँमा नपर्ने खण्डवृष्टि पनि हुन सक्छ । त्यसले गर्दा हामीले तयारी अवस्थामा बस्नुपर्ने आवश्यकता छ ।’

पानीमा मतदाता र मतपत्र पनि भिज्न सक्ने अवस्था हुनसक्ने भन्दै उनले यसलाई समेत सुरक्षाको दृष्टिकोणबाट पूर्वतयारी गर्न आवश्यक रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार