होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड
समाचार

गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

  • नागरिक रैबार
गठबन्धनले चुनाव हार्दा देश हार्ने धम्की होइन, सत्य हो : प्रचण्ड

सत्ताधारी गठबन्धन दलले पोखरामा आयोजित सभामा सम्बोधन गर्न पोखरा पुगेको नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गठबन्धनले निर्वाचन हारे देश दुर्घटनामा जाने बताएका छन् । देशमा गणतन्त्रवादी र गणतन्त्र विरोधी गठबन्धन चुनावमा रहेको बताउँदै दाहालले गठबन्धनले चुनाव जितेन भने देश दुर्घटनामा जाने कुरालाई पोखरामा पनि दोर्‍याएका हुन् ।

उनले चुनावी अभियानका क्रममा चितवनमा दिएको सोही अभिव्यक्तिको कारण विवादित भएको कुरा स्मरण गर्दै गठबन्धनले चुनाव हार्दा देश हार्ने कुरा धम्की वा घुर्की नभएर सत्य भएको बताए । देशको संविधान जोगाउन बनेको गठबन्धनबाट स्थानीय निर्वाचनमा कुनै दललाई पनि घाटा नहुने बरु सबै दललाई र देशलाई पनि फाइदा हुने बताए । आफ्नो मन्तव्यलाई छोट्ट्याउँदै दाहालले अझै तीनवटा कार्यक्रममा पुग्नुपर्ने बाध्यता रहेको बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार