होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले कक्षा ८ सम्मका विद्यार्थीलाई दिवा खाजाका लागि बजेट विनियोजन नगरेको बताएका हुन् । उनले मन्त्रालयले कक्षा ८ […]
काठमाडौंको नेपालटारस्थित डेरामा मृत फेला परेकी लोक गायिका दिलमाया सुनारको हत्या भएको आशंका गरिएको छ । शनिवार बिहान बेडमा मृत अवस्थामा भेटिएकी सुनारको हत्या आशंका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान अघि बढाएको छ । लाइभ दोहोरीका कारण चर्चामा आएकी सुनारको मोबाइल फेला परेको छैन । घाँटीमा डाम देखिएको छ तर, सो डाम कसरी बस्यो […]
काठमाडौं। सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेएलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा घटाएको हो । यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० […]
धनगढीः सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चारपाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो। डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ। खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिए। ‘प्रदेशमै पहिलोपटक […]
धनगढीः सुदूरपश्चिममा यस वर्ष विगतको तुलनामा मनसुन बढी सक्रिय हुनसक्ने अनुमान गरिएको छ। मनसुन सक्रिय हुने समयमा सुरु भइरहेको छ। यसबेला हुनसक्ने सम्भावित विपद्लाई लिएर सर्वसाधारणमा भने चिन्ता उत्पन्न भएको छ। यो समयमा विशेषगरी पहाडी जिल्लामा पहिरोको जोखिम बढी हुन्छ भने तराइका क्षेत्रमा डुबानको समस्या भोग्नुपर्ने हुन्छ। यसकै कारण सर्वसाधारण चिन्तामा छन्। तर, प्रदेश सरकारले […]
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो। जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी […]
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रमा ठेला गाढामा पानीपुरी बेच्न रोक लगाएको छ । पानीपुरीको पानीमा हैजाको जीवाणु हुनसक्ने खतरा बढेपछि ललितपुरका मेयर चिरिबाबु महर्जनले महानगरभरी ठेलामा पानीपुरी बेच्न रोक लगाउने निर्णय गरेका हुन् । सोमबारबाट ललितपुर महानगरपालिकाका नगर प्रहरीहरुले ठेलामा पानीपुरी बेच्नेहरुलाई महानगरबाट हटाएका छन् । महानगरका नगर प्रहरी प्रमुख सितारा हाछेथुका अर्को निर्णय […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष ०७९/८० का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै सामाजिक विकास मन्त्री गोविन्द बोहरा काठमाडौं पुगेका छन् । सामाजिक विकास मन्त्रालयबाट सिफारिस गरिएका योजना आर्थिक मामिला मन्त्री प्रकाशबहादुर रावलले काटिदिएको भन्दै प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवासहित सत्तारुढ गठबन्धनका शीर्ष नेताको ध्यानाकर्षण गराउन बोहरा काठमाडौं पुगेका हुन् । […]
काठमाडौं। नागरिक उड्यन तथा पर्यटनमन्त्री प्रेमबहादुर आले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा पत्र बुझाएका हुन । आलेले शुक्रबार आफूले ४८ घण्टाभित्र राजीनामा दिने घोषणा गरेका थिए । त्यसै अनुसार अध्यक्ष नेपाललाई राजीनामा पत्र बुझाएको आले निकट स्रोतले बतायो । ‘राजीनामा पत्र अध्यक्षलाई बुझाइसकेका छौं,’ उक्त स्रोतले भन्यो, ‘अध्यक्षले […]
एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती जयन्ति कुमारी शाहीलाइ चालिस लाख सात हजार एक सय एकाउन्न रुपैंया मृत्युदावी रकम भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स क. लिं. बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका स्व. बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाही […]
जिल्लाकाे बडीमालिका नगरपालिकाले एघारौं नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा संचालन भएको नगरपालिकाको नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।” समृद्ध नगर , खुसी नगरवासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको व्यापार ” भन्ने मुल […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ । सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले ७ औं नगर सभाबाट लोकप्रिय कार्यक्रम ल्याएको छ । आज भएको ७ औं नगर सभाबाट महत्पूर्ण कार्यक्रमहरु पारित गरेको छ । बुढीनन्दा नगरपालिकाको नगरसभा तथा बजेट अधिवेशन आज एक बजेबाट सूरु भएको हो । स्थानीय तह निर्वाचन २०७९ पश्चात नगरपालिकामा आएका नजनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९÷८० को नीति […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्ने बताएका छन् ।काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले भने, ‘हामीलाई विश्वास छ निर्वाचन आयोगले मान्यता दिनुपर्छ, दिएन भने अर्को तयारी छ ।’ पत्रकार सम्मेलनमा प्रवक्ता मुकुल ढकालले दल दर्ता ऐन अनुसार आफूहरुको दल दर्ता हुने र नाम परिवर्तन गर्नु […]
काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीबाट पर्यटनमन्त्री बनेका प्रेम आलेबीच चर्काचर्की भएको छ । आज पार्टी बैठकमा नेपाल र आलेबीच चर्काचर्की भएको हो । बैठकमा माधव नेपालले पार्टीको निर्णय सबैले मान्नुपर्ने र विगतको समझदारी पालना गर्नुपर्ने समेत बताएका थिए । उनले मन्त्रीहरु परिवर्तनलाई स्वाभाविक मान्नुपर्ने भन्दै असन्तुष्टहरुप्रति […]
भारतको बिहारको सीतामढी जिल्लामा १५ वर्षीया किशोरीलाई बलात्कार गर्न सफल नभएपछि जिउँदै जलाइएको घटना सार्वजनिक भएको छ । ४० प्रतिशतसम्म जलिसकेकी पीडितको उपचार हाल मुजफ्फरपुरको एक अस्पतालमा चलिरहेको छ । यो घटना सीतामढीको पुपरी थाना क्षेत्रको हो । यसबारे जानकारी दिँदै प्रहरी चौकी इन्चार्ज विजय कुमारले भने, ‘घटना जुन १९ दिउँसो १ बजेतिर भएको थियो […]
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन् ।नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा उनले देशमा अहिलेको परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै फरि नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढने बताए । ‘अर्को पटक देशको नेतृत्व गर्ने […]
काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिकाले पिपरीमा रहेको त्रिभुवन आदर्श माध्यमिक विद्यालयको कक्षा ८ को परीक्षाको नतिजा अझै सार्वजनिक गर्न सकेको छैन । शैक्षिक सत्र शुरु भएको डेढ महिना बित्न लाग्दा पनि नतिजा सार्वजनिक गर्न ढिलाई गरेपछि विद्यार्थीहरुले गत हप्ता नतिजा सार्वजनिक गर्न माग गर्दै विद्यालयको गेटमा ताला लगाएका थिए । बालविकासदेखि कक्षा १२ सम्म रहेको […]
काठमाडौँ — पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले ४८ घण्टाभित्र पदबाट राजीनामा दिने बताएका छन् । शुक्रबार नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकमा मन्त्री आलेले राजीनामा दिने जानकारी गराएका हुन् । पार्टीले ६ महिनाका लागि हामीलाई सरकारमा पठाएको थियो । थप २ महिनामा पनि काम गर्ने अवसर दियो,’ आलेलाई उद्धृत गर्दै एक पोलिटब्युरो सदस्यले भने, […]
धनगढीः नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा १२ कक्षा उत्तिर्ण गराई विवाह गराउने परिवारलाई सम्मान र नगद पुरस्कार दिने निर्णय गरेको छ। यस्तो गर्ने परिवारलाई सम्मान तथा बधाइसहित प्रोत्साहन […]