होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एजेन्सीः बिहारका पूर्व मुख्यमन्त्री लालुप्रसाद यादव हस्पिटल भर्ना भएका छन्। घरमा लडेर काँध भाँचिएपछि उनी उपचारका लागि अस्पताल गएका हुन्। आइतबार घरमै लडेका ७४ वर्षीय यादवको दाहिने काँध भाँचिएपछि सोमबार पटनाको एक निजी अस्पतालमा भर्ना गरिएको थियो। यादवकी छोरी रोहिणी आचार्यले पटनाको अस्पतालमा उपचार गराइरहेका आफ्ना बिरामी बुबाको तस्बिर सेयर गरेकी छन्। तस्बिरमा यादव कमजोर […]
धनगढीः नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले नेपाली जनताले नचाहेको दलाल पुँजीवादी सत्ता लादिएको बताएका छन्। बुधबार काठमाडौमा भएको युवाहरुको भेलालाई सम्बोधन गर्दै महासचिव विप्लवले असन या सिंहदरबारबाट दलाल पुँजीवादको साँढे आएर एकछत्र राज गरिरहेको बताए। नेपालमा अहिले दलाल पुँजीवादको साँढे जनताको ढाड ढाडमा टेकेर कुदिरहेको छ’, विप्लवको भनाइ छ। उनले त्यो साँढे […]
धनगढीः धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले प्रमुखले चढ्ने गाडी विशेषज्ञ वडा क्लिनिक सञ्चालन गर्न स्वास्थ्य शाखालाई प्रदान गरेका छन्। नगर प्रमुख हमालले आफू नीजि गाडी नै प्रयोग गर्ने भन्दै सरकारी गाडी स्वास्थ्य शाखालाई प्रदान गरेका हुन्। नगर प्रमुखको रुपमा कुनै पनि सुविधा व्यक्तिगत उपभोग नगर्ने घोषणा गरेका हमालले चुनावी प्रतिबद्धता अनुसार १९ वटै वडामा हरेक […]
धनगढीः मलामी गएका डडेल्धुराका दुई युवक डोटीको सेती नदीमा बगेका छन्। बुधबार जिल्लाको अमरगढी नगरपालिका-६ स्थित छचोडाका अन्दाजी २७ वर्षीय बिरेन्द्र ताम्राकार र विनोद ताम्राकार नदीमा बगेका हुन्। डडेल्धुराबाट मलामी गएका उनीहरु दुवैजना डोटीको शिखर नगरपालिका गोबिघाटस्थित सेती नदीको शव जलाउने ठाउँबाट नुहाउँने क्रममा बगेको प्रहरीले जानकारी दिएको छ। बगेकामध्ये विनोद बगेको स्थानबाट केही तल […]
चितवन । चितवनको सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारीहरुसँग लडिबुडी गर्दै हुर्किएका पुष्पा र अञ्जलीका लागि कोषको आँगन अब साँघुरो भएको छ । पुष्पा र अञ्जलीलाई जंगलमा छाड्ने बेला भएको छ । तर कर्मचारीको रेखदेख र माया ममतामा हुर्किएका उनीहरूलाई ‘वाइल्ड’ बनाउनुपर्ने चुनौती छ । जन्मिएलगत्तै आमाबाट छुटेका थिए यी दुई गैंडाका केटीहरु । तिनलाई […]
काठमाडौँ । हरेक दिन एकजना व्यक्तिले ३१७ ग्राम फोहोर उत्पादन गर्छ । एसियाली विकास बैंकको सहयोगमा फोहोर मैला व्यवस्थापन तथा प्रशोधन केन्द्रले तयार पारेको विवरण हो । यो विवरण सन् २०१३ को हो । पछिल्ला दिनमा आइपुग्दा यसमा केही परिवर्तन भएको छ । एक जनाले दैनिक आधा किलो अर्थात् ५०० ग्राम बराबरको फोहोर उत्पादन गर्छ […]
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए । माओवादीको बैठकमा पनि अर्थमन्त्री बोलेपछि संसदीय समिति बनाउन सकिने विषयमा छलफल भएको थियो । त्यसअनुसार नै माओवादी नेताहरुले अर्थमन्त्रीलाई सुनौं, त्यसपछि […]
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक बुधबार पनि नबस्ने भएको छ । बुधबार १ बजेका लागि निर्धारित बैठक बिहीबार ११ बजे बस्ने गरी सारिएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरुले धारणा राखेपछि मंगलबार प्रचण्डले जवाफ दिने कार्यक्रम थियो । तर मंगलबार पदाधिकारी, स्थायी समिति, पोलिट्व्यूरो समितिलगायत पार्टी […]
काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जनाबाट ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको छ । नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । न्युजिल्याण्ड जान १२ लाख […]
प्रतिनिधिसभाको बैठक बुधबार २ बजेसम्मका लागि स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक एमालेले अवरुद्ध पार्ने भएपछि सहमतिको प्रयासस्वरुप दलहरुबीच आन्तरिक छलफल भएपछि सहमति जुट्न नसकेपछि २ बजेसम्मका लागि स्थगित भएको हो । संघीय संसद सचिवालयका महासचिव डा.भरतराज गौतमले विशेष कारणले बस्न नसक्ने भएकोले समय परिवर्तन गरिएको बताए । ‘आज मिति २०७९ […]
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछाप घर भएकी १९ वर्षीया रेजिना तामाङ छिन् । मंगलबार दिउँसो बा.४ ख २२१२ नम्बरको बस र बा.७८ प १०८३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएकी रेजिनाको उपचारको क्रममा भक्तपुर इन्टरनेशनल अस्पताल, कौशलटारमा […]
हिमाल प्रदेशको कुल्लूमा बादल फाटेर अचानक बाढी आउँदा कम्तीमा चारजना बेपत्ता भएका छन् । समाचार एजेन्सी पीटीआईले राज्य विपद् प्रबन्धन विभागका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै राहत र उद्धार टोली घटनास्थलतर्फ हिँडेको तर पहिरोका कारण बीच बाटोमै फसेको जानकारी दिएको छ । कूल्लूमा इमरजेन्सी अपरेशन सेन्टरबाट प्राप्त अतिरिक्त जानकारीलाई उद्धृत गर्दै पीटीआईले चल्लाल पञ्चायतको छोज […]
कपडा सिलाउने सियो अधिकांश नेपालीको घरमा हुन्छ । तर यो सियो कहाँबाट आउँछ कमैलाई मात्र थाहा हुने गरेको छ । धेरैलाई लाग्न सक्छ– सियो त नेपालमै बन्छ । तर यथार्थ अर्कै छ– नेपालमा सियो बन्दैन । विश्वका १२ देशबाट नेपालले सियो आयात गर्ने गर्छ । हो, पछिल्लो एघार महिना अर्थात चालु आर्थिक वर्ष २०७८/७९ को […]
बाजुराः बाजुराको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा सेवा प्रवाह गर्नुपरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीले आफ्नो ज्यानलाई समेत दाउमा लगाएर सेवा दिनुपर्ने अवस्था बनेको हो। असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर […]
सुनको भाउ एक हजार ६०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक हजार ६०० रुपैयाँले घटेर ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५०० रुपैयाँ निर्धारण भएको छ […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा पाठ्यपुस्तकको कालोबजारी भइरहेको आरोप लागेको छ। प्रदेशका पुस्तक व्यापारीहरुको जनकशिक्षा सामग्रीको क्षेत्रीय कार्यालय धनगढीबाट पुस्तक नपाउने तर बजारमा बढी मूल्यमा पाठ्य पुस्तक बिक्री हुने गरेको आरोप लगाएका हुन्। उनीहरुले कैलाली र कञ्चनपुरमा बढी मूल्यमा पुस्तक बिक्री हुने समेत बताएका छन्। कञ्चनपुरका व्यापारी भूपेन्द्र अधिकारीले जिल्लामा पुस्तकको कालोबजार हुने गरेको बताए। ‘४० हजार […]
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज छलफल हुने भएको छ । आयोग पदाधिकारीले छलफलका लागि हिजो मंगलबार नै समय मागे पनि प्रधानमन्त्रीको व्यस्तताका कारण बुधबारलाई समय तय भएको हो । ‘आज ३ बजे प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्ने तय भएको छ’, प्रधानमन्त्री देउवाका प्रेस सल्लाहकार गोविन्द […]
सिन्धुलीको सुनकोशी गाउँपालिका–६ शितलपाटीमा आज बिहान पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिराहाको विष्णुपुरकट्टि– १ का अन्दाजी २९ वर्षीय बल बहादुर लामा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सिराहाबाट भैसी लोड गरि काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च १९५३ नम्बरको भ्यान अनियन्त्रित भई […]
काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बसेका छन् । बुधबार बिहान अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेका उनले मूख्यसचिव शंकरदास वैरागीसँग टेलिफोन कुराकानी गरेका थिए । त्यसबेला उनले आफू बिदामा बस्ने जानकारी गराएका थिए । बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि सचिव मरासिनी लामो विदामा बसेको मन्त्रालयका अधिकारीहरुले दाबी गरेका छन् […]
धनगढी । बाजुराको बुढीगंगा नगरपलिकामा बिहीबार हुने निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । ‘हामीले निर्वाचनलाई भयरहित वातारणमा स्वच्छ र मर्यादित बनाउन सबै राजनीतिक दलको सहमतिका आधारमा प्रक्रिया अघि […]