होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
काठमाडौं: मृत्यु भएको भनिएको व्यक्तिलाई बुटवलको जीवित गराइएको भन्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल बनेको छ। एक चर्चमा खिचिएको उक्त भिडियोमा विवेक सत्याल नामको फेसबुक प्रयोगकर्ताले सार्वजनिक गरेका छन्। भिडिओमा भुइँमा सुतेकी महिलालाई चर्चका पास्टरले केही शब्दहरू भन्दै हातले तानेर उठाएको देखिन्छ। भिडिओमा बुटवलको होली क्यालभरी चर्चका पास्टरले मृत व्यक्तिलाई पुनः जीवित गराएको भनिएको छ। […]
कञ्चनपुर: विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहितका चार राजनीतिक दलले भोलि भदौ ७ गते नेपाल बन्द आह्वान गरेका छन्। नेकपा विप्लव र सरकारसँग भएका तीन बुँदे सहमति सरकारबाटै उलङघन भएको र एमसीसी, एसपीसी जस्ता राष्ट्रघाती सम्झौता कार्यान्वयन विरुद्धमा नेपाल बन्द आह्वान गरिएको जनाएको छ। नेकपा कञ्चनपुरले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सहमति विपरीत अदालतले पार्टीका महासचिव […]
दैलेख — नागरिकतामा अपमानजनक नाम उल्लेख गरिएका दैलेखको भगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामीले नयाँ नागरिकता पाएका छन् । जिल्ला प्रशासन कार्यालयले नाम सच्याएर उनलाई आइतबार नयाँ नागरिकता दिएको हो । २०४६ जेठ १० मा गाउँमा खटिएको टोलीले उनलाई नागरिकता दिएको थियो । नागरिकतामा उनको नाम तत्कालीन प्रधानपञ्चको सिफारिसमा ‘कुकुर कामी’ लेखिएको थियो । ‘नाममै अपमान’ शीर्षकमा कान्तिपुरले समाचार लेखेपछि […]
किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक-एक […]
नेपाल विद्यार्थी संघले माउ पार्टी काँग्रेसका नेता प्रदीप गिरिको निधनमा मातहतका कमिटीलाई शोक पुस्तिका राख्न परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय गिरिको योगदानको स्मरण र चर्चा गर्दै भदौ ६ गते आ आफ्नो कार्यालयमा शोक पुस्तिका राख्न परिपत्र गरेका हुन् । भदौ ४ गते राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा […]
संघीय संसद अन्तरगत प्रतिनिधि सभाको एघारौं अधिवेशनको ५७ औँ बैठक सोमबार १ बजे बस्ने भएको छ । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ । प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीका अनुसार सभामुखले निम्न शोक प्रस्ताव प्रस्तुत गर्ने छन्, “प्रतिनिधि सभाको यो बैठक नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालको प्रतिनिधि सभा निर्वाचनमा सिरहा […]
काठमाडौं । प्रतिस्पर्धा गर्ने प्लेटफर्म कहिलेकाहीं मायालु फेला पर्ने प्लेटफर्म बनिदिन्छ । ठीक यस्तै भइदियो, गायक किरण गजमेरलाई । द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरणले उपाधि मात्र जितेनन्, मायालु पनि फेला पारे । भ्वाइसको प्लेटफर्मबाट अंकुराएको किरण र प्रतिस्पर्धी सञ्जु मोक्तानको प्रेम अहिले गम्भीर प्रेममा छ । उनीहरुले इन्स्टाग्रामदेखि टिकटकसम्म आफ्नो प्रेम सार्वजनिक […]
पोखरा । ०७५ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समानकै बेलामा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार २०७७ सालमै नवौं खेलकुद हुनुपर्ने हो, तर कोरोना महामारी एवं तयारी अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले पटक–पटक नयाँ मिति तोक्दै र सार्दै आइरह्यो । पछिल्लो पटक मंसिर २८ देखि कात्तिक ३ […]
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल भदौ १५ भित्रै प्रकाशित गर्ने भएको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म लिइएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षामा ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएका थिए । अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा नियन्त्रक कृष्णप्रसाद […]
काठमाडौँ — आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको निर्वाचन चिह्न मात्रै मतपत्रमा समावेश हुने भएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा निर्वाचनका लागि दर्ता भएको दल र स्वतन्त्र उम्मेदवारका लागि समेत अतिरिक्त निर्वाचन चिह्न राखेर मतपत्र छपाइ गरिएको थियो । त्यसरी मतपत्र […]
काठमाडौं । गायक अर्थर गन (दिवेश पोखरेल)लाई सरकारले नेपालको पर्यटन प्रवर्द्धनका लागि विश्व सद्भावना दूत नियुक्त गरेको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री जीवनराम श्रेष्ठले अर्थर गनलाई दूत नियुक्त गरेका हुन् । आफ्नो प्रतिभामार्फत नेपाललाई विश्वमा चिनाउन योगदान दिएको भन्दै मन्त्री श्रेष्ठले गायक पोखरेलले प्राकृतिक सुन्दरता, जैविक तथा सांस्कृतिक […]
काठमाडौँ — नेकपा एकीकृत समाजवादी सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्रीले प्रतिनिधिसभा निर्वाचनमा गुल्मी २ बाट प्रतिस्पर्धा गर्ने घोषणा गरेकी छन् । गठबन्धन दलभित्र सीट बाँडफाँट नटुंगिदै झाँक्रीले आइतबार यस्तो घोषणा गरेकी हुन् । ‘गुल्मी २ मा एमालेको विरासत तोडेर देखाउँछु,’ झाँक्रीले आफ्नो फेसबुक पेजमा लेखेकी छन् । उनले त्यसका लागि सबैको साथ र सहयोग आवश्यक […]
काठमाडौं । यतिबेला बलिउडको पटकथा कसले लेखिरहेको छ कसैलाई थाहा छैन । यतिबेला मुम्बैया फिल्ममा हरेक चीज उल्टो भइरहेको छ । स्टारका फिल्म असफल भइरहेका छन् । नसोचेका फिल्मले राम्रो कमाइ गरिरहेका छन् । अगस्ट १३ मा रिलिज भएको तेलुगू फिल्म ‘कार्तिकेय २’ले पछिल्लो सप्ताहन्तमा अन्य फिल्मभन्दा राम्रो कमाइ गरेको छ । यो फिल्मको हिन्दी […]
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर आइतबार बिहान ११ बजे मन्त्रालयको कल सेन्टरमा पुगे । श्रमिकले भोग्नु परेको विभिन्न समस्या फोनमार्फत प्रत्यक्ष रुपमा सुन्न उनी कल सेन्टर पुगेका थिए । सो क्रममा एक जना श्रमिकले मलेसियालगायत अन्य देशमा जान मेनपावरहरुले लाखौं रकम लिएको गुनासो सुनाए । सरकारले शून्य लागतमा नै खाडीका देश […]
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आइतबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले गिरिको अन्त्येष्टिमा राजकीय सम्मान दिइएको बताए । ‘नेपाल सरकारले चाहेमा राजकीय सम्मान दिन सक्ने भन्ने व्यवस्था छ, सोही अनुसार उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि […]
बाजुरा । बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्। भौगोलिक हिसाबले बाजुरा जिल्लालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ। उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ। उच्च पहाडी क्षेत्रमा दोहालेक […]
बाजुरा ५ भदाै । बाजुराका स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालय समक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर बाजुराका ८ सय ४४ जना उम्मेदवार मध्ये ६ सय १३ जनाले निर्वाचन खर्च विवरण नबुझाएको […]
काठमाडौं । नेपाली कांग्रेस नेता प्रदीप गिरिप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपति आर्यघाटमा पुगेका छन् ।उनले आर्यघाटमा चितामाथि राखिएको गिरिको शवमा श्रद्धाञ्जली अर्पण गरे । शनिबार राति मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएका गिरिको शव कांग्रेस केन्द्रीय कार्यालय सानेपाबाट आर्यघाट लगिएको थियो ।
धनगढी- सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती […]