होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीज : समानताका लागि समान पहिरन
समाचार

तीज : समानताका लागि समान पहिरन

  • नागरिक रैबार
तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीज पर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिन अघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् ।

केही दिनअघि टीकापुर अस्पतालमा कार्यरत महिला कर्मचारीले दर खाने कार्यक्रम राखे । सो कार्यक्रममा सहभागी अस्पतालका सबै महिलाको पहिरन एउटै खालको थियो । उनीहरूले बजारमा सुपथ मूल्यमा पाइने हेर्दा पनि सामान्य देखिने साडी र सामान्य गरगहना लगाएर तीज मनाएका थिए । “हामीले समानता हामीबाटै सुरु गर्नुपर्छ भन्ने ठान्यौँ, तीजमा गरिने अनावश्यक तडकभडक रोक्न अरुलाई पनि हौसला मिलोस् भनी एउटै खालको पोसाकमा तीज मनायौँ”, अस्पतालका नर्सिङ अधिकृत कलावती तिमिल्सिनाले भनिन्, ‘‘हामी अगुवा पनि हौँ, हाम्रो दायित्व सकारात्मक सन्देश दिने पनि हो । त्यसैले सस्तो सारी, गलामा तिलहरीमात्र लगाएर तीज मनायौँ । एकआपसमा सबै उस्तै देखिँदा सबैलाई रमाइलो र आनन्द मिल्यो ।”

जिल्लाको लम्कीचुहाकी सञ्जु भण्डारी र उनका साथीहरूले समेत दर खाने कार्यक्रममा एउटै खालको पहिरन लगाए । उनीहरूले रमाइलो सँगै एउटै खालको साडी लगाउने चलन चलेकाले आफूहरूले पनि लगाएको जानकारी दिइन् । “हामीले तीजमा गरिने अनावश्यक खर्च रोकौँ र रमाइलो गरौँ भनी सल्लाह ग¥यौँ र एउटै खालको पहिरन लगायौँ”, भण्डारीले भनिन्, “सबैको हैसियत एउटै देखियो । एकअर्कामा कमजोर अनुभूति कसैमा भएन ।”

विज्ञापन

विगतका तीजलाई हेर्दा महिलाले महँगा साडी, सुनका गहना प्रदर्शन गर्ने चलन छ । यस वर्ष महिलाले अनावश्यक तडकभडक नदेखिने गरी सामान्य पहिरनमा तीज मनाएमा महँगो खरिद गर्न नसक्नेलाई पनि सहज हुने उनीहरुको भनाइ छ । टीकापुरमा तिमिल्सिना समाजमा आवद्ध महिलाले समेत यस वर्ष एउटै खालको साडी किनेका छन् । उनीहरुले यस वर्षको तीजमा सबै दिदी–बहिनी एक ठाउँमा जम्मा भएर पूजा गर्ने कार्यक्रम समेत तय गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय कैलालीले समेत तीज पर्वलाई भड्किलो नबनाउन आग्रह गरेको छ । पर्वका अवसरमा अनावश्यक भीडभाड नगर्न, पार्टी प्यालेस तथा होटलमा अनावश्यक खर्च र भीड नगर्न आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार