होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वनबासा दुर्घटना अपडेटः घाइते सुदूरपश्चिमका १० जनाको पहिचान खुल्यो (नामसहित)
समाचार

वनबासा दुर्घटना अपडेटः घाइते सुदूरपश्चिमका १० जनाको पहिचान खुल्यो (नामसहित)

उपचार गर्न सितारगञ्ज जाँदै थिए

  • नागरिक रैबार
वनबासा दुर्घटना अपडेटः घाइते सुदूरपश्चिमका १० जनाको पहिचान खुल्यो (नामसहित)

धनगढीः कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै भएको जीप दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ। आज दिउँसो वनबासाको चरकपुर बजारमा भएको दुर्घटनामा १० जना नेपाली घाइते भएका थिए।

प्रहरीका अनुसार घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा रहेका छन्। यस्तै धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र शारदा घाइते भएका छन्। तर, उनीहरुको थर भने खुल्न सकेको छैन।

तीब्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। यस्तै फरार रहेका चालकको खोजी पनि जारी रहेको बताइएको छ। अहिले घाइतेहरुलाई खटिमास्थित सरकारी अस्पतालमा उपचार भैरहेको छ। जीप दुर्घटनामा घाइते भएकाहरु उपचारका लागि सितारगञ्जतर्फ गैरहेका थिए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार