होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गर्भवतीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुको मृत्यु
समाचार

गर्भवतीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुको मृत्यु

  • नागरिक रैबार
गर्भवतीलाई समयमै अस्पताल पुर्‍याउन नसक्दा शिशुको मृत्यु

बैतडी — सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएकी बैतडीको सिगास गाउँपालिका-६ की बिन्दु धामीको शिशुको मृत्यु भएको छ।स्थानीय थालाकाडा स्वास्थ्यसंस्थामा सुत्केरी हुन नसकेर अवस्था जटिल भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

प्रादेशिक अस्पतालमा डाक्टरहरुले समयमै महिलालाई अस्पताल पुर्‍याउन नसक्दा शिशुको पेटमै मुत्यु भएको जानकारी दिएको उनका श्रीमान् दीपेन्द्र धामीले बताए ।

आइबार सुत्केरी व्यथा लागेर स्वास्थ्यसंस्था पुगेकी २० वर्षीया बिन्दु धामीलाई सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

विज्ञापन

दुर्गममा रहेको सिगास गाउँपालिकाबाट जिल्ला अस्पताल ल्याउनका लागि घण्टौं लाग्ने भएकाले सेनाको हेलिकप्टरबाट उद्धार गरेर सुर्खेतको अस्पतालमा पठाइएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सरकारले अस्पतालमा सुत्केरी गराउन विभिन्न सुविधा दिएको घोषणा गरे पनि दुर्गम क्षेत्रका महिलाहरू यातायातको सहज पहुँच नहुँदा घरमै सुत्केरी बन्नुपर्ने बाध्यता छ ।

यसरी हरेक वर्ष जोखिम मोलेर घरमै सुत्केरी हुँदा मृत्युका घटना पनि रोकिएका छैनन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार