होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाज
  • मरेको मान्छेलाई ब्युँत्याएको भ्रम फैलाएको आरोपमा एक जना पक्राउ
समाज

मरेको मान्छेलाई ब्युँत्याएको भ्रम फैलाएको आरोपमा एक जना पक्राउ

  • नागरिक रैबार
मरेको मान्छेलाई ब्युँत्याएको भ्रम फैलाएको आरोपमा एक जना पक्राउ

तिलोत्तमा — मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कञ्चपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन् । बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए ।

सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए । यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ । यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार