होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ ५, २०८१
जोडिनुहोस
समाचार

दाङमा टिपरमा आगजनी

  • नागरिक रैबार
दाङमा टिपरमा आगजनी

दाङ । दाङमा बिहानै टिपरमा आगजनी भएको छ । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा१ख १६९४ नम्बरको टिपरमा बिहान ४ बजेतिर बबई खोलाको पुल नजिक आगजनी गरिएको हो ।

प्रहरीका अनुसार टिपर चालकले बिहान चार-पाँच जनाको समूहले आगजनी गरि भागेको बताएका छन् ।आगजनीका कारण टिपरको अघिल्लो भाग जलेर नष्ट भएको छ ।

आगजनी कसले ग-यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी निरीक्षक सुरेशप्रसाद काफ्लेले बताए । प्रहरी प्रमुख काफ्लेले टिपरमा आगो बन्दकर्ताले लगाएको हो वा अरु कसैले लगाएको भन्नेबारे अनुसन्धान भइरहेको बताए ।

विज्ञापन

आज नेत्र विक्रम चन्द विप्लवसहित कम्युनिस्ट पार्टीले नेपाल बन्दको घोषणा गरेपछि दाङमा पनि यसको प्रभाव देखिएको छ । बजार पूर्ण रुपमा खुलेको छैन भने लामो दुरीको सवारी सधान चलेको भए पनि छाटो दुरीको सवारी साधान चल्न सकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार