होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमबाप्पेले ८ सेकेण्डमै गरे गोल, बनाए कीर्तिमान
समाचार

एमबाप्पेले ८ सेकेण्डमै गरे गोल, बनाए कीर्तिमान

  • नागरिक रैबार
एमबाप्पेले ८ सेकेण्डमै गरे गोल, बनाए कीर्तिमान

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका छन् । उनले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् ।

लिग वानमा यसअघि मिचेल रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए । केनबाट खेलेका उनले सन् १९९२ मा कान्सविरुद्धको खेलमा ८ सेकेण्डमै गोल गरेका थिए । आइतबाराति एमबाप्पेले त्यो कीर्तिमान बराबर गरेका हुन् ।

पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लिललाई ७-१ ले हराउँदा एमबाप्पेले ह्याट्रिक नै गरे । लिलको मैदान स्टेड पिअरे मौरेमा पीएसजीको लागि एमबाप्पेले ह्याट्रिक गरेको खेलमा नेमारले २ गोल तथा लियोनल मेस्सी र अच्रफ हाकिमीले १-१ गोल गरे ।

विज्ञापन

लगातार तीन खेल जित्दै पीएसजी ९ अंक जोडेर शीर्ष स्थानमा छ । मेस्सीको पासमा खेलको ८ सेकेन्डमै पहिलो गोल गरेका एबाप्पेले ६६ र ८७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । मेस्सीले २७ औं, हाकिमीले ३९ मिनेटमा गोल गरे । नेमारले ४३ औं र ५२ औं मिनेटमा गोल गरे । ५४ औं मिनेटमा घरेलु टोलीका जोनाथन बम्बाले गोल सान्त्वना गोल फर्काए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार