होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ५ साउन। बाजुरामा फलफुल रोपण वर्ष २०७७/७८ को सुभारम्भ गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिने गरी उक्त कार्य सुभारम्भ गरेको हो । आईतबार कृषि ज्ञान केन्द्र बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरेर २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा सूभारम्भ गरेको हो । म रोप्छु, हामी […]
चक्र अयडी/बाजुरा ५ साउन। गए रातिको वर्षापछि आएको बाढीले ताँप्री सेरा नजिकै साँफे मार्तडीसडक खण्डमा पर्ने घट्याखोलाको पक्की पुल बगाएको छ । खोलामा आएको बाढीले ताँप्री सेराको घट्याखोलामा रहेको पक्की पुल बगाएको हो । पुल बगाएपछि ताँप्री सेरादेखि बल्देसम्म आउने सवारी साधानहरुको आवागमन ठप्प भएको छ । त्यस्तै बाढीले ताँप्री सेरा नजिकै रहेको एकसय रोपनी […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक किचलो पुनः लम्बिने भएको छ । सहमतिका नाममा असार १८ गतेबाट स्थगित हुँदै आएको स्थायी समितिको बैठक आइतबार पनि स्थगित भएर साउन ६ गते मङ्गलबारसम्मको भाखामा सारिएको छ । यो बीचमा किचलो मिलाउन पटक–पटक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका एक्लाएक्लै र निकटस्थ नेताहरु समेतको […]
नागरिक रैबार बाजुरा ३ साउन जिल्लाकाे सदरमुकाम मार्तडी बजार अहिले अध्याराेमा पनि उज्यालाे देखिदै गएकाे छ । बडीमालिका नगरपालिकाले उज्यालाे बडीमालिका अन्तरगत रकम विनियोजन गरेर सदरमुकाम मार्तडी भित्रकाे पक्की सडकमा साेलार बत्ति जडान कार्य सूरू गरेपछि सदरमुकाम मार्तडी बजार अहिले उज्यालिदै गएकाे हाे । सदरमुकाम मार्तडीकाे मुख्य बजारमा रातिकाे समयमा चाेरी, कुटपिट जस्ता घटना र […]
काठमाडौं : नेकपाले शुक्रबार स्थायी समिति बैठक दुईपटक तोक्यो। असार २६ मा एक साता बैठक रोक्ने निर्णय गर्दै नयाँ मिति शुक्रबार बिहान ११ बजेका लागि तय भएको थियो। तर, अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल चलिरहेको भन्दै स्थायी समिति सदस्यलाई दिउँसो ३ बजे बैठक बस्ने सन्देश पठाइएको थियो। अध्यक्ष दाहाल बिहान साढे १० बजेतिर […]
बैतडी : स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सांसद विकास कोष)अन्तर्गतको ७६ लाख बढी रकम कोरोना कोषमा जम्मा गरिएको छ। उक्त कार्यक्रममा आएको ६ करोड रकममध्ये ७६ लाख ६८ हजार ५८१ कोरोना कोषमा जम्मा गरिएको सङ्घीय सांसद दामोदर भण्डारीका स्वकीय सचिव लोकेन्द्र भण्डारीले बताए। उक्त रकम असार १५ गतेसम्म खर्च हुन नसकेको जिल्लाका चार वटा स्थानीय तह […]
इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ ।लिगका सबै खेल सकिनु अघि नै च्याम्पियन भइसकेको लिभरपुलले जुलाई २२ मा घरेलु मैदान एनफिल्डमा उपाधि उचाल्ने भएको हो । लिगअन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदानमा खेल्ने भएका कारण लिभरपुललाई एक खेल […]
काठमाडौं, २ साउन । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपालबीच भएको छलफलमा स्थायी कमिटि बैठक शुक्रबार बस्ने सहमति भएको हो । बिहीबारको बैठकमा नेताहरुका अडान कायमै रहेपछि पार्टीको आन्तरिक विवाद सुल्झाउन कुनै सहमति नभएपनि स्थायी कमिटी […]
पहिरो ले हुम्लाको ताँजकोट वडा नं ४ खर्राको दलित बस्तीका २२ घरधुरीले बस्ती छाडेका छन् ।लगातारको वर्षाले खर्राको जिमकोइला खोलामा गएको पहिरो बाट दलित बस्तीका सबै घर भत्किने अवस्था भएपछि बिहीबार बिहानैदेखि सबै घर छाडेर अन्यत्र बसेको सम्बन्धित स्थलबाट धनसुर दमाईँले जानकारी दिए । पहिरो ले दुई घरमा क्षति पुगेको छ भने अन्य सबै घरको […]
काठमाडौं । स्थायी समितिले कुनै निर्णय गर्न नसकेपछि सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद केन्द्रीय कमिटीमा पुग्ने भएको छ । असार १० गतेबाट सुरु भएको स्थायी समिति बैठक निर्णय गर्न असफल भएपछि विवादित विषयको निरुपण गर्ने जिम्मा केन्द्रीय समितिमा लैजाने तयारी भएको हो । शुक्रबार बस्ने स्थायी समिति बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्ने […]
दैलेख, १ साउन । दैलेखमा कोरना संक्रमित भएका बिरामिहरुलाई उपचारका लागि निर्माण गरिएको आइसाेलेसन अस्पताल सञ्चालनमा आएको छ । सदरमुकामको उत्तरतर्फ तर्ताङ्गमा रहेको सरस्वती मन्दिरको डाँडामा कोराेना संक्रमित बिरामीका लागि बनाइएको ५० शैयाको अस्पताल बुधबारबाट सञ्चालनमा आएको हो । कर्णाली प्रदेशका सांसद अमरबहादुर थापाको निर्वाचन क्षेत्र पुर्वाधार विकास कोषको ७१ लाख रकमबाट सो अस्पताल निर्माण […]
कोरोनाभाइरसको महामारी र यसका क्रुर आर्थिक असरहरुले आगामी विश्वव्यापी अनिकाल निम्त्याउने तय छ । पछिल्ला चार वर्षमा द्वन्द्व, जलवायु परिवर्तन र आर्थिक अस्थिरताले भोकमरीबाट ग्रस्त व्यक्तिको संख्या ८ करोडबाट १३ करोड ५० लाखसम्म पु-याएकोे थियो । महामारीले थप १३ करोडभन्दा बढी जनसंख्यालाई आगामी डिसेम्बरसम्म यस्तो अवस्थामा पु-याउनसक्छ । सन् २०२० मा समग्रमा २५ करोडभन्दा धेरै […]
काठमाडौं- सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायन शुरु हुने दिनलाई विशेष रुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा […]
काठमाडौं- मुलुकका विभिन्न निकायको आव २०७५/७६ र त्यसअघिको बक्यौतासमेतको लेखा परीक्षणमा बेरुजुसहित टुङ्गो अर्थात् फछर्याेट गर्नुपर्ने रकम रु छ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ । महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज पेश गरेको महालेखापरीक्षकको ५७ औँ वार्षिक प्रतिवेदन २०७७ अनुसार तदारुकता, राजस्व बक्यौता समायोजन एवं असूली, शोधभर्ना प्राप्तिमा सुधारलगायत कारणले यस वर्ष […]
विराटनगर : प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ। एकलतर्फ स्वर्ण पदक विजेता ६ , रजत पदक विजेता ४ र कास्य पदक विजेता १० जना खेलाडी, टीमतर्फ स्वर्ण पदक विजेता १५ , रजत पदक विजेता २२ र कास्य पदक विजेता ४१ जना गरी […]
काठमाडौं, १ साउन । अबदेखि अन्तर बैंकको एटिमबाट पैसा निकाल्दा शुल्क लाग्ने भएको छ । बुधबार एक सूचना निकाली नेपाल बैंकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था आजदेखि एउटा बैंकको एटीमबाट अर्को बैंकको एटिमबाट रकम निकाल्दा शुल्क लिने जनाएको छ । लकडाउनको कारण बैंक तथा वित्तीय संस्थाहरुले अन्तर बैंकको एटिएम सुविधाबाट नि:शुल्क […]
रुकुम- सोती घटनाका फरार पाँच अभियुक्त पनि पुर्पक्षका लागि कारागार चलान भएका छन् । रुकुम जिल्ला अदालतले आज उनीहरुलाई थुनामै राखेर थप अनुसन्धान गर्न आदेश गरेको हो ।अदालतमा भएको अभियुक्तको बयान तथा वादी र प्रतिवादी वकिलको थुनछेक बहसपछि उनीहरुलाई पुर्पक्षका लागि पठाउने आदेश भएको निमित्त श्रेस्तेदार लक्ष्मण विकले जानकारी दिए । उनका अनुसार चौरजहारी नगरपालिका–८ […]
काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।आज दिउँसो उपचारको क्रममा रौतहट परोहाका ३६ बर्षीय एक पुरुषको कोभिड १९ कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार केही दिन अघि भारतबाट फर्किएका ती पुरुष रौतहटको परोहाको क्वारेन्टाइनमा […]
सुर्खेत: प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ। प्रदेश मन्त्रिपरिषद्को बैठकले साउन १ गतेसहित सात दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। […]
साउन लाग्दैछ । धार्मिक आस्था राख्नेहरुका लागि यो महिना विशेष मानिन्छ । साउनलाई ‘पवित्र महिना’को रुपमा लिने गरिन्छ । त्यही कारण यस अवधिमा शरीरलाई शुद्ध राख्ने, भक्ति-आराधना गर्ने, सात्विक भोजन लिने गरिन्छ । अर्थात साउनमा मासुजन्य वा गरिष्ठ एवं तामासी परिकार त्याग्नु उपयुक्त मानिन्छ । कतिपयले प्याज, लसुन जस्ता खानेकुरा समेत त्याग्ने गर्छन् । साउन […]