होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जुलाई २२ मा लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि उचाल्ने
देश/प्रदेश

जुलाई २२ मा लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि उचाल्ने

  • नागरिक रैबार
जुलाई २२ मा लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि उचाल्ने

इंग्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुललाई घरेलु मैदानमै उपाधि ट्रफी प्रदान गरिने भएको छ ।लिगका सबै खेल सकिनु अघि नै च्याम्पियन भइसकेको लिभरपुलले जुलाई २२ मा घरेलु मैदान एनफिल्डमा उपाधि उचाल्ने भएको हो ।

लिगअन्तर्गत चेल्सीविरुद्धको खेलपछि लिभरपुलले उपाधि उचाल्ने भएको हो । सिजनको अन्तिम खेल न्युकासलसँग उसैको मैदानमा खेल्ने भएका कारण लिभरपुललाई एक खेल अगाबै ट्रफी दिन लागिएको हो ।

तर, लिभरपुलले ट्रफी उचाल्दा समर्थकहरू भने हुने छैनन् । कोरोना भाइरसको महामारीको कारण खेल बन्द रंगशालामा भइरहेको छ । उपाधि समारोह पनि बन्द रंगशालामा हुनेछ ।लिभरपुलले ३० वर्षपछि प्रिमियर लिगको उपाधि जितेको हो । यसअघि लिभरपुलले सन् १९८९ र ९० को सिजन प्रिमियर लिगको उपाधि जितेको थियो ।यस सिजन लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा १८ अंकले अघि रहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार