होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • सागका पदक विजेता ८८ खेलाडी सम्मानित
देश/प्रदेश

सागका पदक विजेता ८८ खेलाडी सम्मानित

  • नागरिक रैबार
सागका पदक विजेता ८८ खेलाडी सम्मानित

विराटनगर : प्रदेश १ सरकारले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता ८८ जना खेलाडीलाई सम्मान गरेको छ। एकलतर्फ स्वर्ण पदक विजेता ६ , रजत पदक विजेता ४ र कास्य पदक विजेता १० जना खेलाडी, टीमतर्फ स्वर्ण पदक विजेता १५ , रजत पदक विजेता २२ र कास्य पदक विजेता ४१ जना गरी ८८ खेलाडीलाई सम्मान गरिएको हो।

उनीहरुलाई बुधबार मुख्यमन्त्री शेरधन राई, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले सम्मान गरेका हुन्। खेलाडीलाई सम्मान गर्दै मुख्यमन्त्री राईले प्रदेश सरकारले खेलकुदलाई उच्च प्राथमिकतामा राखेको बताए। उनले प्रदेश सरकारले खेलकुदलाई छायाँमा नपारिने बताए।

सामाजिक विकास मन्त्री घिमिरेले खेलका माध्यमबाट जिविकासँगै पहिचान र प्रतिष्ठा कमाउन सकिने बताए। कोरोना भाइरसको संक्रमणका कारण निर्धारित समयमा सम्मान गर्न नपाएको बताए। ढिलै भए पनि प्रदेश सरकारले सम्मान गरेको र आगामी दिनमा पनि खेलाडी सम्मानलाई निरन्तरता दिइने उनले बताए।

विज्ञापन

सागमा एकल र टीमतर्फ स्वर्ण पदक विजेतालाई १ लाखदेखि ७५ हजार ५ सयसम्म, एकल र टीमतर्फ रजत विजेतालाई १ लाखदेखि ६० हजारसम्म र एकल र टीमतर्फ कास्य पदक विजेतालाई ५० देखि ४१ हजार रुपैयाँसम्म प्रदान गरिएको सामाजिक विकास मन्त्रालय खेलकुद महाशाखा प्रमुख कोमलबहादुर खड्काले जानकारी दिए।

१० जना खेलाडीले दोहोरिएर पदक प्राप्त गरेको उनको भनाइ छ। उनका अनुसार खेलाडीको बैंक खातामा प्रदेश सरकारले ८० लाख रुपैयाँ जम्मा गरेको छ। प्रदेश सरकारले साग विजेता खेलाडीलाई सम्मानित गरेकोमा खुशी लागेको फुटवल खेलाडी सुजल श्रेष्ठले बताए। उनले खेलाडीले पैशा भन्दा पनि राष्ट्रका लागि खेल्नुपर्ने बताए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार