होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा फलफुल रोपण वर्षकोे २०७७/७८ को सुभारम्भ
समाचार

बाजुरामा फलफुल रोपण वर्षकोे २०७७/७८ को सुभारम्भ

  • नागरिक रैबार
बाजुरामा फलफुल रोपण वर्षकोे २०७७/७८ को सुभारम्भ

नागरिक रैबार/बाजुरा ५ साउन। बाजुरामा फलफुल रोपण वर्ष २०७७/७८ को सुभारम्भ गरिएको छ । कृषि ज्ञान केन्द्र बाजुराले २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा लिने गरी उक्त कार्य सुभारम्भ गरेको हो ।

आईतबार कृषि ज्ञान केन्द्र बाजुराले एक औपचारिक कार्यक्रमको आयोजना गरेर २०७७/७८ लाई फलफुल रोपण वर्षका रुपमा सूभारम्भ गरेको हो । म रोप्छु, हामी रोप्छौं, सबैले फलफुल रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी बनौं भन्ने मुल उद्देश्यका साथ उक्त कार्यक्रमकोे सुभारम्भ गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द सिजापतिले बताएका छन् ।

विज्ञापन

फलफुल रोपण वर्ष २०७७/७८ को आईतबार जिल्ला समन्वय समिति प्रमुख नरेन्द्र कुमार रोकाया, बडीमालिका नगरपालिका प्रमुख पदम बडुवाल, प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले एकसाथ गमलामा फलफुल रोपेर कार्यक्रमको सुभारम्भ गर्नु भएको थियो ।

बाजुरामा ७२६ मिटर देखि ५ हजार मिटर सम्म फैलिएको भौगोलिक वनावट रहेको छ । सूदुरपश्चिम प्रदेशको स्याउ फल्ने एक मात्र पहिचान बोकेको जिल्ला बाजुरा हो ।

जिल्लाको करिव ६० प्रतिशत भु भाग उच्च पहाड भएको हुनाले जिल्लाका नौ वटै स्थानिय तहमा विगत केही वर्ष देखि व्यवसायीकरुपमा ओखरको खेती शुरु हुनुका साथै सवै जसो स्थानमा ओखर खेतीको राम्रो सम्भावना रहेको छ ।

बाजुरा गरिवि र अभावको जिल्ला मात्रै हैन अवसर र सम्भावनाको जिल्ला पनि हो भन्ने कुरा स्थापित गर्नका लागी कृषि ज्ञान केन्द्र बाजुरा यहाँका कृषकको आम्दानीमा उल्लेख्यरुपमा वृद्धि गरी जीवनस्तरमा सुधार ल्याउन लागिपरेको ज्ञान केन्द्रका सूचना अधिकारी मीन प्रसाद जैशीले बताएका छन् ।

बाजुरामा तराई देखि हिमाल सम्म उत्पादन हुने सवै किसिमका फलफूलको खेती गर्न सकिने भू बनावट भएकोले नै बाजुरामा विगत देखि नै फलफुल रोप्ने कार्य भईरहेको र यो वर्षलाई विषेश प्राथमिकता राखेर फलफुल रोपण वर्षकै रुपमा ज्ञान केन्द्रका कार्यक्रम संचालन हुने भएका छन् ।

जिल्लाको गरिवि र पछौटेपनलाई अन्त गर्नु आजको प्रमुख चुनौती हो त्यो कृषि वाट मात्रै अझ भन्दा फलफूल खेती वाट मात्र सम्भव रहेको ज्ञान केन्द्रको भनाई छ ।

कृषि ज्ञान केन्द्रले यस वर्षलाई फलफुल रोपण वर्षको रुपमा सूभारम्भ गरेपनि यस अघि ज्ञान केन्द्रले विरुवा वितरण तथा वगैचा स्थापना, पुराना वगैचा सुदृढीकरण, बजारीकरणका लागि ढुवानी अनुदान, जिल्ला स्तर तथा कृषक स्तर स्थलगत तालिम, कृषि औजार तथा उपकरण वितरण र जनचेतना अभिवृद्धि तथा प्रचार प्रसार गरिरहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार