होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख ३१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक आज बस्दै
समाज

नेकपा स्थायी कमिटी बैठक आज बस्दै

  • नागरिक रैबार
नेकपा स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौं, २ साउन । सत्तारुढ नेकपा स्थायी कमिटी बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा बरिष्ठ नेता माधव नेपालबीच भएको छलफलमा स्थायी कमिटि बैठक शुक्रबार बस्ने सहमति भएको हो ।

बिहीबारको बैठकमा नेताहरुका अडान कायमै रहेपछि पार्टीको आन्तरिक विवाद सुल्झाउन कुनै सहमति नभएपनि स्थायी कमिटी बैठक बस्ने सहमति भएको थियो । लगातार स्थगित हुदै आएको स्थायी कमिटी बैठक टुंग्याएर सहमतिमै विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउने बताइएको छ ।

लामो समयदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएका छलफलमा समस्या समाधान नभएपछि नेकपाको विवाद केन्द्रीय कमिटीमा जाने भएको हो । गत असार १० गतेबाट सुरु भएको स्थायी कमिटी बैठक असार १४ गतेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि अवरुद्ध रहँदै आएको छ । बैठक असार १६ गतदेखि बस्न सकेको छैन ।

विज्ञापन

पछिल्लोपटक असार २६ गतेलाई तय भएको थियो । बाढी, पहिरोका कारण मुलुक आक्रान्त बनेपछि एकसाता बैठक रोकेर आज बस्ने समझदारी भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार