होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • नेपालमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो
समाज

नेपालमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

  • नागरिक रैबार
नेपालमा कोभिड १९ को कारण मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौं, ३१ असार । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।आज दिउँसो उपचारको क्रममा रौतहट परोहाका ३६ बर्षीय एक पुरुषको कोभिड १९ कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार केही दिन अघि भारतबाट फर्किएका ती पुरुष रौतहटको परोहाको क्वारेन्टाइनमा रहदै आएका थिए ।

उनको असार २९ गते स्वास्थ्य अवस्था विग्रिएपछि उनलाई नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको र उनको स्वाबको परीक्षण गरिदा आज नै कोरोना पोजिटिभ पाइएको थियो ।उनको उपचारको क्रममा आजै दिउँसो २ बजेर ३० मिनेटमा निधन भएको मन्त्रालयले बताएको छ ।योसंगै नेपालमा कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार