होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • छोरी बलात्कार गर्ने बुवालाई जन्मकैदको फैसला
अपराध

छोरी बलात्कार गर्ने बुवालाई जन्मकैदको फैसला

  • नागरिक रैबार
छोरी बलात्कार गर्ने बुवालाई जन्मकैदको फैसला

सर्लाही: आफ्नी छोरीलाई बलात्कार गरेको अभियोगमा बरथहवाका ४० वर्षीय बुवालाई अदालतले जन्मकैदको फैसला गरेको छ। आफ्नी १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा जिल्ला अदालत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जन्म कैदको फैसला गरेको हो।

छोरीलाई पटक–पटक बालत्कार गरेको भन्दै उनीविरुद्ध एक वर्षअघि प्रहरीमा उजुरी परेको थियो। बलात्कारपछि छोरी गर्भवती भएको र गर्भपतन गराइएको अदालतमा स्वीकारेका उनलार्ई जन्म कैदको फैसला गरिएको जिल्ला अदालतका न्यायाधीश अर्जुन अधिकारीले बताए। अदालतले जन्मकैदको फैसलासहित ५० हजार जरिवाना तोकेको छ।

आरोपित उनी आफ्ना सन्तानसहित कावासोतीमा रहेको डीबीआई इँटा उद्योगमा कार्यरत थिए। उद्योगमा श्रीमती, छोरा र छोरीसहित मजदूरी गर्दै आएका उनले छोरीलाई पटक–पटक बलात्कार गरेको अदालतमा बयान दिएको जनाइएको छ।

विज्ञापन

हाडनाता करणी गरेका उनको नेपालभर कतैपनि कुनै सम्पत्ति नभएका कारण सरकारी राज्य कोषबाट (पीडित राहतकोष) बाट ५० हजार क्षतिपूर्ति भराउने अदालतको फैसला छ। पीडितबाट भरण पोषणको व्यवस्था हुने गरी फैसला आउने भए पनि उनको नेपालभरी कतै कुनै सम्पत्ति नदेखिएका कारण राज्यकोषबाट नगद दिलाउने फैसला भएको अदालतले जनाएको छ।रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार