होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • हाल्याण्डको ह्याट्रिकमा नेसन्स लिगमा नर्वेको शानदार जित
पत्रपत्रिका

हाल्याण्डको ह्याट्रिकमा नेसन्स लिगमा नर्वेको शानदार जित

  • नागरिक रैबार
हाल्याण्डको ह्याट्रिकमा नेसन्स लिगमा नर्वेको शानदार जित

एजेन्सी- इर्लिङ हाल्याण्डले पहिलो अन्तराष्ट्रिय ह्याट्रिकमा नर्वेले रोमानियाविरुद्ध शानदार जित निकालेको छ ।आइतबार राति भएको खेलमा हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले रोमानियालाई ४–० गोल अन्तरले पराजित गरेको हो ।बोरुसिया डर्टमण्डका फरवार्डले आफ्नो उत्कृष्ट फर्मलाई निरन्तरता दिदै खेलको १५औं मिनेटमा नर्वेलाई अघि बढाएका थिए ।

जर्मन क्लब आरबी आइपेजिगका अलेक्जेनडर सोरलाथले अग्रता दोब्बर बनाए ।६४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका हाल्याण्डले त्यसको १० मिनेटपछि ह्याट्रिक पूरा गरे ।नेसन्स लिगको समूहको शीर्ष स्थानमा रहेको नर्वेले अब नर्दन आयरल्याण्डसंग खेल्नेछ । नर्वे गत बिहीबार युरो कप छनोटको प्लेअफमा सर्बियासंग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार