होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी
प्रदेश ७

धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी

  • नागरिक रैबार
धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी

धनगढीः धनगढीमा घर फुटाएर नगद सहित ३० तोला सुन चोरी भएको छ।धनगढी उप–महानगरपालिका वडा नम्बर ३ का चेतराज जोशीको घरको ताल्चा फुटाएर गत असोज १९ गते राती दुई लाख नगद सहित करिब ३० तोला सुन चोरी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जोशीको घरको ताल्चा फुटाएर नगद सहित करिब ३० तोला सुन चोरी भएको जानकारी दिए।

उनका अनुसार जोशी स–परिवार असोज १८ गते काठमाडौँ गएका थिए। १९ गते राती चोरी भएको थियो। जोशीले २० गते घरमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए।

विज्ञापन

चोरले नगद र सुन चोरी गरेपनि घरमा रहेका अन्य सामान भने नलगेको प्रहरीले जनाएको छ। उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले छुट्टाछुट्टै टोली परिचालन गरेको छ।  दिनेशखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार