होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ७ साउन । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा वृक्षारोपण गरिएको छ । पुष्पलालको ४१ औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पाटी (नेकपा) बाजुराले बाजुरा क्याम्पस परिसरमा वृक्षारोपण गरिएको हो । दिवसको अवसर पारी वृक्षारोपण कार्यक्रममा पुर्व सविधान सभा सदस्य माननिय बसुन्धारा रोकायाले बाजुरा क्याम्पसको प्राङ्गणमा विरुवा रोपेर […]
अनिल शाही/बाजुरा ७ असार। बाजुराको कोल्टीमा स्थापना भएको राष्ट्रिय बाणिज्य वैंकले आज देखि ईलोक्ट्रोनिक्स चेक किलियरीङ्ग मेसीन जडान गरेपछि अन्य निजि बैंकमा चेक समेत साँटिने भएका छन । राष्ट्रिय बािणज्य बैंक कोल्टीमा विभिन्न बैंकका चेकहरु आउने र सर्वसाधारण लाई अन्य बैंकका चेक साट्न समेत मार्तडी नेपालगन्ज लगाएत विभिन्न ठाउँहरुमा जानु पर्ने बाध्यता थियो । सर्वसाधारणले […]
गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यबति गाउँपालिका २ वटा वडामा पहिरोले घर पुरिदा ११ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो । सत्यवति गाउँपालिका वडा नम्बर ४ को लिम्घामा एकै घरका ९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा […]
सोमबारदेखि परेको अविरल वर्षाका कारण गुल्मीमा ६ जनाको मृत्यु भएको छ । जिल्लाको सत्यवति गाउँपालिका दुईवटा वडामा पहिरोले घर पुरिदा ६ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । सत्यवति गाउँपालिकाको ३ को ठूलोलुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । यता, १२ वर्षीया […]
काठमाडौँ, साउन ७ गते । परीक्षा नियन्त्रण कार्याललय (पनिका)ले ‘माथिको आदेश’मा पूरक परीक्षाको सिद्धान्तविपरीत दुईभन्दा बढी विषयमा कम ग्रेड ल्याउने विद्यार्थीलाई पनि परीक्षामा सामेल गराउन लागेको खुलेको छ । गत वर्ष पनि यस्तै व्यवस्थाअनुसार परीक्षा लिइएको थियो । तर परीक्षा अव्यवस्थित भएपछि यस वर्ष बढीमा दुईवटा विषयसम्म त्यस्तो नतिजा ल्याउने विद्यार्थीलाई परीक्षामा सामेल गराउने सूचना […]
काठमाडौं- यतिबेला बजारमा हरियो तरकारीको मूल्य ह्वात्तै बढेको छ। विगतको भन्दा ६० रुपैयाँको दरले तरकारीको मूल्य बढिरहेको छ। औसत भन्दा खुद्राको भाउ झनै बढेको छ। कालिमाटी तरकारी बजारमा पसेको बाढी, भारतीय तरकारी आउन कमी, विषादी चेकजाँच जस्ता विषयले तरकारीको बजार भाउ उकासिएको हो। बजारमा अहिले गोलभेडा, भिण्डी, तितेकरेला, परवर, काक्रो, घिरौला, भटमासकोशा, कागती, रायोको साग, […]
काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपि कोइरालाको प्रजातान्त्रिक सिद्धान्तमाथि अहिले ठूलो आक्रमण भइरहेको बताएका छन् । बीपि कोइरालाको ३७औँ स्मृति दिवसका अवसरमा सहीद स्मृति प्रतिष्ठानले सोमबार आयोजना गरेको ‘बीपिको विचार र वर्तमान राजनीतिक अवस्था’ विषयक विचार गोष्ठीमा उनले लोकतन्त्रका अन्तरराष्ट्रिय मूल्य र मान्यतालाई अवरुद्ध तुल्याउन खोजिए सह्य नहुने स्पष्ट पारे । संघीय संसद्मा प्रमुख प्रतिपक्ष […]
काठमाडौँ — सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै कडा प्रावधान राखेर कानुन मस्यौदा तयार पारेको छ । दूरसञ्चार सेवाका माध्यमबाट कसैलाई गाली, धम्की वा दुःख दिए १५ लाखसम्म जरिवाना र एक वर्षसम्म जेल हुने प्रस्ताव गर्दै कानुनको मस्यौदा बनाइएको हो । फोन गरेर […]
देशका धेरै ठाउँको मौसम अहिले बदली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने र मध्यपूर्वमा भने आज राति ठूलो वर्षा हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै अबको दुई दिनपछि मनसुन फेरि सक्रिय हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस अघिको पानीले जमिन भिजिसकेकाले अब फेरि पर्ने वर्षाले पहाडी क्षेत्रमा पहिरोको […]
६ साउन, काठमाडौं । पार्टी एकताको १५ महिनापछि सत्तारुढ दल नेकपाले आइतबार गरेको २ सय ३५ नेताको कार्यविभाजन आजका सबैजसो दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेकका अन्य सामग्रीमा भने विविधता छ । कान्तिपुरले नेकपाभित्र वैचारिक नेतृत्व गर्ने विभागको जिम्मेवारी कसले लिने भन्नेबारे विवाद चुलिएको लेखेको छ । उक्त विभागमा पूर्वएमाले पक्षका ईश्वर पोखरेल र […]
काठमाडौं, ५ साउन । मनसुनी रेखा नेपालतिर सर्दै आएको मौसमविदले जनाएका छन् । जसको प्रभाव नेपालमा सोमबारबाट देखिने छ । मौसमविद मञ्जु बासीले भनिन्, ‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ ।’ यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने […]
काठमाडौं । आजमात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को डडेलधुरा इन्चार्ज तोकिएका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन् । उनले सात नम्बर प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने बताएका हुन् । भट्टले आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र […]
काठमाडौं ५ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्ज तोकेको छ । ६ महानगरको इन्चार्ज पनि चयन भएका छन् । आइतबार बालुवाटारमा बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सहइन्चार्जहरु तोकेको हो । काठमाडौं जिल्ला ईन्चार्जको जिम्मेवारी सावित्रा भुसाललाई दिइएको छ भने ९ जना सहइन्चार्ज छन् । तत्कालीन माओवादीका ईन्चार्ज रहेका लेखनाथ […]
सरकारले आर्थिक वर्ष २०७५÷७६ को अन्तिम महिना असारमा मात्रै सरकारले सरकारी गाडी किन्न झण्डै साढे ४५ करोड रुपैयाँ खर्च गरेको छ। अर्थ मन्त्रालयका अनुसार विभिन्न सरकारी निकायका लागि गाडी किन्न असार महिनामा ४५ करोड २४ लाख ५८ हजार रुपैयाँ रकमान्तर भएको छ। अर्थ मन्त्रालयका अनुसार गृह मन्त्रालय अन्तर्गतका निकायको लागि गाडी किन्न मात्रै १९ करोड ९ […]
चन्द्रमामा मानिसले पहिलो पटक पाइला टेकेको ५० औँ वर्षगाँठ विश्वभर विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ। सन् १९६९ को जुलाई २१ मा अमेरिकी अन्तरिक्षयात्री नील आमस्ट्रङ, बज एल्ड्रिन र माइकल कोलिन्सले चन्द्रमामा पहिलो पाइला टेकेका थिए। उनीहरु एपोलो–११ अन्तरिक्षयानमार्फत चन्द्र सतहतमा उत्रिएका थिए। अन्तरिक्ष यान चन्द्रमामा अवतरण गरेको ६ घण्टा ३९ मिनेटपछि नील आमस्ट्रङले चन्द्रमामा पाइला टेकेका […]
काठमाडौं, साउन ५ । नेपालमा पहिलो पटक आयोजना भएको पाँचौ महिला साफ फुटबल प्रतियोगिताको उपविजेता नेपाली टोली सम्मानित हुने भएको छ। प्रदेश एक सरकार र विराटनगर महानगरपालिकाले संयुक्त रुपमा महिला टोलीलाई सम्मान गर्न लागेको हो । सम्मानित हुने खेलाडीले जनही १ लाख ५० हजार रुपैया प्राप्त गर्नेछन् । खेलकुदलाई उच्च प्राथमिकतामा राखेको प्रदेश नं १ […]
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ। क्याम्पस प्रशासनले मनोमानी ढंगले शुल्क बढाएको भन्दै बैद्य निकट अखिल क्रान्तिकारीले आज बिहान क्याम्पस प्रशासन र लेखा शाखामा तालाबन्दी गरेको हो। यसअघि शुल्क घटाउनका लागि ७२ घण्टे अल्टिमेटम दिएको विद्यार्थी संगठनले आज सम्म माग पुरा नगरेको भन्दै तालाबन्दी गरेको जनाएको छ। अखिल क्रान्तिकारीका […]
काठमाडौं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सञ्जाल भूमिगत शैलीमा चलेको छ। सरकारले प्रतिबन्ध लगाए पनि समूहले भूमिगत शैलीमा केन्द्रदेखि स्थानीय तहसम्म संरचना विस्तार गरेको छ। अन्य राजनीतिक दलजस्तो विधानका आधारमा निश्चित समयका लागि एकैखाले संरचना बनाउनुभन्दा परिस्थिति ख्याल गर्दै विप्लव समूहले आन्तरिक संरचना बनाउने र भत्काउने गर्दै आएको छ। २८ फागुनमा सरकारले प्रतिबन्ध लगाउनुअघि एउटा […]
डोल्पा – काठमाडौं बौद्धबाट से–फोक्सुन्डो ताल भ्रमणमा निस्किएको थियो देवेन्द्र बस्नेतसहित १३ जनाको टोली। रिजर्भ गरेको टिकटबाट उड्न नपाएपछि बस्नेतसहितको टोलीले नेपालगन्जबाट डोल्पासम्म गाडीको यात्रा गर्ने निर्णय ग¥यो। दुई दिनको गाडी यात्रा गर्दै टोली डोल्पा पुग्यो। डोल्पाको सुलिगारसम्म पुग्दा एउटा ठूलो युद्धबाट ज्यान जोगाएर आएको महसुस गरेको बताउँदै थिए उक्त टोलीका सदस्य सागर अधिकारी। ‘गाडी […]
काठमाडौँ : पार्टी एकीकरण भएको पन्ध्र महिनापछि नेपाल कम्युनिष्ट पार्टीले एकताको बाँकी कामलाई पूर्णता दिने भएको छ । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको सहमतिअनुसार विभाग र केन्द्रीय सदस्यहरुको कार्य विभाजनको टुंगो लाग्ने भएको छ । विभाग तथा आयोगका प्रमुख र केन्द्रीय सदस्यहरुको कार्य्विभाजन गरेर देशव्यापी रुपमा कार्यक्रम सञ्चालन गर्ने पार्टी प्रवक्ता […]