काठमाडौं । आजमात्रै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को डडेलधुरा इन्चार्ज तोकिएका खगराज भट्टले जिल्ला इन्चार्ज अस्वीकार गरेका छन् । उनले सात नम्बर प्रदेश इन्चार्ज भीम रावल र अध्यक्ष कर्ण थापालाई सन्देश पठाएर जुनियरको मातहत इन्चार्ज नबस्ने बरु केन्द्रीय सदस्य नै त्याग्ने बताएका हुन् ।

भट्टले आफू २०६० सालदेखि केन्द्रीय सदस्य रहेर जिम्मेवारी पूरा गरेको र अहिले पहिलोपटक अपमानित महसुस गर्नुपरेको बताए ।

विज्ञापन

“जुनियरमातहत इन्चार्ज बस्नु मेरो क्षमता, योग्यता, त्याग, समर्पण, निष्ठा र बलिदानको अपमान हो । मैले प्रदेश प्रमुख र इन्चार्जलाई म्यासेज पठाइसकेको छु,” उनले भने, “सचिवालयले दिएको इन्चार्ज खानुपर्ने हो भने केन्द्रीय सदस्य त्याग्न तयार छु ।”

पूर्वमाओवादी केन्द्रका भट्ट सुदूरपश्चिमका इमान्दार नेता मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग तीन पटक चुनाव लडेर हार खाएका नेता भट्टले पार्टीबाट पहिलोपटक  अपमानित हुनुपरेको भन्दै दुःखमनाउ गरेका छन् ।

बाह्रखरीबाट