होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, वैशाख १९– नेपालमा मानिसमै ‘बर्ड फ्लू’को संक्रमण भेटिएको छ । एक व्यक्तिमा बर्ड फ्लूु (एच फाइब एन वान) फेला परेको छ। बर्ड फ्लूका कारण सो व्यक्तिको मृत्यु समेत भइसकेको छ। नेपालमा बर्ड फ्लू पुष्टि भएको यो पहिलो घटना हो। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले यसलाई अप्रत्यासित घटना भएको संज्ञा दिएकी छिन् । काभ्रेका २१ […]
काठमाडौं– अमेरिकामाथि सेप्टेम्बर ११, २००१ को झैं आतङ्कवादी हमला नहुने अमेरिकाले सुनिश्चितता चाहेको छ । पछिल्ला वर्षमा अमेरिकाले प्रत्यक्ष सैनिक कमान्ड नेटोलाई हस्तान्तरण गर्नुका साथै त्यहाँ तैनाथ सैनिकको जिम्मेवारीमा पनि परिवर्तन गरेको छ । अफगानिस्तानमा आफ्ना सैनिक मारिने जोखिम बढ्दै गएपछि अहिले त्यहाँ तैनाथ नेटो सेनाले अफगान सुरक्षाफौजलाई तालिम, अतिरिक्त मद्दत गर्ने काम मात्र गरिरहेको […]
काठमाडौं– ३७ वर्षे जाङ्ग्बु शेर्पा नयाँ अभियानका साथ १६ औं पटक सगरमाथा आरोहण अभियानमा निस्कने तयारीमा छन् । यसअघि १५ पटकसम्म सगरमाथाको सफल अरोहण गरिसकेका जाङ्ग्बु शेपार्ल यस पटक भने उनले खबरहबको झण्डालाई विश्वको सर्वोच्च शिखरमा पुर्याउने लक्ष्य राखेका छन् । ‘यो झण्डासहित यो सिजन १६ औं पटक विश्वको सर्वोच्च शिखरमा टेक्न म एकदमै उत्साहित […]
काठमाडौं- सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब बागमती नदीमा व्यावसायिक रुपमा मोटरबोट(ठूलो डुङ्गा) सञ्चालन हुने भएको छ । विसं ७६ वैशाख १ गतेबाट सञ्चालन हुने गरी रौतहटको बागमती क्यान्टिन बजारदेखि मकवानपुरको राईगाउँसम्म मोटरबोट सञ्चालन गर्न लागिएको हो । मकवानपुरबाट प्रतिनिधिसभा अर्थसमितिका सभापति कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण भएको […]
काठमाडौं- बागलुङ, पर्वत तथा म्याग्दी तीन जिल्लामा एकै साथ २६५ घण्टे निःशुल्क कम्प्युटर हार्डवेयर तालीम शुक्रबारदेखि शुरु गरिएको छ । धवलागिरि बहिरा आवासीय माध्यामिक विद्यालय बागलुङको अयोजना तथा सिटीइभिटीको आर्थिक सहयोगमा बागलुङ, पर्वत तथा म्याग्दीमा तालीम सञ्चालन गरिएको हो । बढ्दो वैदेशिक रोजगारीलाई घटाएर युवालाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ कम्प्युटर हार्डवेयर प्राविधिक तालीम सञ्चालन […]
सप्तरी- १३१ वर्षका ज्येष्ठ नागरिक रघु बहरखेरको निधन भएको छ । जीवनकालको अधिकांश समय पशुपालनमै बिताएका नेपालकै ज्येष्ठ नागरिक बहरखेरको शुक्रबार निधन भएको हो । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी रघु बहरखेरको निवासमा निधन भएको स्थानीयवासी मुकेश यादवले जानकारी दिए । स्वर्गीय बहरखेर नेपालमै करीब १० हजार बढी गाईबस्तु, अर्नालगायतलाई परिवारका सदस्यजस्तै […]
चरीकोट – राष्ट्रिय पुनःनिर्माण प्राधिकारण दोलखाअन्तर्गत जिल्लामा रहेका प्राविधिकले चारबुँदे माग राख्दै जिल्ला आयोजना कार्यान्वयन एकाइ चरिकोटमा तालाबन्दी गरेका छन् । पुनःनिर्माण प्राविधिक हकहित जिल्लास्तरीय सङ्घर्ष समिति दोलखाले पुनःनिर्माणसम्बन्धी माग राख्दै कार्यालयमा आज तालाबन्दी गरेको समितिका संयोजक पुण्यप्रसाद रिमालले जानकारी दिए । समितिले कार्यालयसँग आवास पुनःनिर्माण लाभग्राहीको किस्ता समयमै उपलब्ध गराउनुपर्ने, विगतका वर्षमा खाईपाई आएकोे […]
भक्तपुर– प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आवश्यक कानून र संरचना तयार हुन नसक्दा तीन तहका सरकारले जनअपेक्षाअनुरुप काम गर्न नसकेको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्रिया उनले प्रदेश सरकार गठन भएको एक वर्षसम्मको अवधि अनुभवको वर्ष भएको बताए । ‘अबको वर्ष संघीयताको जग निमार्णको वर्ष हो’, उनले भने । मुख्यमन्त्री […]
काठमाडौं– गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखाएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको उल्लेख छ । तर लेखापरीक्षण […]
काठमाडौं– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलका रुपमा बनाउने योजना अघि सारेको छ । २०७६ साल बैशाख १ गते नयाँ वर्षको अवसर पारेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई ‘बुटिक विमानस्थल’ बनाइने घोषणासहित औपचारिक कार्यक्रम राखिएको छ । कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । त्यसका लागि आवश्यक तयारी पूरा भएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए […]
काठमाडौं– अरनिको राजमार्गअन्तर्गत बनेपाको भैसीपाटी चोकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । ना३ख ६७८३ नम्बरको मालवाहक ट्रकले काठमाडौंबाट बनेपातर्फ आइरहेको बा७९प ९३८८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धुलिखेल ९ पात्लेखेतका २८ वर्षिय गणेश लामाको मृत्यु भएको हो । ट्रकको ठक्करबाट मोटरसाइकल पछाडि बस्ने यशोदा हमाल गम्भीर घाइते भएकी छन् । घाइते हमालको […]
काठमाडौं– २०७५ सालमा संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर साढे ४ लाख युवा कामको खोजीमा विभिन्न देश पुगेका छन् । यो वर्ष संस्थागत श्रम स्वीकृति लिएर २ लाख २८ हजार २ सय र व्यक्तिगत २ लाख २२ हजार ३ सय गरी ४ लाख ५० हजार युवा रोजगारीको खोजीमा विभिन्न देश पुगेको वैदेशिक रोजगार विभागको तथ्यांकमा […]
घोराही– दाङको घोराहीमा जारी आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत ४०औँ टेबलटेनिस प्रतियोगितामा शुक्रबार सम्पन्न पाँच खेलमा नेपाल प्रहरीले चार स्वर्ण पदक जितेको छ । प्रहरीले एउटा रजत पदकसमेत जितेको छ । यस्तै शसस्त्र प्रहरीको एपीएफ क्लबले एउटा स्वर्ण, दुई रजत तथा दुई कास्य जितेको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले दुई रजत तथा दुई कास्य […]
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्यले वर्तमान सरकार फाँसीवादतर्फ उन्मुख रहेको आरोप लगाएका छन् । महासचिव बैद्यले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई कम्युनिष्ट नेतृत्वको सरकार भन्नै नमिल्ने तर्क पनि गरे । ११ विद्यार्थी संगठनले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले रेशम चौधरीलाई जन्मकैदको सजाय दिने काम गरेको भन्दै सरकारको चर्को […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– नेपाली सेनाले विभिन्न प्रयोजनका लागि आफ्ना विमान भाडामा उपलब्ध गराए वापत ४ करोड ३४ लाख बढी उठाउन बाँकी रहेको छ । नेपाली सेनाले आर्थिक वर्ष २०३४/०३५ देखि नै बाँकी रहेको वक्यौता उठाउन नसकेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ । महालेखा परीक्षकको ५६ औं प्रतिवेदनमा सेनाले आफ्ना जहाज तथा हेलिकप्टरहरु भाडामा लगाएर बापत ४ करोड […]
काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारविरुद्ध आन्दोलन उत्रिन युवा/विद्यार्थीहरुलाई आह्वान गरेका छन् । केपी ओली नेतृत्वको वर्तमान सरकारले जताततै हस्तक्षेप गरिरहेको आरोप लगाउँदै त्यसको विरोधमा आन्दोलन गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पारेका हुन् । शुक्रबार ११ विद्यार्थी संगठनले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संवैधानिक परिषदको बैठक बोलाएर […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सूचना सञ्चार तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाललाई डिजिटलरुपमा आर्थिक क्रान्तिसँगै समृद्धितर्फ डोर्याउनुपर्ने बताएका छन् । शुक्रबार जनकपुरधामस्थित नेपाल टेलिकमको एफटीटीएच सेवाको शुभारम्भ गर्दै मन्त्री बाँस्कोटाले काठमाण्डौंमा सम्पन्न लगानी सम्मेलनमा धेरै कम्पनीहरु सञ्चार क्षेत्रमा काम गर्न चाहेकाले पलपलमा चुनौती रहेकोतर्फ टेलिकमका कर्मचारीहरुलाई सचेत गराए । उनले ४२ सय कर्मचारी भएर पनि नेपाल सरकारको स्वामित्वमा […]
नवलपरासी– अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले आइतबार पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट खोलाको ठेक्कासम्बन्धी दुई फाइल नियन्त्रणमा लिएको छ । ठेक्काको क्रममा तोकिएको मापदण्डविपरीत काम भइरहेको भनी उजुरी परेपछि कार्यालयले अनुसन्धानको क्रममा ठेक्कासम्बन्धी फाइल नियन्त्रणमा लिएको हो । सुनवल नगरपालिकाले यसअगावै आफ्नो क्षेत्रभित्र पर्ने पानभारखोला जर्गाह पुलदेखि उत्तर र पानभारखोला जर्गाह पुलदेखि दक्षिण गरी […]