होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • मनसुनपछिको विपद्मा परी देशभर १ सय ११ जनाको मृत्यु
देश/प्रदेश

मनसुनपछिको विपद्मा परी देशभर १ सय ११ जनाको मृत्यु

  • नागरिक रैबार
मनसुनपछिको विपद्मा परी देशभर १ सय ११ जनाको मृत्यु

काठमाडौं, साउन ११  ।  मनसुनपछिको विपदबाट कारण मुलुकभर १११ जनाले ज्यान गुमाएका छन् । गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार विपदमा परेर ४० जना बेपत्ता भएका छन् भने ६७ घाइते भएका छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी गुल्मीमा १३ जना छन् । यस्तै, बाढीबाट रौतहटमा १० जनाले ज्यान गुमाएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी बाढीबाट ५८ जनाले ज्यान गुमाएका छन् । पहिरोबाट ४५ र भारी वर्षाका कारण आठ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म बाढीबाट १२८ र पहिरोका २०८ घटना भएको केन्द्रले जनाएको छ ।

बाढीबाट ३१ जना तथा पहिरोमा परेर नौ जना बेपत्ता भएका छन् । अहिलेसम्म बाढीबाट १ अर्बभन्दा बढीको क्षति भएको छ । यस्तै, पहिरोबाट २ करोडभन्दा बढीको क्षति भएको छ । बाढी, पहिरो र डुबानबाट ६४ जिल्ला प्रभावित भएका छन् । सबैभन्दा बढी गुल्मीमा पहिरोका कारण १३ र रौतहटमा बाढी र डुबानका कारण १० जनाले ज्यान गुमाएका छन् ।

विज्ञापन

सिराहामा सात र ललितपुरमा ६ जनाले ज्यान गुमाएका छन् । सिन्धुली, धनुषा, मकवानपुर र भोजपुरमा पाँच–पाँच तथा महोत्तरी, मोरङ, ओखलढुंगा, लमजुङ र डोल्पामा चार–चार जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोमा परेर काठमाडौं, पर्सा, खोटाङ, झापा र काभ्रेपलाञ्चोकमा तीन–तीन तथा सुनसरी, धादिङ, दाङ र बारामा दुई–दुई जनाको ज्यान गएको छ । उदयपुर, पाँचथर, संखुवासभा, इलाम, सर्लाही, रामेछाप, सिन्धुपाल्चोक, पश्चिम नवलपरासी, बाग्लुङ, पाल्पा, कपिलवस्तु र रोल्पामा एक–एक जनाको मृत्यु भएको केन्द्रले जनाएको छ ।

बाढीपहिरोमा परेर ४० जना बेपत्ता छन् । डोल्पामा सात र लमजुङमा ६ जना अझै बेपत्ता छन् । सिन्धुलीमा चार, इलाम र मोरङमा तीन–तीन, नुवाकोट, उदयपुर, महोत्तरी र सिन्धुपाल्चोकमा दुई–दुई जना बेपत्ता छन् । झापा, सुनसरी, काठमाडौं, धादिङ, रौतहट, पर्सा, तनहुँ, दाङ र कञ्चनपुरमा एक–एक जना बेपत्ता भएको गृह मन्त्रालयले जनाएको छ । बाढीपहिरोमा परेर ६७ जना घाइते भएका छन् । पहिरोमा परी ३१ र बाढीमा परेर १९ जना घाइते भएका छन् । भारी वर्षाका कारण १७ जना घाइते भएका छन् ।

त्यस्तै, मकवानपुर र लमजुङमा आठ–आठ तथा काठमाडौं, सिराहा र रौतहटमा पाँच–पाँच जना घाइते भए । मोरङ, सुनसरी, खोटाङ, सर्लाही, रामेछाप, भक्तपुर, धादिङ, पर्सा, स्याङ्जा, पाल्पा, सुर्खेत र जाजरकोटमा एक–एक जना घाइते भएका छन् । झापा, भोजपुर, महोत्तरी, सिन्धुपाल्चोक, काभ्रे र गुल्मीमा दुई–दुई जना तथा धनकुटा, उदयपुर, सिन्धुली र दोलखामा तीन–तीन जना घाइते भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि