होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • यो बर्ष घट्दै छन् तीज गीत तर सुध्रिँदैछ अवस्था,यस्तो छ कारण, हेर्नुहोस
देश/प्रदेश

यो बर्ष घट्दै छन् तीज गीत तर सुध्रिँदैछ अवस्था,यस्तो छ कारण, हेर्नुहोस

  • नागरिक रैबार
यो बर्ष घट्दै छन् तीज गीत तर सुध्रिँदैछ अवस्था,यस्तो छ कारण, हेर्नुहोस

काठमाडौंं – तीजका गीत घन्किन थालिसकेका छन्। रेडियो, टेलिभिजनदेखि यूट्युब र अन्य सामाजिक सञ्जालमा तीजका गीतले स्थान जमाउँदै छन्। लोकदोहोरी क्षेत्रका गायक–गायिका, मोडलदेखि भिडियो निर्देशक, छायांकार, भिडियो सम्पादकसम्म तीजका गीतमा ब्यस्त छन्।

धेरैले तीजका गीत सार्वजनिक गरिसकेका छन्। कोही सार्वजनिक गर्ने अन्तिम तयारीमा छन्। यद्यपी विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा कमी आएको सरोकारवाला बताउँछन्।

यता, म्युजिक भिडियोमा लोकप्रिय मोडल तथा निर्देशक शंकर विसी पनि यसवर्ष तीजका गीत कम बनेको बताउँछन्।  गतवर्ष यो बेलासम्म आफ्ना ८० बढी तीज सार्वजनिक भएको बताउँदै विसीले भने, –‘यसवर्ष सरदर ४० तीज गीत सार्बजनिक भएका छन्।’ उनले आफ्ना एक दर्जन गीत भने सार्वजनिक हुँन बाँकी रहेको बताए।

विज्ञापन

रहर गर्नेहरु घटे, चलेका सर्जक चुजी भए
पहिले धेरैले तीजका गीत रहरले निकाल्थे। यद्यपी अहिले पनि रहरले गीत निकाल्नेहरु छन्। तर, पछिल्ला वर्ष तीज गीतमा खर्च मात्र बढी हुने बुझेपछि नयाँले तीज गीत निर्माण गर्ने क्रम घटेको बताउँछन्– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनी। उनी भन्छन् –‘यसवर्ष रहर गर्नेहरु घटेका छन् भने चलेका सर्जकहरुले पनि गीत घटाउनुभएको छ।’

विगतका वर्षको तुलनामा यसवर्ष तीजका गीतको रेकर्डिङ र भिडियो निर्माणमा कमी आएको सरोकारवाला बताउँछन्।

तीज गीत भन्नासाथ जोडिएर आउने नाम हो, –पशुपति शर्मा। उनले पनि पछिल्ला वर्ष तीज गीतको संख्या घटाएको बताउँछन्। यसवर्ष उनका दुईवटा तीजका गीत सार्वजनिक भइसकेका छन् भने एउटा सार्वजनिक गर्ने तयारीमा छन्।

तीजका गीतमा लोकप्रिय अर्का गायक खुमन अधिकारी पछिल्ला वर्ष तीज गीतको संख्या घटाएको बताउँछन्।  ‘गत वर्ष मेरा २१ वटा तीज गीत आएका थिए। यसवर्ष ११ वटा मात्र गाएँ। केही सार्वजनिक भइसके भने केही सार्वजनिक हुँदैछन्’ उनले भने, –‘अहिले संख्यात्मक भन्दा गुणस्तरमा जोड दिएको छु।’

यता तीजका गीतमा लोकप्रिय गायिका राधिका हमालको पनि यसपाली गीतको संख्या घटेको छ। उनले आफ्नै शब्द संगीतमा २ वटा र अरुको ९ वटा गीत ११ वटा तीज गीतमा स्वर दिएकी छिन्।

कुनै वर्ष ५३ वटा तीज गीतमा स्वर दिएकी राधिका भन्छिन्–‘पछिल्ला वर्ष आफै–आफै गाउने प्रचलन बढेको छ। त्यस्तै, पछिल्लो समय सिजनमा मात्र बज्ने तीज गीत भन्दा सदावहार गीतमा जोड दिन थालिएको छ।’
अवस्था विस्तारै सुध्रिदै छ
केही वर्ष अघिसम्म तीन महिना अघिबाटै तीजका गीत सार्वजनिक हुन्थे। यसवर्ष भने केही ढिला मात्र तीजका गीत सार्वजनिक भए।
‘चाँडो सार्वजनिक गर्नुभएकालाई प्रतिष्ठानले हटाउन आग्रह गरेको थियो। उहाँहरुले हाम्रो आग्रहलाई स्वीकारी दिनुभयो। त्यसैले यसवर्ष तीज गीत केही ढिला आउन थालेका हुन्’–लोकदोहोरी प्रतिष्ठान अध्यक्ष पंगेनीले भने।

पंगेनी पछिल्ला वर्ष रहरको भरमा गीत निकाल्नेहरु कम हुनु लोकदोहोरी क्षेत्रकै लागी राम्रो भएको पंगेनी बताउँछन्। उनी यसवर्ष उश्रृङखल तीज गीतमा पनि कमी आएको बताउँछन्।

मौलिक तीज गीत गाउँदै आएकी गायिका सुनिता दुलाल पनि यसवर्ष तीज गीतहरुमा देखिने विकृति केही कमी भएको बताउँछिन्।  ‘पहिला–पहिला असारबाटै तीज गीत सार्वजनिक हुन्थे। यसवर्ष त्यसमा कमी आएको छ’ उनले भनिन् –‘अन्य विकृतिहरु पनि विस्तारै फिल्टर होला!’
यद्यपी सुनौं–सुनौं लाग्ने तीज गीतहरु भने नआएको सुनिताको भनाइ छ। उनले यसवर्षको तीजमा दुईवटा मौलिक गीतहरु ल्याउने तयारी गरेको बताइन्। यसथ्रीके अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि