होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१९ वैशाख, जाजरकोट नेपाल खाद्य संस्थान सर्मी डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ । संस्थानबाट मुड्केचुला गाउँपालिका–७ सर्मीस्थित डिपोका लागि ल्याउँदै गरेको खाद्यान्न रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री भएको खुलासा भएको हो । त्रिवेणी जाजरकोट, डोल्पा र रुकुमबीच सिमानामा पर्दछ । सर्मी डिपो ल्याउने चामल बाटोमै बिक्री भएपछि स्थानीयवासीले खाद्यान्न नपाएको बताएका छन् […]
१८ वैशाख, विराटनगर नेत्रबिक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाका कोशी व्युरो संयोजक घनश्याम श्रेष्ठसहित पाँच जना जिल्ला अदालत सुनसरीको आदेशपछि पूर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला न्यायाधीश ध्रुबकुमार सुवेदीको इजलासले उनीहरुलाई कारागार पठाउने आदेश दिएको हो । गत चैत १० गते मोरङको कानेपोखरीबाट कोशी ब्युरो संयोजक श्रेष्ठ र कोशी व्यूरो सदस्य माधब गौतम, गत […]
२२ वैशाख, बुटवल प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले परम्परागत प्रशासन शैलीलाई जनतामैत्री बनाउनुपर्ने बताएका छन् । ‘कतिपय आदतै गलत छन्, हिजो केन्द्रबाट निगरानी कम हुन्थ्यो,अब त ठाउँठाउँमा सरकार छन्,’ उनले भने । तेश्रो अधिबेशन (बिधेयक )को अन्तिम संसद बैठकलाई सम्बोधन गर्दै पोखरेलले साझा सूचीमा भएका कानून केन्द्रले नबनाउँदा प्रदेशमा पनि समस्या भएको बताएका छन् […]
२२ वैशाख, बुटवल रुपन्देहीको शुद्धोधन गाउँपालिकामा ‘दलित’ र ‘गैरदलित’ समुदाय एकै थलोमा उपस्थित भएर जातीय छुवाछुत अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । गत वैशाख ५ गते शुद्धोधन ४ फर्साटिकरका रामबहादुर विश्वकर्माकी छोरी आरतीको विवाह भोज केही गैरदलितहरुले बहिष्कार गरेको घटना सार्वजनिक भएपछि यस्तो प्रतिवद्धता आएको हो । शुद्धोधन गाउँपालिका र दलित वर्ग उत्थान गाउँ समन्वय […]
२३ वैशाख, गुल्मी मुसिकोट नगरपालिका-४ दजाकोटमा दूषित पानीकै कारण झाडापखला फैलिएको पुष्टि भएको छ । यही वैशाख १० देखि सिङ्गो गाउँमा फैलिएको झाडापखालाको मुख्य कारण पानीमा रहेको ईकोलाई जिवाणु भएको अनुसन्धानबाट खुलेको हो । गाउँमा झडापखालाको प्रकोप बढ्दै गएपछि विश्व स्वास्थ्य संगठन र जिल्ला स्वास्थ्य कार्यालयको टोलीले गत साता प्रकोप क्षेत्रमा पुगेर बिरामीहरुको दिसा र […]
२३ बैशाख, गुल्मी आमासँगै गुल्मी जिल्ला कारागारमा रहेकी ४ वर्षीया बालिकाले नर्सरीमा ९६ प्रतिशत अंक ल्याएकी छन् । अघिल्लो वर्षको वैशाख १२ गते रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले हाडहाडेकी ३ वर्षीया बिपिका पुनको अभिभावकत्व ग्रहण गरी तम्घासको महेन्द्र नमूना माबिमा नर्सरीमा भर्ना गरिदिका थिए । बिपीकाले वार्षिक परीक्षामा तृतीय स्थान प्राप्त गरेकी छन् । अहिले […]
२४ वैशाख, बुटवल प्रदेश ५ सरकार र चीनको ग्यान्सु प्रान्तबीच सांस्कृतिक र पर्यटकीय सहयोगका लागि साझेदारी हुने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले सांस्कृतिक पर्यटकीय सहयोगका लागि चीनको च्यान्सु प्रान्तसँग साझेदारी गर्ने निर्णय गरेको हो । उक्त सम्झौताले दुई देश बीचको मित्रता घनिष्ट हुने, चीनले विज्ञान, प्रविधि, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा प्राप्त गरेको उपलब्धी […]
२५ वैशाख, तानसेन पाल्पाको माथागढी गाउँपालिका–२ रुप्सेस्थित सोलेमा सिँचाइका लागि पाइप गाड्दा जमीनमुनिबाट प्राकृतिक ग्यास निस्केको छ । सिँचाइका लागि पानी निकाल्न ट्युबवेल गाड्ने क्रममा जमीनमुनिबाट ग्यास निस्किरहेको छ । स्थानीय ताराबहादुर कुमालको जग्गामा ट्युबवेल गाडेर पानी निकाल्ने क्रममा ग्यास निस्केको हो । फलामको पाइप जमीनमुनि गाड्ने क्रममा ग्यास बाहिर निस्किरहेको स्थानीय बासिन्दा राजकुमार पन्थीले […]
२५ वैशाख, गुल्मी गुल्मीमा ७४ वर्षीया सुन्तलीले नागरिता पाएकी छन् । मालिका गाउँपालिका-२ छापहिलो निवासी बस्नेतले जिल्ला प्रशासन कार्यालय गुल्मीले अर्खाबाङमा सञ्चालन गरेको एकीकृत घुम्ती शिविरबाट नागरिता लिएकी हुन् । बस्नेतलाई गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल, गाउँपालिका अध्यक्ष रितबहादुर थापालगायतले संयुक्तरुपमा नागरिकता हस्तान्तरण गरे । नागरिता लिन उनका श्रीमान इन्द्रबहादुर बस्नेतले सनाखत गरेका थिए […]
२६ वैशाख, गुल्मी गुल्मीमा हाटबजार निर्माण भएको ५ वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्ने उद्देश्यले तम्घास बजार नजिकैको चारिखोलामा निर्माण गरिएको हाटबजार सञ्चालनमा आउन नसकेको हो । ०७० साल असोजदेखि सुरु भइ २०७१ मा हाटबजार निमार्णको काम सकिएको थियो । हाटबजार संचालनका लागि तत्कालीन जिल्ला […]
१० वैशाख, दमौली सुनौलीबाट पोखरा आउँदै गरेको यात्रुवाहक बस गए राति २ बजे पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुर्घटना हुँदा छ जना घाइते भएका छन् । ना ५ ख ५३३० नम्बरको बस शुक्लागण्डकी नगरपालिका–७ शेराटारस्थित राजमार्गमा अनियन्त्रित भई सडकबाट खस्दा छ यात्रु घाइते भएका हुन् । घाइते हुनेमा भारत उत्तर प्रदेश घर भई हाल बागलुङ काठेखोला गाउँपालिका–४ बस्ने […]
११ वैशाख, पोखरा आन्तरिक पर्यटकको रोजाइमा पर्ने होमस्टे गाउँ हो, घलेगाउँ । लमजुङको क्व्होलासोंथर गाउँपालिकाको घलेगाउँ हरेक दिन पाहुनालाई गाउँ भित्राउँछ । अधिकांश ढुंगा र टिनले छाएका घरका आँगन नचरी, सोरठीले गुञ्जिन्छ । होमस्टे र प्रकृतिको पारखीका लागि घले र गुरुङको बसोबार रहेको घलेगाउँ उत्कृष्ट गन्तव्य हो । अन्नपूर्ण र लमजुङ हिमालको काखैमा रहेको घलेगाउँलाई […]
११ वैशाख, पोखरा बेगनास-भोर्लेटार सडक खुल्दा कास्की र लमजुङका गाउँवासीले खुसी मनाए । सडक नखुल्दा त्यही सडक गाउँलेहरु हिँडेरै आउजाउ गर्थे । मोटरबाटो नै खुलेपछि भोर्लेटार, करापुटार लगायतका लमजुङका गाउँवासी पोखरा र कास्कीवासी त्यही सडक हुँदै लमजुङतिर आउजाउ गर्न सुविस्ता हुन्थ्यो । यो ०४७ सालतिरकै कुरा हो । सडक खुलेपछि दमौली हुँदै कास्की-लमजुङ आउजाउ गर्नेहरुका […]
१३ वैशाख, पोखरा गण्डकी प्रदेशमा इजाजत नलिएका र नवीकरण नगरिएका ४७ थान हतियार सम्बन्धित व्यक्तिले बुझाएका छन् । यस प्रदेशका ११ जिल्लामध्ये छ जिल्लाबाट सो सङ्ख्याका हतियार सङ्कलन भएको हो । हतियार बुझाउने जिल्लामा सवैभन्दा बढी लमजुङ जिल्लाबाट १७ थान हतियार बुझाइएको छ भने कास्कीबाट १४, स्याङ्जाबाट आठ गोरखाबाट चार, बागलुङबाट तीन र तनहुँबाट एक […]
१८ वैशाख, चितवन नवलपरासीको गैंडाकोटस्थित भृकुटी कागज कारखानामा ताला लागेको ९ वर्ष भयो । त्यहाँ पहिले काम गरेका मजदुरहरु हरेक सोमबार कारखाना परिसरमा भेला हुने गर्छन् । उनीहरुको चर्चाको विषय हुन्छ, ९ वर्षदेखिको तलव पाइने हो कि होइन ? २०६७ फाल्गुण १९ गते व्यवस्थापन पक्षले सूचना टाँस गरी उद्योग बन्द गरेको थियो । त्यससँगै कारखानामा […]
२२ वैशाख, गोरखा पालुङटार नगरपालिका-९ मिरकोटको त्रिवेणी माविले विद्यार्थीसँग मासिक शुल्क लिने गरेको पाइएको छ । नेपालको संविधानको धारा ३१ मा शिक्षाको मौलिक हक सम्बन्धी बयवस्थाअनुसार आधारभूत तहसम्म निःशुल्क र अनिवार्य तथा मावि तहसम्म निःशुल्क शिक्षाको व्यवस्था गरिएको छ । तर, त्रिवेणी माविले नर्सरीदेखि पाँच सम्मका विद्यार्थीसँग शुल्क लिने गरेको छ । २०६९ साल देखिनै […]
२४ वैशाख, पोखरा गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले फेवातालबीचमा प्रदेश सरकारले कफी सप खोल्ने योजना बनाएको बताएका छन् । उनले गण्डकी प्रदेशले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको र त्यसैका लागि फेवातालमा फेवातालमा कफी सप खोलेर पर्यटकको संख्या बढाउने बताएका हुन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय प्रदेश नम्बर ५ ले पोखरामा […]
१८ वैशाख, हेटाैंडा मकवानपुरका होटल रेष्टुरेन्टमा खाद्य स्वच्छता र स्तरीकरण गर्दै ४ थरीका स्टिकर टास्ने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले जिल्लामा रहेका १५ दिन भित्र होटल तथा रेष्टुरेन्टको अनुगमन गरी प्रतिवेदनको आधारमा होटल, रेष्टुरेन्टको स्वच्छता तथा स्तरिकरणको आधारमा ४ सूचकका स्टिकर टास गरीने भएकाे हाे । खाद्य प्रविधि तथा गुण […]
१८ वैशाख, हेटौंडा । काठमाडौंको ‘खुलामञ्च बिक्री प्रकरण’ तातिइरहँदा हेटौंडामा पनि यस्तैखालको चलखेल भइरहेको छ । खुलामञ्चमा बसपार्कको जस्तै हुप्रचौरको सार्वजनिक जग्गामा प्याराफिट बनाउने बाहनामा ब्यापारिक सटर बनाएर बिक्री गर्न लागिएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । हुप्रचौरलाई बिक्री गर्ने योजना हेटौंडामा नेकपाबाट निर्वाचित मेयर हरिबोल महतकै नेतृत्वमा बनेको हो । खुला चौरको सडकतर्फको भागमा सटरसहितको […]