होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • भ्रमण वर्ष औपचारिक रुपमा स्थगित गर्ने तयारी
देश/प्रदेश

भ्रमण वर्ष औपचारिक रुपमा स्थगित गर्ने तयारी

  • नागरिक रैबार
भ्रमण वर्ष औपचारिक रुपमा स्थगित गर्ने तयारी

काठमाडौँ । नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई औपचारिक रुपमा नै स्थगित गर्ने तयारी गरेको छ । कोरोनाभाइरसका कारण भ्रमण वर्षसहित समग्र पर्यटन गतिविधिमा असर पर्न थालेपछि भ्रमण वर्ष स्थगित गरी नयाँ रणनीति तय गर्न लागेको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।

कोरोनाका कारण विदेशकमा गरिने प्रवद्र्धनात्मक कार्यक्रम रोकेर आन्तरिक पर्यटन प्रवद्र्धनमा जोड लिने अल्पकालीन रणनीति तय गरे पनि तत्काललाई यो प्रभावकारी नदेखिएपछि सरकार भ्रमण वर्ष स्थगित गर्न बाध्य बनेको हो ।

मन्त्रालय स्रोतका अनुसार आउने मन्त्रिपरिषद् बैठकबाट यो निर्णय हुन सक्नेछ । भ्रमण वर्ष स्थगित गर्ने तयारीसँगै पर्यटन मन्त्रालयले नेपाल भ्रमण वर्ष सचिवालयलाई अहिलेसम्म सचिवालयबाट भएका हिसाबकिताब १ महिनाभित्र मिलाउन र एक साताभित्रै करारमा रहेका कर्मचारीलाई अवकास दिन पत्राचार गरिसकेको भ्रमण वर्ष सचिवालयले जानकारी दिएको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार