होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
विश्वभर फैलिएको कोरोना संक्रमण भित्रिन नदिन अनेक उपाय अपनाइरहेको सरकारले भारततर्फका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । कोभिड १९ संक्रमण विश्वभर फैलिँदै गएपछि चीनतर्फका नेपालसँग जोडिएका नाका बन्द भइसकेका छन् भने सरकारले भारतसँगका नाकाबाट आवतजावत रोक्ने तयारी गरेको छ । तर, भारतबाट हुने अत्यावश्यक सामग्रीको आयात भने रोकिनेछैन । स्रोतका अनुसार बिहीबारबाट भारतसँग जोडिएका […]
नागरिक रैबार/बाजुरा ६ चैत्र। नेपाल पत्रकार महासंघ बाजुराले कोरोना भाइरस (कोभिड–१९) को सम्मेम भई समाचार सम्प्रेषण गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । विहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ बाजुराले विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना भाइरस (कोभिन–१९) को उच्च जोखिममा नेपाल समेत रहेको विदितै छ । त्यसमा पनि बाजुरा जिल्लामा झन बढी जोखिम हुने […]
हाम्रो देशको भौगोलिक विकटता, मानव स्रोत साधन प्रबिधी जस्ता यावत् समस्याले समयमै सर्तकता अपनाउन सकेन भने इतिहासकै ठुलो सङ्कट , नाजुक आर्थिक स्थिति र लाखौं सर्बसाधारणको जिउज्यान,देशको समृद्ध बिकासमा असर पर्न सक्नेछ। सन १९९० साल को भुकम्प त्यसपछि १९९६ मा नेपाल हैजाको महामारीमा गुज्रिएको ताका नेपालले ठुलो अर्थतन्त्र गुमाएको र लाखौं मान्छे प्रभावित भइ हजारौंको […]
काठमाडौं– आजबाट शुरु हुने भनिएको एसईईको परीक्षा हिजो साँझ सरकारले स्थितग गर्ने निर्णय गरेसँगै प्रश्नपत्रको सुरक्षामा विद्यार्थी र अभिभावकले चासो दिएका छन् । कोरोना भाइरस संक्रमण विश्वव्यापी रुपमा फेलिरहेको र नेपाल पनि उच्च जोखिममा रहेको भन्दै सरकारले एसईई परीक्षा स्थगित गरेको थियो । तर केन्द्रमा प्रश्नपत्र तथा कपिहरुसमे पुगिसकेको अवस्थामा विद्यार्थी र अभिभावकले कतै प्रश्न […]
हेटौडा- वाग्मती प्रदेश सरकारले प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ। आज बिहान बसेको विशेष मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए । कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सङ्घीय सरकारले गरेको निर्णयलाई […]
एजेन्सी– कोरोना भाइरसको उत्पत्ति भएको मुलुक चीनमा कोभिड-१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन् । तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको थियो।जनावरी यता चिनियाँ मूलभूमिमा ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्।त्यसबाट ३ हजार २२५ जनाले ज्यान […]
जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावल माथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी हालै कुटपिट गरेका हुन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन्। “ कार्यकक्षमा फोनमा कुराकानी […]
काठमाडौं ५ चैत- सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले एसईई परीक्षा स्थगित गर्ने निर्णय भएको अनलाइनखबरलाई जानकारी दिए । एसईई परीक्षा चैत ६ गतेदेखि तोकिएको थियो । स्थगित परीक्षा कहिले सञ्चालन गर्ने भन्ने सरकारले निर्णय गरेको छैन । यस वर्ष करिब […]
नागरिक रैबार/बाजुरा ५ चैत्र। बाजुरामा कोरोना भाइरस (कोभिड (१९) को संक्रमण रोक्न र कुनैपनि स्थानमा फैलिन नदिनका लागि जिल्लाको विपद् व्यवस्थापन समिति बाजुराले विभिन्न ९ निर्णय गरेको छ । बुधबार जिल्लाको सदरमुकाम मार्तडीमा बसेको विपद् व्यवस्थापन समितिकोे वैठकले जिल्लाका विभिन्न ठाउँमा कोरोना भाईरसको रोकथाम र यसबाट बच्नका लाथि ४ वटा हेल्थ डेस्क स्थापना गर्ने भएको […]
अछाममा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको रामारोशन गाउँपालिका वडा नम्बर ६ का वडासदस्य मानसिंह साउद रहेको प्रहरीले जनाएको छ। बुधबार बिहान लडेको अवस्थामा साउंदको शव फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नागरिक रैबार/बाजुरा ४ चैत्र। बाजुरामा बढ्दो मदिरा सेवन कर्तालाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाजुराले अवदेखि आधुनिक मापसे जाँच गर्ने यन्त्र प्रयोग गर्ने भएको छ । जिल्लामा बढ्दो मदिरा सेवन कर्ताहरुलाई नियन्त्रण गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरालाई बडीमालिका नगरपालिकाले ३ वटा आधुनिक मादक पदार्थ सेवन जाँच गर्ने यन्त्र सहयोग गरेको हो । उक्त यन्त्रहरुलाई […]
काठमाडौँ । पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई दिइएको फाँसिको सजाय विरूद्ध काठमाण्डौस्थित पाकिस्तानी दुतावासमा विरोधपत्र बुझाउन गएका विधार्थिहरूमाथी पंचायती शासकहरूले निर्मम दमन गरेपछी सुरू भएको विधार्थी आन्दोलन – २०३६ का विधार्थि नेता भिम रावल आफ्नो गिरफ्तारीपछि नख्खु जेलमा भोक हड्ताल बसेका थिए । त्यही विधार्थी आन्दोलनको अर्को हस्ती एवं रावल पत्नी संजिता रावल कुनै दिन […]
राम बहादुर बि.क/बाजुरा ४ चैत्र । जिल्लाको त्रिवेणी नगरपालिकालाई मंगलबार एक औपचारिक कार्यक्रमका वीच पुर्ण साक्षर नगर घोषणा गरिएको छ । नगरपालिकाले साक्षर घोषणा गर्नका लागि सबै मापदण्ड पुरा गरेपछि नगरपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो । नगरपालिकाद्धारा त्रिवेणी नगरपालिकामा आयोजित कार्यक्रममा नगर प्रमुख रामसिहं रावले नगरपालिकामा रहेका १५ देखि ६० बर्ष उमेर समुहका […]
४ चैत, बुटवल । बुटवलमा जुवा खेलिरहेका ४ महिलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय, बुटवलले सुख्खानगरको एक घरबाट ५ जुवाडेलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय, बुटबलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । समूहमा तास खेलिरहेका महिला रूपन्देहीबाट पक्राउ परेको यो पहिलो घटना हो । उनीहरूको साथबाट ६० हजार […]
नेपालमा आइतबारसम्म ‘कोभिड–१९’ को परीक्षण गरिएका सबै नतिजा ‘नेगेटिभ’ देखिएका छन् ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ दीपेन्द्ररमण सिंहले आइतबारसम्म ४६७ नेपालीको कोरोनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ अर्थात् नकारात्मक आएको बताए । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले आज आयोजना गरेको ‘कोभिड–१९ जानकारी तथा जनचेतना’ विषयको कार्यक्रममा उनले भने, “वृद्धवृद्धामा बढी स्वासप्रश्वासको समस्या हुने […]
४ चैत, जनकपुरधाम । प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी मंगलबार टुंगो लगाइँदै छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ८ बजे नै बोलाइएको छ । सभामुख सरोज कुमार यादवका अनुसार नाम र राजधानीको टुंगो गोप्य मतदानबाट लगाइने छ । मतदान सुरु हुनुअघि सांसदहरुलाई बोल्न दिइने उनले बताए । बोल्न चाहने सांसदलाई […]
सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार दुई वटा जिल्लामा सार्वजनिक बिदा दिएको छ ।राना थारु समूदायको महत्वपूर्ण पर्व खखडेहराको अवसरमा मंगलबार कैलाली र कञ्चनपुरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । भोली कैलाली र कञ्चनपुरका सम्पूर्ण सरकारी कर्यालय एवं सार्वजनिक नियकाहरु बन्द रहने छन् ।
मदन वि.क./बाजुरा ३ चैत्र । बाजुरा जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले बाजुरा जिल्ला अस्पताललाई प्रविधि मैत्री बनाउने योजना भईरहेको बताएका छन् । सोमबार अस्पतालमा अत्याधुनिक जेनेरेटर मेसिनको उद्धघाटन् गर्दै अध्यक्ष थापाले सो कुरा बताएका हुन् । अध्यक्ष थापाले अस्पतालको २४ सै घण्टे नियमित सेवालाई चुस्त दुरुस्त राख्नको लागि भर्खरै अस्पताल परिसरमा प्रत्यक्ष सिसि […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। जिल्ला अस्पताल बाजुरामा जेनेरेटर जडान गरिएको छ । सोमबार अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भरत थापाले उक्त मेसिनको विधिवत रुपमा उद्धघाटन् गरेका हुन् । सदरमुकाम मार्तडीमा विद्युत सेवा नियमित नभएपछि जिल्ला अस्पताल बाजुरामा यस अघि अस्पतालमा दैनिक आउने विरामीलाई निकै समस्या हुने गरेको थियो । अस्पताल व्यवस्थापन समितिले अस्पतालमा दैनिक आउने विरामीहरुको […]
नागरिक रैबार/बाजुरा ३ चैत्र। सुदूर तथा मध्यपश्चिममा व्याप्त रहेको छाउपडी प्रथा तथा जातीय छुवाछुतबारे चेलिको बेदना नामक छोटो फिल्म सार्वजनिक भएकाे छ । हिमाली जिल्लाको रुपमा चिनिएको बाजुरामा छाउपडी प्रथा र यसको कारण चेलिबेटीमा पर्न गएको शारिरीक, मनोबैज्ञानिक, सामाजिक तथा सांस्कृतिक पीडाहरुको उजार गर्नका लागि छाेटो फिल्म तयार पारिएको राजेश पायलले बताएका छन् । छाउ […]