होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड-१९ (कोरोना) पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । […]
धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले नेपालकै भुमी भएर कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने बाटाे बनाउने भएकाे छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो । कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने तम्बाखु–मौराभेल–दोपक्षय क्षेत्रमा तत्काल बाटो निर्माणकालागि भौतिक पूर्वाधार विकास मन्त्रालयवाट स्थानीय व्यास गाउँपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले बताए । […]
नागरिक रैबार/बाजुरा ७ जेठ। निजामति कर्मचारीहरुको आधिकारीक टे«ड युनियन बाजुरा, नेपाल निजामति कर्मचारी संगठन बाजुरा र नेपाल निजामति कर्मचारी युनियन संघ बाजुरामा आवद्ध सम्पूर्ण निजामति कर्मचारीहरुले राजनीतिक हस्तक्षेपका विरुद्ध एकजुट भएर लाग्ने प्रतिवद्धता जनाएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको राष्ट्रसेवक निजामति कर्मचारीहरुको सयुक्त बैठकले बाजुरा जिल्लामा विभिन्न राजनीतिक दलका भातृ संघ, संगठनले निजामति […]
७ जेठ, काठमाडौं । सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पदमा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतद्वारा अतिक्रमित लिम्पियाधुरासहित ३३५ वर्गकिलोमिटर भूमि समेटिएको नेपालको नक्सा पारित गरेको विषय आफैंमा सकारात्मक छ । तर यही नै पूर्ण उपलब्धि होइन । अहिले मानचित्र मात्र आएको हो, अतिक्रमित भूमि होइन । अहिलेको निर्णयलाई त्यसका निम्ति गरिएको प्रयत्नको प्रस्थानविन्दु भने मान्न सकिन्छ । भारतले छ महिनाअघि नेपाली भूभागसमेत आफ्नो सीमाभित्र पारी नयाँ […]
आधुनिक युगमा दलितभित्र पर्ने जात प्राचीनतम कालमा शुद्र भित्र पर्ने एउटा जात हाे । यो जात खसहरु बाटै विभाजित भएर बनेको समूह हो । जसको इतिहास तीन तरिकाबाट भएको पाइन्छ । एउटा हो , युरोप बाट पूर्वतिर हिदै जाँदा आज भन्दा ५००० वर्ष पहिले इरानको सिन्धु घाँटी हुँदै भारत वर्षाबाट नेपालको पश्चिमी भेग जहाँ हुम्ला […]
नागरिक रैबार/बाजुरा ७ जेठ। सदुरमुकाम मार्तडी नजिकैको भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ९ तल्लाबाडा घर भएका ६० वर्षिया हरिबहादुर थापा रहेका छन् । बुधबार विहान बडीमालिका नगरपालिका ९ र ३ मा पर्ने खडीगाढ मेलामा गाई वस्तुका लागि घाँस काट्ने क्रममा भिरबाट लडेका उनको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको […]
नागरिक रैबार/बाजुरा ७ जेठ। त्रिवेणी नगरपालिकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराका सचिव भरत बुढाले नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्न नमानेपछि आपत्ति जनाएको छ । त्रिवेणी नगरपालिकाले मंगलबार नगरपालिकामा गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका नगरप्रमुख रामसिंह रावलले नेकपा बाजुराका सचिव भरत बुढा बन्दाबन्दीको समयमा जिल्ला बाहिरबाट आउँदा नगरपालिका संग कुनै समन्वय नगरेकोे आफ्नो मनमर्जीले गाउँमा गएर बसेको आरोप […]
७ जेठ, बुटवल । गुल्मीका पहिलो कोरोना संक्रमित ४१ वर्षीय पुरुषको उपचारका क्रममा रुपन्देहीमा मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । गुल्मी मदाने गाउँपालिका–६ निवासी उनको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उनको शुरुदेखि नै […]
नागरिक रैबार/बाजुरा ७ जेठ। बुधबार विहान पाण्डुसेनबाट मार्तडी तर्फ आउँदै गरेको जीप गरेको से १ ज ९९० नम्बरको जीप पाण्डुसेनस्थित पुरानो प्रहरी चौकी नजिकै दुर्घटना भएको छ । जीप दुर्घटनामा परेर पाँच जना सामान्य घाईते भएका छन् । बुढीनन्दाकै २६ वर्षिया चालक प्रज्वल रोकायाले चलाएकाे जीप दुर्घटनामा परेकाे हाे । घाईते हुनेमा बुढीनन्दा नगरपालिका ८ […]
काठमाडौँ, अबदेखि सार्वजनिक स्वास्थ्य संस्थाले पनि कोभिड–१९ को परीक्षण गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको दायरा बढाउनका लागि सार्वजनिक संस्थालाई पनि परीक्षण गर्ने नीतिगत निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट तोकिएको मापदण्ड र गोपनियता राख्ने शर्तमा ति सार्वजनिक स्वास्थ्य संस्थालाई परीक्षण […]
नेपाल सरकारले लिपुलेकलाई समेत समेटर नयाँ नक्सा सार्वजनिक गरेसँगै यतिबेला यो विषयमा विभिन्न खालका प्रतिक्रिया आइरहेका छन् । नेपाली चलचित्रका कलाकारहरूले पनि यो विषयमा आफ्नो मत व्यक्त गरिरहेका छन् । अधिकांश कलाकारले सरकारको यो निर्णयको स्वागत गरेका छन् । कतिपयले भने अब भूमि पनि फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् । नायिका करिश्मा मानन्धरले भने […]
७ जेठ, काठमाडौं । काठमाडौंमा कार्यरत सुरक्षाकर्मीलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । नेपाल प्रहरी उच्च स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, कालिमाटीमा कार्यरत एक जना सई र जवानलाई कोरोनाको संक्रमण पोजेटिभ देखिएको हो । स्रोतका अनुसार यसबारे स्वास्थ्य मन्त्रालयले मंगलबार यसबारे प्रहरीलाई जानकारी गराइसकेको छ । उनीहरुको चार दिनअघि पीसीआर परीक्षण गरिएको थियो ।मंगलबार […]
रामबहादुर विक/ बाजुरा ६ जेठ । बाजुराबाट स्वाव संकलन गरी धनगढी पठाइएका ७ जनाको रिर्पोट नेगेटिभ आएको छ । पिसिआर परिक्षणका लागी धनगढी पठाएका ७ जनाकाे रिर्पोट नेगटिभ आएको जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दया कृष्ण पन्तले बताउनु भएको छ । जिल्ला स्वास्थ्य कार्यलय बाजुराका प्रमुख पन्तका अनुशार तिन जना आइसोलेसनमा र होम क्वारेन्टाइनमा वसेका […]
गीता कँवर अछाम ६ जेठ । पुरै देश बन्दाबन्दीमा रहेका बेला सुदूरपश्चिमको अछाममा भने रोपाइँ सुरु भएको छ । बन्दाबन्दीको बेला सहरबजार सुनसान भएपनि गाउँघरमा चहलपहल बढेको छ । खेतीपातीको समय भएकाले गाउँघरमा चहलपहल बढेको हो। हिउँदे खेती भित्र्याएका किसान अहिले रोपाइँ गर्न व्यस्त छन् । वैशाखको अन्तिम साताबाट अछाममा रोपाइँको चटारो सुरु हुन्छ । […]
सरकारले लिम्पियाधुरालाई समेत समेटेर नयाँ नक्शा जारी गरेपछि अब नेपालको संविधानदेखि विद्यालयका पाठ्यक्रमसम्म सबै संशोधन र परिमार्जन गर्नुपर्ने भएको छ । नेपालको संविधानको अनुसूची ३ मा नेपालको निशान छाप उल्लेख छ । सो निशानछापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले अब त्यसलाई सच्याएर संविधानमै नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने भएको छ । र, यसका लागि […]
कठमाडौं । कर्णाली प्रदेशमा पनि १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दैलेख जिल्लाको आठविस–१ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यसअघि कर्णाली प्रदेशमा कोरोना संक्रमण देखिएको थिएन ।
नागरिक रैबार/बाजुरा ५ जेठ। बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका दिर्घरोगीहरुका लागि निःशुल्क औषधी वितरण गरिरहेको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणले देश बन्दाबन्दी रहेको बेला समस्यामा परेका दिर्घरोगीहरुलाई वडा नं. ८ को समन्वय र मानवताका लागि हामी भन्ने अभियान अन्तरगत निशुल्क रुपमा औषधि वितरण गरिएको वडा अध्यक्ष प्रकाश रावलले बताएका […]
विश्वभरीमा कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै मानिसहरुलाई सावधानी अपनाउने तथा सरसफाईमा ध्यान दिन आग्रह गरिँदैछ । नेपालसहित विश्वका विभिन्न देशहरुमा लकडाउनको घोषणा गरिएको छ । यसबीच मानिसहरुलाई भीडभाड नगर्न तथा भीडभाड हुने स्थानमा नजानका लागि समेत आग्रह गरिँदैछ । कोरोना भाइरसको बारेमा मानिसहरु सावधान त छन् । तर, त्यसको खतरा बढी रहेको त छैन […]
काठमाडौं, ५ जेठ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भारतमा झनै बढ्दै गएको छ । त्यहाँ आइतबार एकै दिनमा हालसम्मकै बढी ५ हजार नयाँ संक्रमित थपिएका छन् । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९५ हजार ६९८ पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ । जसमा आइतबार मात्र ५ हजार ५० नयाँ संक्रमित फेला […]