होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कालापानी जाने बाटो बनाउन सुदूपश्चिम प्रदेश सरकारद्धारा ३० लाख
राजनीति

कालापानी जाने बाटो बनाउन सुदूपश्चिम प्रदेश सरकारद्धारा ३० लाख

  • नागरिक रैबार
कालापानी जाने बाटो बनाउन सुदूपश्चिम प्रदेश सरकारद्धारा ३० लाख

धनगढी । सुदूरपश्चिम प्रदेश सरकाले नेपालकै भुमी भएर कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने बाटाे बनाउने भएकाे छ । मंगलवार बसेको मन्त्रीपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।

कालापानी, लिम्पीयाधुरा, लिपुलेक जाने तम्बाखु–मौराभेल–दोपक्षय क्षेत्रमा तत्काल बाटो निर्माणकालागि भौतिक पूर्वाधार विकास मन्त्रालयवाट स्थानीय व्यास गाउँपालिकालाई ३० लाख रकम दिने निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री पठान सिंह बोहराले बताए । चालु अर्थिक वर्षभित्रै सम्पन्न हुने गरी स्थानीय उपभोक्तामार्फत गाउँपालिकाले बाटो बनाउने मन्त्री बोहराले जानकारी दिए ।

संघीय सरकारले घाेडेटाे निर्माण गर्ने अलग्गै याेजना भएपनि तत्काल नेपाली भूमीमा जान आउन नेपाली बाटाे नहुँदा स्थानीयले भाेग्नुपरेकाे समस्यालाइ मध्यनजर गरेर प्रदेश सरकारले साे रकम छुट्टाएकाे उनले बताए । यस्तै मन्त्रीपरिषद् बैठकले सुदूरपश्चिम प्रदेशसभाको छैटाैं अधिवेशन (बजेट अधिवेशन) आव्हानकालागि प्रदेश प्रमुखलाई अग्रह गर्ने निर्णय पनि गरेकाे छ ।

विज्ञापन

बैठकले सुदूरपश्चिम प्रदेशको कानून सुधार तथा सुझाव सम्बन्धिको कार्यविधि पनि पास गरेको उनले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार