होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारतको नयाँ नक्साप्रति साझा पार्टीले आपत्ती जनाएको छ। नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि पार्टीले आपत्ति जनाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नक्सा सच्याउन माग गरेको छ। ‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी […]
दार्चुलामा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ चौतलीचौरमा बुधबार बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। लेकम गाउँपालिकाको रिठाचौपातास्थित लटिनाथ मन्दिरमा लागेको जयपुरमा जात्रा हेरेर घर फर्किने यात्रु बोकेर शैल्यशिखर नगरपालिकाको पनेबाजबाट गोकुलेश्वर तर्फ जाँदै गरेको से १ ज ११३१ नम्बर को जिप दुर्घटनामा परेको दार्चुला प्रहरीले जनाएको […]
सुदूरपश्चिम प्रदेश सरकारले खरिद गरेका १६ वटा एम्बुलेन्स झण्डै तीन महिना पछि वितरण गर्ने तयारी गरेको छ। गत साउनको अन्तीम साता अत्याधुनिक १६ वटा एम्बुलेन्स खरिद गरिएको भएपनि झण्डै तीन महिना पछि वितरण गर्ने तयारी भएको हो। प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले २० गते एम्बुलेन्स वितरण गर्ने तयारी भईरहेको बताए। सुरुवातमा दशैं अगाडी […]
नेपाल भ्रमण वर्ष २०२० नजिकिदै गर्दा सुदूरपश्चिममा मुख्य पर्यटकीय स्थलको पहिचान हुन सकेको छैन्। अन्य प्रदेशमा भ्रमण वर्षलाई लक्षित गरी सोही अनुसारका गतिविधी अघि बढेका बेला सुदूरपश्चिममा भने मुख्य पर्यटकीय स्थल कुन–कुन हुने भन्ने कुराको टुङगो नलागेको हो। तर प्रदेशको पर्यटन मन्त्रालयले सांसदहरुसँग छलफल गरेर मात्र उक्त विषयलाई निष्कर्षमा पुगाईने जनाएको छ। गत कात्तिक ८ […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटै प्रदेशका प्रदेश प्रमुखहरु नियुक्त गरेकी छन् । नेपालको संविधानको धारा १६३ (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनले सोमबार प्रदेश प्रमुखहरुको नियुक्ति गरेकी हुन् । जसअनुसार प्रदेश १ को प्रदेश प्रमुखमा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा […]
काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले सातै प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सातै प्रदेशमा प्रमुखको नियुक्ति गरेकी हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सातै प्रदेशका लागि प्रदेश प्रमुखको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख […]
१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । सोमबार प्रधामन्त्रीको सरकारी निवास बालुवाटारम बसेको सचिवालय बैठकले सात वटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । सचिवालय बैठकले विष्णु प्रसाईं, शर्मिला त्रिपाठी, धर्मनाथप्रसाद साह, अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार र गोविन्द कलौनीलाई प्रदेश प्रमुख बनाउने […]
बैतडीका ८४ वडामध्ये ७२ वडा सचिवविहीन भएका छन् । वडामा सचिव नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एउटा वडामा पनि सचिव छैनन् । ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालकमार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिका–१० वडामध्ये ७ […]
काठमाण्डौ । सरकारले सातै वटा प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गर्नु भएको हो । संविधानको धारा १६५ को उपधारा १ (ख) बमोजिम प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको हो।
सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल विरुद्ध अदालतमा ठगी र कागज किर्ते गरेको मुद्दा दर्ता भएको छ। जनज्योती बहुमुखी क्याम्पस महेन्द्रनगरका शेयर सदस्य समेत रहेका रावल सहितका ३६ जना विरुद्ध गत साउनमा ठगी र किर्ते मुद्दा दर्ता भएको जिल्ला अदालत कञ्चनपुरले पुष्टि गरेको छ। अधिकृत नवराज पाण्डेले भीमदत्त नगरपालिकाका ताराप्रसाद जोशी […]
महेन्द्रनगरबाट बाजुरा जाँदै गरेको ना ७ ख ६१८१ नम्बरको बस सह चालकले चलाउँदा दुर्घटना भएको खुलेको छ। जिल्लाको शिखर नगरपालिका वडा नम्बर १ गेरुपानीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै ३३ जना घाइते भएका छन्। चालक खगेन्द्र बडैलाले निन्द्रा लागेको भन्दै सह चालकलाई बस चलाउन दिएको २० मिनेटमा नै दुर्घटना भएको बाजुरा रिठाबजार […]
काठमाडौं । शैक्षिक गुणस्तर सुधारका लागि पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले सामुदायिक विद्यालयमा सञ्चालक समितिको अध्यक्ष बन्नका लागि शैक्षिक योग्यता निर्धारण गरेको छ । नगरपालिकाले जारी गरेको शिक्षा ऐन २०७५ र नगर शिक्षा नियमावलीअनुसार माध्यमिक तहको विद्यालयको सञ्चालक समितिको अध्यक्षका लागि स्नातक तह र आधारभूत तहको सञ्चालक समितिको अध्यक्ष बन्न उच्च मावि तहको अनिवार्य शिक्षा उत्तीर्ण […]
काठमाडौं– अरब सागरको उत्तर-पूर्वि भागमा “क्यार” नामाकरण गरिएको चक्रवातको नेपालमा खासै ठूलो प्रभाव नपरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।यो चक्रवात उत्तर-पश्चिमी दिशा तर्फ (ओमन तर्फ) बढिरहेको महाशाखाले जनाएको छ । हाल नेपालको पश्चिमी तथा मध्य भु-भागहरुमा आंशिक देखि सामान्य बदलि र पूर्वमा भु-भागमा आंशिक बदलि रहेको महाशाखाले जनाएको छ । आगामी तीन […]
बैतडी । सबैतिर तिहारको रौनक छाइरहेका बेला बैतडीको पुर्चौडी नगरपालिका–४ र ५ भने तीन जनाको सामूहिक हत्यापछि सिङ्गो गाउँ नै शोकमा डुबेको छ । भारतको पिथौरागढमा मजदुरी गर्दै आएका पुर्चौंडी नगरपालिका–५ दहतोलीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय वीरा बोहरा तथा पुर्चौंडी नगरपालिका–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएपछि सिङ्गो गाउँ शोकमा […]
काठमाडौं उपत्यकामा मङ्गलबार भाइटीकाको दिन ७ सय २१ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सबैभन्दा बढी मादक पदार्थ (मापसे) गर्ने सवारी चालक कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीका अनुसार २ सय ३३ सवारी चालक मापसे कारबाहीमा परेका हुन् । यस्तै अन्य ट्राफिक नियमको पालना नगर्ने ४ सय ८८ सवारी […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वार्षिक रुपमा नौ अर्ब घाटामा रहेको प्राधिकरणले अहिले सात अर्ब रुपैयाँ नाफा कमाएको बताउनुभएको छ । धुलिखेल उद्योग वाणिज्य सङ्घ धुलिखेलले शुभदिपावली, नेपाल संवत ११४० र छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमा उहाँले प्राविधिक र व्यवस्थापकीय क्षेत्रमा सुधार गर्दा विद्युत्भार कटौती अन्त्य गर्न सफल भएको दावी गर्नुभयो । […]
काठमाडौं । सर्वोच्च अदालतले पूजा बोहोरा बलात्कार प्रकरणमा घटनाको आठ वर्षपछि सागर भट्ट र अम्मरराज अवस्थीलाई दोषी ठहर गरेको छ। उच्च अदालत महेन्द्रनगरको फैसला उल्ट्याउँदै बिहीबार सर्वोच्चका न्यायाधीश सपना प्रधान मल्ल र हरि फुँयालको संयुक्त इजलासले उनीहरुलाई बलात्कारी ठहर गरेको हो। जिल्ला अदालत बैतडीकोको फैसला उल्ट्याउँदै उच्च अदालत महेन्द्रनगरले यी अभियुक्तले सफाई पाउने फैसला सुनाएपछि घटना […]
दार्चुला । आगामी मंसिर (डिसेम्बर १ देखि १० तारिख) मा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तिब्रताका साथ तयारी भइरहेको छ । घरेलु मैदानमा पदकको अपेक्षासहित सबै टोलीले तयारी गरिरहँदा राष्ट्रिय खेल भलिबल पनि ठूलो पदकको अपेक्षासहित तयारीमा जुटेको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा भलिवलका लागि २५ सदस्यीय प्रारम्भिक […]
संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको बयान आज पनि सकिएन । बयान नसकिएपछि प्रहरीले पुनः तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्दै जिल्ला अदालतमा पेश गरेको छ । महरासँगको बयान नसकिएको भन्दै काठमाडौं प्रहरीले म्याद थपका लागि अदालत उपस्थित गराउन लागेको महानगरीय प्रहरी परिसरका […]
काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले यही कात्तिक १० गतेभित्र प्रतिनिधि सभा र प्रदेशसभा उपनिर्वाचनका लागि उम्मेदवार सिफारिस गरिसक्न निर्देशन दिएपनि अहिलेसम्म एउटै जिल्ला तथा प्रदेशले पनि उम्मेदवार सिफारिस गरेका छैनन् । उम्मेदवार सिफारिसका लागि सचिवालयले दिएको समयसीमा सकिन अव ३ दिनमात्र बाँकी छ । गत असोज २९ गते बसेको नेकपा सचिवालय बैठकले जिल्ला तथा प्रदेश कमिटीहरुलाई […]