होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै
प्रदेश ७

नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

  • नागरिक रैबार
नेकपा सुदूरपश्चिम संसदीय दलको बैठक बस्दै

जेठ  २०, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा लगातार सत्तापक्षकै सांसदद्धारा सरकारको विरोध हुन थालेपछि नेकपा (नेकपा) संसदीय दलको बैठक बस्ने भएको छ ।

मंगलबार विहान ८ प्रदेश सभा सचिवालयमा रहेको नेकपाको कार्यालयमा बैठक बस्ने बताइएको छ ।बैठकका ऐजेण्डा के हुन अहिलेसम्म बताइएको छैन एक प्रदेश सभा सदस्यले भने सायद नीति तथा कार्यक्रममा सत्तापक्षका सांसदको समर्थन दरिलोरुपमा खोज्नकालागि बैठक बोलाइएको हुनसक्छ ।

अघिल्लो वर्ष बजेटकै विषयमा असन्तुष्टी भएपछि २५ जना प्रदेश सभा सदस्यले हस्ताक्षर गरेर मुख्यमन्त्रीलाई सुधार गर्न आग्रह गरेका थिए ।

विज्ञापन

यसपटक पनि त्यो नहोस भन्ने हिसावले बैठक आयोजना भएको अनुमान छ । नेकपा संसदीय दलको बैठक एक वर्ष यता बसेको छैन ।

नेकपाका प्रमुख सचेतक तारा लामातामाङले दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले बैठक बोलाएको स्वीकार गरे पनि बैठकका एजेण्डा बताउन चाहेनन् । एक सांसदका अनुसार सरकारका कमी कमजोरीका बिषयमा गम्भीरतापूर्वक छलफल गरिने छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार