होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रपति ज्यु देश सङ्कटमा छ घर पछि बनाउँला अहिले जनता बचाउ
देश/प्रदेश

राष्ट्रपति ज्यु देश सङ्कटमा छ घर पछि बनाउँला अहिले जनता बचाउ

  • नागरिक रैबार
राष्ट्रपति ज्यु देश सङ्कटमा छ घर पछि बनाउँला अहिले जनता बचाउ

भनिन्छ नारीको पीडा नारीले बुझ्छन् सम्माननिय राष्ट्रपति ज्यु तपाईं महिला राष्ट्रपति हुदा हजारौं महिलाले सोचे होलान् अब सुरक्षित बच्चा जन्माउन पाउँछौ । लैङ्गकि हिसांको अन्त्य हुन्छ, एकल महिलाको उद्धार हुन्छ । नारी चेली बलात्कृत हुदैनन् ,घरेलु हिङ्साको अन्त्य हुन्छ ।
तपाईं एक करोडको घर सजाउँदै हुनुहुन्छ, देश सङकटमा छ यहाँ गर्भवती सुरक्षित छैनन् क्वारेन्टाइन अब्यबस्थित छन क्वारेन्टाइन मै बच्चा जन्मिएका छन म आफु नारी अनि र यो देशको नागरिक भएको हैसियतले बोल्न बाध्य भए ।

अहिले विश्व नै नोभेल कोरोना भाईरस कोभिड १९ ले गर्दा त्रसित छ लाखौ ले ज्यान गुमाई सकेका छन । नेपाल एक तेस्तो देश हो हामी कहाँ न विज्ञान छ नत प्रविधि नै । अहिले सम्म सानो सानो सहयो देखि ठुलो ठुलो सहयो नि छिमेकि सङ्ग हात थाप्दै गुजेरा चलाई रहेका छौ । पछिल्लो समयमा नेपालमा भारत बाट आउनेको सख्या अत्याधिक रुपमा बढ्दै आईरहेको छ । देशमा ब्यरोजगारी भयर बस्नु अनि भोक र गरिविले च्यापे पछि विदेसिनु बाहेक अरु बिकल्प नि के थियो र आज विश्व नै सङकटमा छ ।

आफनो घर परिवार सम्झेर आउनु स्वभाविक हो मर्दा नि मृत्युको अन्तिम घडिमा मृतकले आफ्नो मान्छेको अनुहार हेरेर।मर्न चाहान्छ । कोभिट ज्ञढ ले गर्दा देश बाहिरको नागरिकहरु अहिले पनि सुरक्षित तरिका बाट आफ्नो देशमा आउन सकिरहेको अबस्था छैन । भित्रियका नागरिक अरुले नि धेरै दुख भोगिरहेको देखिन्छ ।

विज्ञापन

क्वारेन्टाइन छन सबै असुरक्षित नै छन् । गर्भवती महिला, बच्चा, बृद्ध सबै एउटै ठाउमा यति मात्र न भएर विभिन्न ठाउँ विभिन्न जिल्ला बाट आयका ब्यक्तिहरुले नि एउटै ठाउमा बस्नु परेको छ , यसको मुख्य समस्या हो । आर्थिक अभाब छ । अहिले देश सङकटको घडीमा छ नेपालमा पनि कोरोना सक्रमितको सख्या दिनहुँ बढ्दै गयको छ । पछिलो समयमा मृत्यु हुनेको संख्या नि बढि रहेको देखिन्छ । यो अबस्थामा सबै जुट्नु आबश्यक छ मुख्य जिम्मेवारी यो बेलामा सरकारको हुनुपर्छ ।

यसको मतलव सरकारले गरेन भन्न खोजेको हैन सरकारले आफ्नो तर्फ बाट सक्दो सहयोग गरि नै रहेको छ तर पनि देशमा सुधार आउनुको सट्टा झनै सक्रमित र मृतकको संख्या बढ्दै गईरहेको छ । कारण के हो बिषय तिर जिम्मेवार भयर अझै लाग्नु आबश्यक देखिन्छ ज्याला मजदुर गरेर खानेको काम रोकियको छ, ब्याबसयी हरुको ब्याबसाय रोकियको छ । सर्बसाधारणले ढुक्क सङ्ग खान समेत पायको छैन । यो समयमा सम्माननिय राष्ट्रपति ज्यु लाई देश र जनताको चिन्ता र चासोको विषयमा भन्दा नि घरको बिषयमा चिन्ता बढायको देखिन्छ ।

अहिले राम्रो घर हैन रोगबाट बच्न र सुरक्षीत बस्न आबश्यक छ । भएका क्वारेन्टाइन असुरक्षीत छन । कतिपय ठाउमा क्वारेन्टाइनमा बस्ने ठाउँ नै न भएर बाहिर बस्नु परेको छ । यो सङकटको समयमा कसरी देशलाई जनतालाई सान्वना दिने ,कहाँ गरिब भोकले मर्दै छ कहाँ रोगले मरे तेस्ता समस्या लाई कसरी समाधान गर्ने यो तिर अहोरात खटिनु पर्ने अकस्थामन घरको कलर डिजाईन तिर ध्यान लगाउनु कति उपयुक्त होला ।
नेपालको पहिलो राष्टपति महिला तपाईं भनिन्छ महिलाको पीडा महिलाले बुझ्छन् हिजो को दिनमा महिलाले अनेक दुख पिडा र विभित्र हिसां हरु भोग्दै आईरहेका छन तेस्ता कतिपय हिसांहरु अहिले पनि बारम्बार दोहोरिदै आईरहेका छन । सम्माननिय राष्ट्रपति ज्यु तपाईं महिला राष्टपति हुदा हजारौं महिलाले सोचे होलान अब सुरक्षित बच्चा जन्माउन पाउन्छौ लैङ्गकि हिसांको अन्त्य हुन्छ । एकल महिलाको उद्धार हुन्छ । नारी चेली बलतकृत हुदैनन् । घरेलु हिङ्साको अन्य हुन्छ ।

तपाईं एक करोडको घर सजाउदै हुनुहुन्छ । देश सङकटमा छ यहाँ गर्भवती सुरक्षित छैनन् क्वारेन्टाइन अब्यबस्थित छन क्वारेन्टाइन मै बच्चा जन्मिएका छन म आफु नारी अनि यो देशको नागरिक भएको हैसियतले बोल्न बाध्य भए अहिले सिङ्गो देश तपाईको काधमा छ तपाईं करोडौं नेपाली जनताको एक जिम्मेवारी ब्यक्ति हो ।

देश सङ्कटको घटिमा हुदा तपाईले करोडौंको घर सजाउँदा ती गरिब जन्ता जो लगडाउनमा छन क्वारेन्टाइन मा अब्यबस्थित भएर बसिरहेका छन । उनिहरुको मनमा कति चोट पुग्ला जुन सय रुपैयाँ को अभावले खाना न पायर पेट भर्न न सकिरहेको अबस्थामा करोड सुने पछि । तपाइको घर राष्टको घर हो करोडौं जनताको घर को तेसको संरक्षण सुरक्षा आबश्यक छ त्यो स्वभाविक हो तर अहिले देश सङकटमा छ हामी ब्यक्ति देखि स्थानीय प्रदेश सरकार सबै ले आफुले सतर्कता अपनाउनु बाच्नु का साथै सम्पुणर् नेपालीलाई बचाउनु आबश्यक छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार