होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ३०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो प्रयास
देश/प्रदेश

गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो प्रयास

रैथाने बाली, प्रांगारिक उत्पादन, प्रशोधन र बजारिकरण

  • नागरिक रैबार
गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउने हाम्रो प्रयास

कृषि क्षेत्रका विकाश र विस्तर गरि गाउँपालिकाको आर्थिक स्थितिमा रुपमान्तरण: गौमुल गाउँपालिका बाजुरा जिल्लाको एक स्थानिय तह हो । यहाँको घरधुरी करिव १६०० रहेका छ । यस पालिकामा करिव ९९.छ प्रतिशत घरधुरी हरु कृषि पेशामा आवद्ध छन रोजगारीको अवस्था न्युन मात्रामा छ । यहाँ कृषि प्रविधि विकाश विस्तार परम्परागत शैलिबाट नै संचालन भएको अवस्था नै हो । यहाँका कृषकहरुको आम्दानिको श्रोत भनेको नै बैदेशिक रोजगार, ज्यालादारी, जडिबुटी, सिमि, अल्लो भांगो, भेडाबाख्रा, जौ र स्थानिय बाली उत्पादन गरि विक्रिवितरण हो ।

देश संघियतामा रुपान्तरण भए पश्चात गाउँ विकाश समिति लाई गाउँपालिका वा नगरपालिकामा र जिल्लातहका कार्यालयहरुलाई समायोजन वा परिमार्जनगरी थप फरक संरचना निर्माण गरी स्थानिय समुदायका साझा क्रियाकलापहरु निर्माणमा सहजिकरण गर्दै आईरहेको छ । तत्कालिन जिल्ला कृषि विकाश कार्यालय लाई कृषि ज्ञान केन्द्रको रुपमा स्थापित गरीएको छ । फलस्वरुप गाविस स्तरमा काम गर्दै आईरहेका कृषि सेवा केन्द्र लाई नगरपालिका वा गाउँपालिकाको कृषि विकाश शाखाको रुपमा स्थापित गरी कार्यक्रम योजना तर्जुमा र कार्यन्वयन गर्दै आएको छ ।

गाउँपालिकाले कृषकको तत्कालिन आवश्यकतालाई मध्यनजगर गर्दै प्रत्येक आर्थिक बर्षमा कृषि क्षेत्रमा उल्लेख्य बजेट व्यवस्थापन गर्दै आएको छ । आ.व २०७३र०७४ बाट यस गाउँपालिकामा कृषि विकाश शाखाको उपस्थितिमा स्थानिय स्तरका कृषकहरुको आयआर्जन सुधार गर्न विभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ ।

विज्ञापन

यस क्रममा एक घर एक करेसाबारी अभियानका लागि कृषि विकाश शाखाले मौषम अनुसारका तरकारीका विउविजन उपलब्ध गराई सुरु गरेको अभियान हाल सम्म निरन्तर तरकारी उत्पादन गरी उपभोग गरिरहेका छन जसले ग्रामिण स्तरमा देखा पर्ने महिलाहरुको न्युन पोषण वा कुपोषण लाई केहिहद सम्म कम गर्न सकियको छ । यस पालिकाको उच्च हिमाली क्षेत्रमा जहाँ धान खेतिको सम्भाव्यता अध्ययन गरीयको छ जुन चन्दननाथ र लेकाली १,२,३ जातको सफल खेति गर्न सकिने सम्भावना भएको छ (जनु अहिले सुरुवात नगरिएको) ।

कृषि विकाश शाखाको आयोजनामा गौमुल गाउँपालिकाको जन प्रतिनिधि र प्राविधिकको संयुक्त हाईडेन्सिटी (उच्च घनत्व) स्याउको अध्ययन अवलोकन भ्रमण पश्ता गौमुल गाउँपालिकाको १ नं वडाको अन्द्राडिमा छण्ण् वटा स्याउको बोट परिक्षणको लागि सुरु गरी केही मात्रामा सफलता भए पश्चात हाल गाउँपालिकाका केही क्षेत्रहरुबाट थप खेतिको सुरुवात गरीएको छ ।

कृषकहरुलाई सहज र सुलभ रुपमा फलफुलका विरुवा उपलब्ध गराउन गाउँपालिकाकै केन्द्रमा फलफुल नर्सरी स्थापना गरी कृषकहरुलाई आवश्यक पर्ने विरुवा उपलब्ध गराउदै आएको छ । यति मात्र नभइउ उक्त नर्सरीबाट अन्य स्थानिय तहमा पनि वितरण गर्दै आएको छ । भरी स्याउ खेतीको सुरुवात गरी गाउँपालिकालाई फलफुल गरीको छ ।

यस गौमुल गाउँपालिकामा अन्य बालीको तुलनामा रैथाने बाली प्रशस्त मात्रामा उत्पादन हने भएकोले यसको बजारीकरणका लागी विभिन्न परकार निर्माण गरी वेचविखन र संकलन गरी प्रचार प्रसारको माध्यम बाट जिल्ला बाहिर समेत उपलब्ध गराएको छ । सिमि तथा रैथाने बाली बजारीकरणका लागि जिल्ला तथा श भित्र आयोजना गरीएका विभिन्न मेला महोत्सवमा सहभागि भई उत्पादित बस्तुहरुको बजारीकरण गरी गाउँपालिकाको नाम अग्रणी स्थानमा ल्याउन यस शाखाले भुमिका निर्वाह गर्दै आईरहेको छ ।

गाउँपालिका भित्रका व्यावसायिक कृषकहरुको छनोट गरी विभिन्न गोष्ठी सेमिनार भ्रमणमा सहभागि गराई विउ पुजिको रुपमा विउ सामाग्रि उपलब्ध गराई व्यवसायिक तर्फ उन्मुख गराईएको छ । यसका ज्वलन्त उदाहरण गौमुल गाउँपालिका २ गोरख ब रोकाया, सुरेन्द्र रोकाया, गौमुल ट सगुने रोकाया, गौमुल ५ प्रेम बहादुर रोकाया लगायतका किसान हरु पर्दछन ।

यस क्षेत्रमा तरकारी खेतीको सूरुवात र व्यावसायिक तरकारी खेती गर्नका लागि पकेटको रुपमा घट्मुना तरकारी पकेट गौमुल गाउँपलिका वडा नं ट भक्तेवगरमा ज्ञद्द वटा ग्रामिण जलश्रोत व्यवस्थापन परियोजनाको सहयोगमा प्लाष्टिक घर निर्माण गरी घट्मुना बजार क्षेत्रलाई पुग्ने तरकारी उत्पादन गर्दै आईरहेकाछन । गौमुल गाउँपालिकामा कार्यरत विभिन्न संघ संस्था संग समन्वय गरी कृषि क्षेत्रका कार्यक्रमहरु एकद्धार प्रणालीबाट संचालनका लागि आवश्यक पहलभईरहेको अवस्था छ ।

यस क्षेत्रलाई कृषि विकाशको माध्यामबाट आर्थिक समुन्ति गर्न गौमुल गाउपालिका कृषि विकाश शाखाले कृषि ज्ञान केन्द्र, कृषि विकाश निर्देशनालय, माटो परिक्षण प्रयोगशाला, प्रदेश सरकार, संघिय सरकार संग समन्वय गरी बाली परिक्षण माटो परिक्षण भुगोल सर्भेक्षण गरी एक क्लस्टर एक उत्पादनमा जोडदिएको छ । त्यसैपनि यो क्षेत्र जडिबुटी उत्पादन, रैथाने बाली र विभन्न बालीको विउ उत्पादनको प्रचुर सम्भावना बोकेको ठाउ हो । यस क्षेत्रका किसानले चाहेको जस्तो उत्पादन गरी नगण्य आम्दानि गर्ने अवसर पनि छ । स्थानिय सरकारले विगतका आर्थिक बर्षहरु जस्तै थप कृषि तथा पशुपालन क्षेत्रमा बजेट व्यवस्थापनमा थप जोड दिएमा गाउँपालिका अवश्य पनि कृषि क्षेत्रमा आत्मनिर्भर वन्ने सम्भावना देखिन्छ । लेखक वि.क. कृषि विकाश शाखा, गौमुल गाउँपालिकाका नायव प्राविधिक सहायक हुन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार