होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिनेछ : गृह मन्त्रालय
समाचार

भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिनेछ : गृह मन्त्रालय

  • नागरिक रैबार
भोलिदेखि निषेधाज्ञालाई थप कडाइ गरिनेछ : गृह मन्त्रालय

काठमाडौं। कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनलाई निषेधाज्ञा सुरु भएको छ। निषेधाज्ञाको पहिलो दिन बिहीबार उपत्यकाका सडकमा चहलपहल निकै घटेको छ। सडक क्षेत्रका पसलहरू खुलेका छैनन्। चोकचोकमा बसेर प्रहरी र ट्राफिक प्रहरीले परिचयपत्र जाँचमा कडाइ गरेका छन्।

सहरभित्रका मुख्य सडकहरूमा सवारी चाप घटे पनि कोटेश्वर, बल्खु, कलं‍कीलगायत नाकाहरूमा भने केही बेर ट्राफिक जाम पनि देखिएको छ। बुधबार बाहिरी जिल्लाबाट हिँडेका सवारी बिहान उपत्यका भित्रिएकाले पनि नाकाहरूमा चाप बढेको हो। निजी तथा सार्वजनिक सवारीसाधन चलाउन रोक लगाइएको छ भने अत्यावश्यकीय क्षेत्रका केही सवारीसाधन मात्र चल्न दिइएको छ।

वैशाख मसान्तसम्म तोकिएको निषेधाज्ञा कडाइका साथ लागू गर्न उपत्यकाभित्र र बाहिरबाट प्रवेश गर्ने नाका तथा गौंडामा नेपाल प्रहरी र सशस्त्र प्रहरी टोलीलाई बाक्लो रूपमा तैनाथ गरिएको छ। सडकमा गुडेका सवारी नियमन र अनुगमन गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले १ सय ७२ ठाउँमा नियमित चेक प्वाइन्ट र ५६ स्थानमा ‘ब्यारिकेड’ सहितको डेडिकेटेड चेक प्वाइन्ट स्थापना गरेको छ।

विज्ञापन

निषेधाज्ञा पालना गराउनकै लागि उपत्यकामा ३ हजार ५ सयजति प्रहरी खटाइएका छन्। सडकमा चेक प्वाइन्ट, पिकेट, मोबाइल गस्ती, स्ट्राइकिङ, रिजर्भ र सादा पोसाकका सुरक्षाकर्मीलाई फरक-फरक भूमिकामा परिचालन गरिएको प्रहरीले जनाएको छ। अनुमतिवाहकले पनि सवारीमा देखिने गरी सेवा दिने क्षेत्र उल्लेख गरी परिचयपत्र भिरेर हिँड्नुपर्ने नियम बनाइएको छ।

प्रहरी र सशस्त्रले निषेधाज्ञा उल्लंघन गर्नेलाई नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा डोरी टाँगेर होल्डिङ सेन्टर बनाएका छन्। अत्यावश्यक सेवा र अनुमतिवाहकबाहेकका सवारी र पैदलै मानिसको आवागमन भए नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राख्न तीनवटै प्रशासनले प्रहरी र सशस्त्रलाई निर्देशन दिएका छन्।

गृह मन्त्रालयले भोलिदेखि काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बिहीबार निषेधाज्ञाको पहिलो दिन भएकाले धेरैलाई यसको प्रोटोकलबारे जानकारी नभएकाले दोस्रो दिनबाट कडाइ गर्ने बताए। ‘निषेधाज्ञाको पहिलो दिन सडकमा केही भीड र ट्राफिक जाम देखिएको छ’ उनले भने, ‘भोलिदेखि काठमाडौंको निषेधाज्ञालाई थप कडाइ गर्नेछौं।’

उनले निषेधाज्ञाको उल्लंघन गर्नेलाई कानूनी कारवाहीमा ल्याउने समेत चेतावनी दिए। दाहालले निषेध आदेशको अवधिभर अतिआवश्यक नपरी घरबाट बाहिर ननिस्कन र यात्रा नगर्न अनुरोध गरेका छन्। बिहीबार एक विज्ञप्ति जारी गरेर उनले कोरोना महामारीको विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त सबै सरोकारवालाको सहयोग पनि आवश्यक पर्ने बताए। प्रमुख जिल्ला अधिकारीहरुबाट जारी निषेध आदेशको पूर्ण पालना गरी कोरोना महामारी नियन्त्रणमा सघाउन अनुरोध गरे।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार