होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् । सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८ औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए । […]
१३ वैशाख, काठमाडौं । कोभिड १९ को दोस्रो लहरबाट नराम्ररी प्रभावित भएको भारतमा ठूला शहरका अस्पतालहरू संक्रमितहरूले भरीभराउ हुन थालेका छन् । अक्सिजनकै अभावमा मानिसहरुले ज्यान गुमाउनुपर्ने अवस्था आएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतमा जत्तिकै नभएपनि नेपालमा पनि कोरोना संक्रमण तीव्र गतिमा फैलिएको छ । बाँकेमा जटिल अवस्थाका संक्रमितहरुले बेड नपाउने अवस्था छ […]
कोरोनाविरुद्धको पहिलो र दोस्रो डोज खोप लिएका दुवैलाई कोरोनाभाइरसको संक्रमणबाट बच्न परिवार कल्याण महाशाखा तथा विज्ञले सुझाएका छन् । नेपालमा हालसम्म करिब २० लाख जनाले कोरोनाविरुद्धको पहिलो डोजको मात्रा लिइसकेका छन् भने ४ लाख ३८ हजार जानले दोस्रो मात्रा पनि लिइसकेका छन् । यो हिसाबले कुल जनसंख्याको ७ प्रतिशत खोप लिएका छन् । खोप लिएका […]
नेपालमा कोरोनाको दोस्रो लहर भयावह बन्दै गएको देखिएको छ । अघिल्लो वर्ष मङ्सिरपछि बिस्तारै कोरोना संक्रमितको संख्या घट्दै गई शून्यमा झरेकोमा दोस्रो लहर शुरू भएपछि चैतपछि बिस्तारै संक्रमितको संख्या बढ्दै गएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अघिल्लो वर्ष क्रमशः संक्रमण बढेकोमा यस वर्ष शुरुआती समयमै […]
काठमाडौँ — कोरोना संक्रमण उकालो लागिरहँदा सातायता करिब दुई सय जना संक्रमितमध्ये एक जनाको मृत्यु हुन थालेको छ । पछिल्लो साता १५ हजार ४ सय ४६ जना संक्रमित हुँदा ८१ जनाको मृत्यु भएको हो । आइतबार एक दिनमै २८ जनाको मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । ‘लापरबाही गरे स्थिति भयावह हुन सक्छ,’ मन्त्रालयले भनेको छ । […]
१२ वैशाख, काठमाडौं । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सोमबारदेखिका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले सोमबारदेखि हुने सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको सीसीएमसी स्रोतले जानकारी दिएको छ । यो सिफारिस अनुसार अब विद्यालय र क्याम्पसका सबै परीक्षाहरु स्थगित हुनेछन् । यसअघि मन्त्रिपरिषद बैठकले चालु रहेको परीक्षा […]
१२ वैशाख, काठमाडौं । सरकारले कोरोना भाइरस सक्रिय संक्रमितको संख्या पहाडमा २०० र शहरमा ५०० जना नाघेमा निषेधाज्ञा गर्न सिफारिस गरेको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी […]
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम थप बढ्दै गएकोले सार्वजनिक समारोह र सार्वजनिक स्थलमा हुने कार्यक्रममा सहभागी नहुन आह्वान गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो । सार्वजनिक सूचनामा मन्त्रालयले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व निर्वाह गरी संवेदनशील बन्न, सार्वजनिक समारोहहरु र सार्वजनिक स्थलमा हुने […]
१२ वैशाख काठमाडौं । निर्वाचन आयोगले जेठ ६ गते हुने राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि वैशाख २४ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । आइतबार उपनिर्वाचन कार्यक्रम सार्वजनिक गर्दै आयोगले वैशाख २४ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र वैशाख २५ मा उम्मेदवारको विरोधमा उजुरी दिने, २६ र २७ गते उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने […]
१२ वैशाख, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो । पत्र पठाए लगत्तै दिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालय […]
१२ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ, थप २८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९२९२ पीसीआर परीक्षणमा ३०३२ र ७८६ एन्टिजेन परीक्षणमा ९० जना गरी ३१२२ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४५० […]
१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरेना संक्रमणको अहिलेको चक्रलाई रोक्न नसके केही दिनमा अस्पतालमा बिरामी राख्ने ठाउँ पनि नहुने चेतावनी दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले आइतबार एक विज्ञप्ति जारी गरी कोरोना संक्रमण र उपचारको दुखद दृश्य स्वास्थ्यकर्मीहरुले दैनिक रुपमा देखिरहेको बताएका छन् । ‘संक्रमणको चक्रलाई रोक्न सकिएन र यही […]
१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए । ५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने […]
१२ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । आइतबार बसेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जिल्ला प्रशासन कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सेवा एक साताका लागि बन्द गर्ने निर्णय गरेको हो । काठमाडौंका प्रमुख […]
१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक […]
१२ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ । शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् । बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही समय उद्घाटन, शिलान्यास र पार्टी विवादलाई थाँती राख्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालबाट अध्यक्ष थापाले कोरोना रोकथाम तथा नियन्त्रणमा ध्यान दिन आग्रह गरेका छन् । उनले कोरोना अनियन्त्रित र विकराल बन्दै गएकोले यसबारे सरकारले गरेको प्रयास र योजनाबारे आफूले सुन्न […]
१२ वैशाख, बाजुरा । बाजुरा जिल्लाको त्रिबेणी नगरपालिका वडा नम्मर ९ बाट चितुवाको छाला सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा त्रिबेणी नगरपालिका ९ का बर्ष ६० मानसिहं थापा र बर्ष २६ का तुलाराम शार्की रहेकाे पत्रकार सम्मेलन मार्फत जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ । उनीहरुले चितुवा मारेर हड्डी दातँ र छाला […]
१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशभर लकडाउन नगर्ने बताएका छन् । लकडाउन कोरोना संक्रमण रोक्ने अन्तिम समाधान नभएको पनि उनले बताए । प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि आइतबार पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना […]
१२ वैशाख, महेन्द्रनगर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा स्थगनको माग गर्दै विभिन्न विद्यार्थी संगठनहरुले विश्वविद्यालयमा शनिबार ताला लगाएका छन् । विश्वविद्यालयले वैशाख १६ गतेदेखि परीक्षा सञ्चालनको तयारी गरेको छ । विद्यार्थी संगठनहरुले कोरोना भाइरसको महामारीमा विश्वविद्यालयले जबर्जस्ती परीक्षा सञ्चालन गर्न लागेको भन्दै केन्द्रीय कार्यालय, परीक्षा नियन्त्रकको कार्यालयमा ताला लगाएका हुन् । अनेरास्ववियू अध्यक्ष रोहित गजुरेल, […]