होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • धनगढीको कोभिड अस्पताल संक्रमितले भरियो
समाचार

धनगढीको कोभिड अस्पताल संक्रमितले भरियो

  • नागरिक रैबार
धनगढीको कोभिड अस्पताल संक्रमितले भरियो

१२ वैशाख, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

उनकाअनुसार संक्रमितमध्ये ११ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै, २५ जनालाई अक्सिजन दिएर राखिएको र १३ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिने काम भइरहेको श्रेष्ठले बताए ।

विज्ञापन

कोरोनाको पहिलो लहरमा उचित व्यवस्थापन गरेपनि अहिले जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुदै गएकाले समस्या सिर्जना हुन थालेको छ ।

‘हामीसँग उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन गरेर पहिलो चरणको कोरोना कालमा राम्रो सेवा दिन सफल भएका थियौं,’ श्रेष्ठले भने, ‘तर अहिले भने लक्षणसहितका संक्रमित दैनिकजसो वृद्धि भइरहेकाले सेवा दिन हम्मेहम्मे पर्ला जस्तो भइसकेको छ ।’

५० शय्याको अस्पताल निर्माण गर्न ठेक्का

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताल मातहत नै रहने गरी थप ५० शय्याको अस्पताल भवन निर्माणको काम थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले वैशाख २ गते वाईआर कन्स्ट्रक्सनसँग १ करोड ४९ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर कोभिड अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको जानकारी दिए ।

उनले असार २० गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भएपनि संक्रमण तीव्र गतिमा फैलिरहेका कारण निर्धारित समय अगावै काम सक्न ताकेता गर्ने काम गरिरहेको बताए ।

महाकाली अस्पतालमा लक्षणसहितका ४८ संक्रमितको उपचार हुँदै

कञ्चनपुरको महाकाली अस्पतालमा पनि लक्षणसहितका ४८ जना कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी नारद भट्टले आइतबार दिउँसोसम्म अस्पतालमा ४८ जना संक्रमित भर्ना भएको जानकारी दिए ।

भट्टका अनुसार ५ जनाको आईसीयू र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ९ जनालाई अक्सिजन सपोटमा राखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार