होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्न सक्छ : मन्त्री ज्ञवाली
समाचार

कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्न सक्छ : मन्त्री ज्ञवाली

  • नागरिक रैबार
कोरोना महामारी यही रुपमा बढ्यो भने गाह्रो पर्न सक्छ : मन्त्री ज्ञवाली

१२ वैशाख, काठमाडौं । सरकारले कोरोनाभाइरसको महामारी यही रुपमा बढ्दै गएमा धेरै गाह्रो अवस्था आउने निष्कर्ष निकालेको छ ।

शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा भएको छलफलबारे आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी महाधिवेशन आयोजक समितिका सदस्यलाई जानकारी गराएका छन् ।

 

विज्ञापन

बैठकमा सहभागी एमाले नेता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको स्वास्थ्य संरचनाले महामारीको अहिलेसम्मको अवस्था धानेको तर समस्या बढ्दै गएमा गाह्रो पर्ने बताएका हुन् ।

‘हामीसँग जे अवस्था छ, अहिलेको स्थितिलाई त धान्छ । तर समस्या यही रुपमा अगाडि बढ्दै गयो भने चाहिं हामीलाई अझ गाह्रो पनि पर्न सक्छ’, उनले भने ।

सीसीएमसीको बैठकमा पछिल्लो समय नेपालमा कोरोनाभाइरसको डबल म्युटेट र ट्रिपल म्युटेट भाइरस पनि देखिएको र ती भाइरस असाध्यै छिटो फैलिने र संक्रमित व्यक्तिलाई अक्सिजन सपोर्ट चाहिने विषयमा छलफल भएको मन्त्री ज्ञवालीले बताए ।

‘त्यसकारण एकातिर हिजोको बैठकबाट हामीले अक्सिजन प्लान्टहरुलाई पूर्णक्षमतामा विस्तार गर्ने, नयाँ सिलिण्डरहरु मगाउने, रेमडिसिभिर लगायत अरु लाइफ सेभिङ ड्रग्सहरु, मेडिसिनहरुलाई आयात गर्ने, खोपलाई विस्तार गर्ने कुराहरु त गरिरहेका छौं’, उनले भने ।

आइतबार सीसीएमसीको निष्कर्षबारे प्रधानमन्त्रीले पार्टीको महाधिवेशन आयोजक समितिका सदस्यहरुलाई जानकारी गराएकाे मन्त्री ज्ञवालीले बताए । त्यस्तै कोरोना महामारी विरुद्धको अभियानमा परिचालित हुन पनि प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार