होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ
समाचार

सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ

  • नागरिक रैबार
सञ्चार गृहबाट दुईजना पत्रकार पक्राउ

१२ वैशाख, काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चार गृहमा पुगेर दुईजना पत्रकार पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रबन्धक डिएल तामाङ (प्रभात) लाई पक्राउ गरेको हो ।

उनीहरुलाई प्रहरी टोलीले आइतबार दिउँसो कार्यकक्षमै पुगेर पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले पक्राउ परेका व्यक्तिविरुद्ध साइबर अपराध, कीर्ते र राज्यविरुद्धको अपराध सम्बन्धी कसूरमा अनुसन्धान हुने बताए ।

 

विज्ञापन

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअका प्रमुखबीच चार बुँदे सहमति भएको भनेर लेखेको समाचारबाट ती कसूर आकर्षित भएको एसएसपी सिंहको दाबी छ ।

समाचारको विषयमा चित्त नबुझे उजुरी गर्ने आधिकारिक निकाय प्रेस काउन्सिल हो । काउन्सिलले स्पष्टिकरण सोधेपछि उज्यालो नेटवर्कले समाचार हटाएर माफी मागेको थियो । उच्च अदालत, पाटनले पनि समाचारको विषयमा पत्रकारलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार