होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड धनगढी पुगेका छन्। सो समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड धनगढी पुुगेका हुन्। सो समूहका अर्का नेता एंव पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल शुक्रबार नै धनगढी पुगेका छन्। सो समूहले धनगढीस्थित खुलामञ्चमा जनसभा आयोजना गरेको हो। प्रधानमन्त्री केपी शर्मा […]
मोरङ — नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतले लोकतन्त्र र संविधानको भावनाअनुसार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला नगरे प्रतिनिधिसभा बैठक बसेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने बताएका छन् । ‘संविधानअनुसार प्रतिनिधिसभा विघटन नभई प्रधानमन्त्री ओलीको सरकार विघटन भएको छ,’ प्रतिनिधिसभा विघटनको विरोधमा विराटनगरमा आयोजित सभामा उनले भने, ‘त्यसैले संविधानले दिएको अधिकार प्रयोग गरेर सभामुखको अध्यक्षतामा संसद्को बैठक […]
काठमाडौँ — एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालनलगायत विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहेको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । […]
गत मङ्सिर ११ गतेदेखि लागेको आगो निभ्न नपाउँदै नासो गाउँपालिका रहेका जङ्गलमा आगो बलिरहेको छ । मनाङको ताचैमा लागेको आगो दुई दिनदेखि लगातार प्रयास गर्दा पनि नियन्त्रणमा आउन सकेको छैन । रातदिन नभनी भोकभोकै यहाँका स्थानीय आगो निभाउन खटिइरेका छन् । “जिल्लामा उपलब्ध सबै स्रोतसाधनको प्रयोग भइसक्यो तर आगो नियन्त्रणमा भएन”, नासो गाउँपालिका–८ ताचैका वडाध्यक्ष […]
नेपालमा कोरोना सङ्क्रमण भित्रिएको ११ महीनापछि कोरोनाविरुद्धको खोप सेवा उपलब्ध भएपछि स्वास्थ्यकर्मी निकै खुशी देखिन्छन् । गत वर्षको चैतदेखि कोरोना भित्रिएको नेपालमा निकै त्रासपूर्ण अवस्था रह्यो भने केही स्वास्थ्यकर्मीले ज्यानसमेत गमाउनु पर्दा चिन्तित रहेका सर्वसाधारणदेखि स्वास्थ्यकर्मी अहिले खोप उपलब्ध भएपछि उत्साही बनेका हुन् । भारतले अनुदानमा दिएको १० लाख डोज खोप माघ १४ देखि बागलुङमा […]
धनगढीः प्रतिकुल मौसमका कारण पूर्वप्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको धनगढी उडान प्रभावित भएको छ। शनिबार धनगढीमा आयोजना हुने विरोधसभालाई सम्बोधन गर्न बुद्ध एयरलाइन्सको विमानबाट प्रचण्ड आउने कार्यक्रम रहेको भएपनि प्रतिकुल मौसमका कारण प्रभावित भएको हो। धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले बिहानैदेखिको हुस्सु र शितलहरका कारण उडान सेवा प्रभावित भएको बताए। बुढथापाले […]
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गर्ने विरोधसभालाई मध्यनजर गरि प्रहरीले सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। खुलामञ्चमा आयोजना हुने सभालाई सम्बोधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल आउने भएपछि सुरक्षा व्यवस्थामा कडाइ गरिएको प्रहरीले जनाएको छ। बिहानैदेखि विरोधसभा आयोजना हुने खुलामञ्चसहित चोक–चोकमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन्। प्रहरीले शंकास्पल […]
१६ माघ, काठमाडौं । नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । संसद विघटनसँग विभाजित नेकपाको प्रचण्ड–माधव समूहले बहुमत केन्द्रीय सदस्यको बैठक राखेर केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ । ओली समूहले भने २०७८ मंसिरमा महाधिवेशन गर्ने गरी केन्द्रीय कमिटी विस्तार गर्दै विवरण अध्यावधिक गर्न निर्वाचन […]
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने ठोकुवा गरेका छन् । काठमाडौं महानगरपालिका–१४ खड्का गाउँमा निर्माण सम्पन्न भएको खानेपानी परियोजना शिलान्यास गर्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् । सबै दल आन्दोलनको नाममा घरदैलौ अभियान भन्दै गाउँ गाउँमा चुनाव प्रचारमा लागिसकेको जिकिर गर्दै उनले अब मुलुक […]
हुम्ला । सुर्खेतबाट मुगुको सोरुकोट हुँदै सर्केगार्ड गाउँपालिका–१ बालुकुना बिक्री केन्द्रको चामल कुहिएको भेटिएको छ । बालुकुना बिक्री केन्द्रबाट उपभोक्तालाई कुहिएको चामल बिक्री भएको पाइएको छ । मुगुको सोरुकोटबाट खच्चरमार्फत हुम्लाको बालुकुना बिक्री केन्द्रबाट ठेकेदारले कुहिएको चामल उपभोक्तालाई बिक्री गरेको जनाइएको छ । हिमाल निर्माण सेवा मुगुका ठेकेदार प्रदीप टमटाले कुहिएको चामल जनतालाई बिक्री गर्ने […]
काठमाडौँ — राष्ट्रिय सभा सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले प्रतिनिधिसभाले सरकार गठन गर्न सक्छ कि सक्दैन भनेर सर्वोच्च अदालतमा ‘हिसाबकिताब’ गर्न नहुने बताएका छन् । संसदीय समिति सभापति रामनारायण बिडारी । फाइल तस्बिर । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा शुक्रबार बिडारीले सरकार गठन गर्ने र फेर्ने अधिकार संसद्को भएको भन्दै सर्वोच्च […]
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको सपना साकार पार्नकै लागि सरकार निरन्तर क्रियाशील रहेको बताए । शहीद सप्ताहको अन्तिम दिन आज लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले शहीदको बलिदानले नै जनतालाई अधिकारसम्पन्न बनाएको र लोकतन्त्रलाई संस्थागत गर्न योगदान पुगेको बताए । कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पारिवारिकरूपमा प्रयोग हुँदै आएको […]
१६ माघ, काठमाडौं । आज शहीद दिवस । विभिन्न न्यायपूर्ण आन्दोलनमा ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । शहीद सप्ताहको अन्तिम दिन शुक्रबार लैनचौरस्थित शहीद स्मारकमा ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पनि शहीदहरुप्रति सम्मान अर्पण गर्न लैनचौर पुगेका थिए । सभामा उपप्रधानमन्त्री ईश्वर […]
१६ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्न वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले ५ घण्टा समय मागेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले भने बढी १ घण्टा भन्दा दिन नसकिने बताए । शुक्रबार संवैधानिक इजलासमा बहस गर्न आएका श्रेष्ठले सुरुमै आफूलाई ५ घण्टा समय दिन माग गरेका हुन् । श्रेष्ठ नेकपा संसदीय दलका प्रमुख सचेतक […]
धनगढीः नेकपाका अध्यक्ष एवंम् पूर्व प्रधानमन्त्री पुष्पकमल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार धनगढी आउने भएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्न उनीहरु दुवै जना धनगढी आइरहेका हुन्। नेकपाले धनगढीको खुलामञ्चमा भेलाको आयोजना गरेको छ। प्रचण्ड–नेपालसहित सभालाई प्रदेश इन्चार्ज भीम रावल लगायतका अन्य नेताले पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा […]
१६ माघ, काठमाडौं । नेकपा ओली समूहका नेताहरुले दल दर्ता प्रक्रिया अगाडि बढाउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । आयोगले दल दर्ता र निर्वाचनको तयारीका क्रममा हालसम्म भएका कामबारे छलफल गर्न नेकपाको दुवै समूहलाई बोलाएको थियो । तर प्रचण्ड–माधव समूहका नेताहरुले अध्यक्षद्धय राजनीतिक कार्यक्रमका लागि बाहिर भएकाले माघ १८ गतेपछि मात्र छलफलमा आउन सक्ने लिखित […]
धनगढीः सरकारले शुक्रबारदेखि नेपाल–भारतसँग जोडिएका सीमानाका खुला गरेसँगै दुवै देशका नागरिकले आवतजावत गर्न पाउने भएका छन। तर भारतीय नागरिकले भने नेपाल प्रवेश गर्दा अनिवार्य स्वीकृती लिनुपर्ने गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले दिनेशखबरसँग भने, ‘नेपाली नागरिक नेपाल र भारत जादा विगतमा जस्तै स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरि आवातजावत गर्न पाउनेछन् तर भारतीय नागरिकले […]
धनगढीः सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो। नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। […]
कोरोना महामारी र बन्दाबन्दीका कारण गत वर्ष विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन गरिएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा ( एसईई) यस वर्ष कुन विधिबाट गर्ने भन्नेमा गृहकार्य शुरु भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ को बैठकले विद्यमान शिक्षा ऐनको ‘बाधा अड्काउ फुकाउ’ को व्यवस्था प्रयोग गरी निर्णय गरी संवत् २०७६ को सो […]
काठमाडौं । प्रधानमन्त्री केपी (खड्गप्रसाद) शर्मा ओलीविरुद्ध दायर अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको इजलासले बुधबार प्रधानमन्त्री ओलीलाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो । प्रधानमन्त्रीका अभिव्यक्तिले न्यायपालिका र न्यायप्रक्रियाकै उपहास भएको […]