होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ, बेटी […]
काठमाडौँ — प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई कांग्रेस केन्द्रीय कार्यसमितिले धेरैपटक ‘असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम’ भनेको छ । त्यसविरुद्ध सडक संघर्ष पनि जारी छ तर संघर्ष केका लागि भन्नेमा न पार्टी स्पष्ट छ न त नेताहरूका सार्वजनिक अभिव्यक्तिमै एकरूपता छ । पार्टी निर्णयमा ‘प्रतिनिधिसभा पुनःस्थापना’ को शब्द अहिलेसम्म परेको छैन । निर्वाचनमा जानुपर्छ भन्ने निर्णय […]
काठमाडौँ । कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८ वर्षीय मानबहादुर बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले रातोपाटीलाई बताए । प्रहरीका अनुसार शनिबार राति ११ बजे म १ त ५४२ […]
१८ माघ, कञ्चनपुर । सशस्त्र प्रहरीले कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुँइबाट नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । लालझाडी गाउँपालिका–१ का २३ वर्षीय सञ्जय राना र सोही ठाउँ बस्ने २२ वर्षीय इन्द्रसिंह रानालाई नक्कली नोट बनाउने सामग्री र नक्कली नोटसहित शनिबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल ३५ नम्बर गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र […]
१८ माघ, काठमाडौं । नेपालमा बर्डफ्लु भित्रिएकाले मासु राम्रोसँग पकाएर मात्र खान चिकित्सकले सुझाव दिएका छन् । बर्डफ्लु पन्छीबाट मानिसमा सर्ने सरुवा रोग भएकाले विशेष सतर्कता अपनाउनुपर्छ । वरिष्ठ छाती रोग विशेषज्ञ डा. निरज बमका अनुसार पन्छीको मासु खाँदा बर्डफ्लुको भाइरस सर्न सक्ने जोखिम हुने भएकाले राम्रोसँग पकाएर मात्र खानुपर्छ । चिकित्सकका अनुसार बर्डफ्लुको […]
बाजुरा: बाजुराको धार्मीक तथा पर्यटकिय क्षेत्र बडीमालिकामा पनि हेलिकोप्टरबाट भ्रमण गर्न सकिने भएको छ।खप्तड होम स्टेको सहयोगमा भोलि(आइतबार)बाट दिपायलदेखि बडीमालिकासम्म ‘हेली टुर प्याकेज’को शुभारम्भ हुने खप्तड होम स्टेका संचालक दिपक खड्काले बताए। भोलि नेपाल पर्यटन बोर्डका सियो डाक्टर धनन्जय रेग्मी र बोर्डका सदस्य कृष्ण महाराले ‘हेली टुर प्याकेज’को शुभारम्भ गर्ने उनले बताए। उक्त प्याकेज माघ २५ […]
धनगढीः नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले भने, […]
काठमाडौं उपत्यकामा निःशुल्क खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि समस्यामा परेका मानिसहरुलाई खाना खुवाउँदै आएको हाम्रो टीम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा […]
१७ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली पार्टीमा मात्र होइन, सडकमा पनि एक तिहाई भएको दाबी गरेका छन् । ‘केपी ओली पार्टी केन्द्रीय कमिटीमा त एक तिहाई पनि छैन, तर सडक मेरो हुन्छ भन्ने गर्नुहुन्थ्यो । अस्ति धनगढीमा सभा गरेपछि उहाँको फुर्ती बढेकै थियो’ शनिबार धनगढीमा आयोजना […]
धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखराज भट्ट दलालको पनि दलाल बनेको टिप्पणी गरेका छन्। धनगढीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै दाहालले भट्टको नाम नलिएरै आफैले हुर्काएको मान्छे छोप्न नसकिनेगरि गएको बताए। उनले भट्ट प्रधानमन्त्री केपी ओलीको वरीपरी घुमिरहेको उल्लेख गर्दै भने, ‘केपी ओली दलाल हुन् उनी दलालको पनि दलाल भए।’ विगतमा प्रचण्डका प्रिय पात्र […]
धनगढी,१७ माघ – विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएका छन् । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदुरपश्चिममा गएर भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उनले जवाफ र्फाएका हुन् । प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भने, ‘यो खुलामञ्चको आँगनमा […]
धनगढीः नेकपा सुदूरपश्चिमका इन्चार्ज भीम रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई तस्करको नाइकेको संज्ञा दिएका छन्। प्रचण्ड–नेपाल समूहले धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै रावलले प्रधानमन्त्री केपी ओलीले तस्करको नाईकेलाई मन्त्री बनाएको आरोप लगाएका हुन्। यसअघि गत पुस २४ गते खुलामञ्जमा ओली समूहले आयोजना गरेको जनसभालाई सम्बोधन गरेका वन मन्त्री आलेले रावलको संरक्षणमा सुदूरपश्चिममा […]
धनगढीः नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई फुच्चे बनाईदिएकोमा धन्यवाद दिएका छन्। धनगढीमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले त्यहाँ सहभागीलाई उनले विशाल उपस्थिती जनाएर ओलीलाई फुच्चे बनाइदिएको भन्दै धन्यवाद दिएका हुन्। उनले ओलीले धनगढीमा आयोजना गरेको भेलापछि फुर्ति बढेपनि अहिले उनको घमण्ड तोडिएको दाबी गरे।
नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव समूह) का सुदूरपश्चिम सहईञ्चार्ज खगराज भट्टले सिंहदरवारमा बसेको शासक बहुलाएको बताएका छन् । नेकपा (प्रचण्ड–नेपाल समूह) ले धनगढीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । भट्टले बहुलाएको शासनले संबिधानलाई टोकिरहेको बताए ।
धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमाथि अन्याय गरेको बताएका छन्। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेशमाथि अन्याय भएको आरोप लगाएका हुन्। सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले भने, ‘यहाँबाट नयाँ मान्छेहरु त्यहाँ गएर ठूला–ठूला कुरा गरिरहेका छन्। केही दिन अगाडि यसै ठाउँबाट प्रधानमन्त्री ओलीले […]
काठमाडौँ– कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिए । उनका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफैँ हराएर जाने गरेको बताए । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर […]
धनगढीः पछिल्लो समय सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट प्रदेश सरकारको समिकरण र आफ्नो शिष्टाचारशैलीको कारण चर्चामा रहिआएका छन्। खासमा सादगी र इमान्दार नेताका रुपमा छवि बनाएका भटट्को पछिल्लो शिष्टाचारको शैलीलाई लिएर भिन्न–भिन्न कोणबाट टिकाटिप्पणी हुँदै आएको हो। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गराएपछि उनी आवद्ध नेकपा २ खेमामा विभक्त छ। उनी प्रचण्ड–नेपाल खेमामा […]
धनगढी: शनिबार नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गर्ने विरोधसभालाई सम्बाधन गर्न दुईजना पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल धनगढी पुगिसकेका छन्। दुवै पुगिसकेपछि धनगढीमा सो समूहले र्याली निकालेर शक्ति प्रदर्शन गरेको छ। उक्त र्यालीको कमान्डिङ नेकपा प्रचण्ड–नेपाल समूह सुदूरपश्चिमका प्रदेश इन्चार्ज भीम रावलले गरेका छन्। धनगढीको चौराहाबाट सुरु भएको र्याली कार्यक्रम स्थल खुलामञ्चम पुगेर […]
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् । आफूनिकट सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित विरोधसभालाई सम्बोधन गर्न धनगढी पुगेका प्रचण्ड-नेपालको स्वागतमा मुख्यमन्त्री त्रिलोचन भट्टसहित मन्त्रीहरु धनगढी विमानस्थल पुगेका थिए । उनले शुक्रबार नेपाललाई र शनिबार बिहान प्रचण्डलाई धनगढी विमानस्थलमै पुगेर स्वागत गरेका […]
१७ माघ, धनगढी । संसद विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहले धनगढीमा विरोधसभा गर्दै छ । शनिबार दिउँसो १ बजे धनगढीमा सभा गर्न लागिएको हो । सभालाई सम्बोधन गर्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेता धनगढी आइसकेका छन् । जनसभालाई प्रचण्ड, नेपालसहित प्रदेश इन्चार्ज भीम रावललगायतका नेताले पनि सम्बोधन गर्ने […]