होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
लुम्बिनी प्रदेश सरकारको स्थापनासँगै प्रदेशसभाले कानून निर्माणको कामलाई तीव्रता दियो। पहिलो वर्षलाई कानून निर्माणको वर्षका रुपमा घोषणा गरेको प्रदेश सरकारले प्रदेशसभालाई सोही अनुसार काम पनि दियो। जसका कारण प्रदेशसभाले विभिन्न समिति गठन गरी कानून निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढायो। फलस्वरुप प्रदेशसभा स्थापनाका दुई वर्षमा ५९ वटा कानून बने। पछिल्लो समय भने कोरोना महामारीका कारण […]
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ६३५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ सङ्क्रमितहरुको सङ्ख्या सन्तोषजनक तरिकाले […]
काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ मंगलबार यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी दिइएको हो । यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखको मध्यावधि चुनाव एक दिन पनि पर नसर्ने दाबी गरेका छन् । सोमबार ढल्केबरमा विद्युत सबस्टेशनको उद्घाटनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले वैशाख १७ र २७ गते चुनाव हुने बताए । प्रदेश २ मा पहिलो चरणमा चुनाव हुने भन्दै उनले भने, ‘तपाईंहरु तयार हुनुस्, एक दिन पनि पर […]
बझाङ : बझाङको थलारा गाउँपालिकामा हावाबाट बिजुली निकाल्नका लागि गरिएको परीक्षण सफल भएको छ । थलारा गाउँपालिका -४ ठिङमा राखिएका ३ वटा वायु पंखाबाट विद्युत परिक्षण गर्ने क्रममा २४ किलोवाट क्षमताको विद्युत उत्पादन भएको हो । संविधानसभा सदस्य एलबी रावलको पहलमा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको १ करोड २४ लाखमा टेन्डर भएको उक्त आयोजनाले वडा नम्बर […]
काठमाडौं । वाग्मती प्रदेशको प्रदेशसभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेकपा प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । वागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाइएको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै […]
नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ । यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । बैठकमा नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट […]
काठमाडौँ : बझाङको जयपृथ्वी नगरपालिका–४ गोलाइका लक्ष्मण विकको खोजी गरिदिन परिवारले आग्रह गरेका छन् । दाङको तुल्सीपुर नगरपालिका–१८ मा रहेको ससुराली गएका २० वर्षीय उनी गत माघ ४ गतेदेखि सम्पर्कविहीन भएका थिए । चौध महिनाअघि दाङकी गायत्री कुमालसँग विकको विवाह भएको थियो । लक्ष्मण ससुरालीबाट नै बेपत्ता भएका उनका दाई गणेश विकले बताए ।
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ का गर्भवती महिलाको मृत्यु भएको छ । वडा नं १ की २१ वर्षीय गीता बुढालाई गर्भवती हुने समयअघि नै व्यथा लाग्दा फोक्सोमा समस्या भएर मृत्यु भएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ । शिशु जन्माउँदा बग्ने पानी फोक्सोको रगतको नलीमा अड्केर काम नगर्दा आज बिहान ६ बजे उपचारका क्रममा मृत्यु […]
१९ माघ, बुटवल । नदीजन्य पदार्थको अवैध उत्खनन् रोक्नुपर्ने लगायतका माग राख्दै दाङको राजपुर गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । राज्यको प्राकृतिक स्रोत र सार्वजनिक सम्पत्तिमाथि मनपरी दोहन र कब्जा हुन थालेको भन्दै बहुमत कार्यपालिका सदस्यहरुले नै गाउँ कार्यपालिकामा ताला लगाएका हुन् । वडा नम्बर ३ को खरदरिया घाटबाट केसी निर्माण सेवालाई नदीजन्य पदार्थ […]
१९ माघ, काठमाडौं । प्रधानमन्त्रीले केपी शर्मा ओलीले संसद भंग गरेपछि संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र सदस्य अग्नि खरेलको पुरानो अभिव्यक्ति भाइरल बन्यो । दुबैले त्यसबेला अब प्रधानमन्त्रीले सनकको भरमा संसद भंग गर्न नपाउने भनेका थिए र, अहिले संसद भंग हुँदा प्रधानमन्त्री ओलीको पक्षमा छन् । महान्यायाधिवक्ता भएकाले खरेल प्रतिनिधिसभा विघटनको बचाउ गर्नुपर्ने भएको छ […]
१९ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइ गरिरहेको संवैधानिक इजलसमा सोमबारबाट विपक्षीको बहस सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयको तर्फबाट महान्यायाधिवक्ता अग्नि खरेलले बहस गरेका छन् । बहसका क्रममा खरेलले वर्तमान सरकार संविधानको धारा ७६ (१) अनुसारकै भएको जिकिर गरे । निवेदकले ७६ (१) को सरकार भने पनि […]
काठमाडौँ — म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता हत्याएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गिरफ्तार गर्दै सत्ता नियन्त्रणमा लिएको हो । याङ्गुनको सिटी हलमा सेना तस्बिर : रोयटर्स सेनाले म्यानमारकी स्टेट काउन्सिलर तथा विदेशमन्त्रीसमेत रहेकी सु कीसहित राष्ट्रपति विन मिन्टलगायतका नेतालाई पनि हिरासतमा लिएको अन्तर्राष्ट्रिय समाचार […]
काठमाडौँ- नेकपा कम्युनिष्ट पार्टी नेकपाको दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता समीर हायूले दाहालविरुद्ध अपहेलना मुद्दा दर्ता गरेका हुन् । मुद्दाको पेसी मंगलबारलाई तोकिएको छ । दाहालले अदालत र न्यायाधीशहरूलाई पटक–पटक धम्कीपूर्ण अभिव्यक्ति दिएको निवेदनमा दाबी गरिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वसभामुख […]
धनगढी: धनगढीमा डिउटीमै मदिरा सेवन गरेको पाइएपछि एक प्रहरी जवानलाई नियन्त्रणमा लिइएको छ। अस्थायी प्रहरी पोष्ट चटकपुर कार्यरत प्रहरी जवान किशोर विष्टलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नियन्त्रणमा लिएर उनीमाथि आन्तरिक छानविन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए।
नुवाकोट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले निर्वाचन नचाहने पक्षले निर्वाचन आयोगलाई धम्की दिइरहेको बताएका छन् । सदरमुकाम विदुरमा नेकपा ओली समूहको आयोजनामा आज भएको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । उपप्रधानमन्त्री पोखरेलले भने– ‘तोकिएको समयमा निर्वाचन नहोस् भन्ने पक्षले चलाएको हल्लाको पछि लाग्नु हुँदैन । दल दर्ता, निर्वाचन कार्यक्रम सञ्चालन नगर भनिरहेका छन् […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको आज बस्न लागेको केन्द्रीय कमिटी बैठकअघि स्थायी समिति बैठक सुरु भएको छ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्नका लागि काठमाडौँस्थिति कार्की ब्याङ्क्वेटमा यतिबेला पार्टीको स्थायी समिति बैठक बसिरहेको हो । यसअघि आज बिहान शीर्ष नेताहरुको पार्टी मुख्यालयमा बैठक बसेको थियो । एजेन्डा तय गर्नका लागि ११ […]
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा बोर्डको सोमबारको निर्णयअनुसार परीक्षाफल प्रकाशित गरिएको हो । बोर्डले कोरोनाका कारण निर्धारित वार्षिक तालिका भन्दा ढिला गरी मंसिरमा र संक्रमित परीक्षार्थीहरुको पुस महिनामा परीक्षा सञ्चालन गरेको थियो । परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रेडवृद्धितर्फ ९१ हजार […]
धनगढी। नेकपाका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले मनोनित गरेका केन्द्रीय सदस्यहरुलाई कटाक्ष गरेका छन्। शनिबार धनगढीमा आयोजित जनसभामा बोल्दै नेपालले ओलीले पार्टी बिधानविपरित नियुक्त गरेका केन्द्रीय सदस्यलाई निर्वाचन आयोगले मान्यता नदिएपछि कटाक्ष गरेका हुन्। कार्यक्रममा नेपालले छिट्टै प्रतिनिधिसभा पुनस्र्थापना भई केपी ओलीको बहिर्गमन हुने बताए। उनले प्रधानमन्त्री केपी ओली आफ्नै कर्तुतले गर्दा पतन हुने […]
संयुक्त अरब इमिरेट्स (युएई)ले विख्यात विदेशी नागरिकहरुलाई नागरिकता दिने भएको छ । कोरोना संक्रमणको महामारी र तेलको मूल्यमा आएको गिरावटका कारण हजारौं विदेशी नागरिक युएई छोडेर हिँडेपछि युएई सरकारले यस्तो घोषणा गरेको हो । युएईका उपराष्ट्रपति एवम् दुबईका शासक शेख मोहम्मद बिन रशिद अल मकतुमले भनेका छन् लगानीकर्ता, डाक्टर, इन्जिनियर, कलाकार लगायतका काबिल व्यक्तिहरुलाई युएईको […]