होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीका किसानलाई मलको समस्या
समाचार

कैलालीका किसानलाई मलको समस्या

  • नागरिक रैबार
कैलालीका किसानलाई मलको समस्या

१० जेठ, टीकापुर । कोरोना संक्रमण नियन्त्रणका लागि कैलाली जिल्लामा निषेधाज्ञा लागू भएपछि किसानलाई भने समस्या भएको छ । निषेधाज्ञाका कारण वर्षे धान खेतीका लागि किसानले रासायनिक मलको जोहो गर्न पाएका छैनन् ।

निषेधाज्ञा अघि कैलालीका विभिन्न कृषि सहकारीमा रासायनिक मल पर्याप्त मात्रामा उपलब्ध भए पनि निषेधाज्ञापछि मल बिक्री बन्द हुँदा किसान मारमा परेका हुन् । किसान भोजबहादुर चौधरी निषेधाज्ञाका कारण खेती गर्ने समय नजिकिंदासमेत मल नपाएको बताउँछन् ।

‘यसपटक मल अभाव हुन्न भन्ने सुनेका थियौं, म जस्तै धेरै किसान ढुक्क थिए,’ खेतमा रोप्नका लागि ब्याड तयार हुन थाल्यो तर मल पाइएको छैन,’ उनले भने, ‘सहकारीले मल बिक्री गरिरहेका छैनन् । अब कसरी मलको जोहो गर्नु ?’

विज्ञापन

गत वर्ष भएको लकडाउनका कारण मल अभावको सास्ती खेपेका कैलालीका किसानहरु यसपालि पनि निषेधाज्ञा हुँदा मल पाइने, नपाइने केही ठेगान नभएकामा चिन्तित छन् । जेठ महिनाको पहिलो सातादेखि धान खेतीका लागि धानको ब्याड राख्न किसानले सुरु गरेका छन् ।

मलको जोहो हुने कि नहुने निश्चित नभएकाले किसानहरु निषेधाज्ञामा समेत रासायनिक मलको खोजीमा लाग्ने गरेका अर्का किसान प्रेमलाल चौधरीले बताए । ‘निधेषाज्ञा छ, मल पाउने टुंगो छैन, अब कोरोना सर्ला भनेर घर बस्ने कुरा रहेन,’ प्रेमलालले भने, ‘अब सहकारी तथा स्थानीय सरकारले हामीलाई सहज मल पाउने व्यवस्था गरिदिनुपर्छ । नत्र उत्पादन घट्ने निश्चित छ ।’

कैलालीका किसानले हरेक वर्ष मलका लागि भौतारिनु परेको छ । विगतमा भारतीय नाका खुला हुने भएकाले भारतीय बजारको भरमा मल व्यवस्थापन गर्ने किसान गत वर्षबाट भारतीय नाका बन्द भएपछि निकै मारमा परेका छन् ।

कैलालीमा ७१ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ भने करीब २० हजार मेट्रिक टन रासायनिक मल आवश्यक पर्ने गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै