होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • भीम रावलका कारण ओलीलाई सुदूरपश्चिममा धक्का
समाचार

भीम रावलका कारण ओलीलाई सुदूरपश्चिममा धक्का

  • नागरिक रैबार
भीम रावलका कारण ओलीलाई सुदूरपश्चिममा धक्का

काठमाडौं, १२ जेठ । नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई इतिहासकै ठूलो सफलता त्यस क्षेत्रमा दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट नेतृत्वलाई दिइआएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले निर्णय गरी सुदूरपश्चिम प्रदेशमा पत्र समेत पठायो । तर, आज प्रदेश संसदीय दलको बैठक बसेर केन्द्रको निर्देशनविरुद्ध निर्णय गरेको छ । तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेर सुदूरपश्चिम प्रदेशको एमाले संगठनले अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिएको छ ।

एमालेको सबै प्रदेशमा बहुमतमा रहेका ओली सुदूरपश्चिममा भने धक्का खान पुगे । उनी त्यहाँ अल्पमतमा देखिए । कर्णालीमा यसअघि विद्रोह भई ह्वीप उल्लंघनको घटना भएको थियो ।

विज्ञापन

४२ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा एमालेका २५ जना सांसद छन् । सभामुखबाहेक २४ सांसदमध्ये १८ जना माधव नेपाल पक्षका छन् । ६ जना सांसद मात्र ओली पक्षका छन् । त्यहाँ भीम रावलको बलियो पकड बनेको यसपटक देखिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार