होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार एक दुई दिनमै मनसुन देशैभरि फैलिने सम्भावना छ । आगामी साता मनसुन सक्रिय भई देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, केही […]
पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५२२५ जना संक्रमणमुक्त भएका छन् भने ६७ जनाको मृत्यु भएको छ ।
मानिसमा सर्ने १० वटा रोगलाई प्राथमिकताका आधारमा जुनोटिक सूचीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राखेको हो । प्रथम जुनेटिक रोगहरुको प्राथमिकिकरण राष्ट्रिय कार्यशाला गोष्ठिले १० वटा रोगलाई जुनोटिक रोगमा समावेश गरेको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोनाभाइरस, ब्रुसेलोसिस,सालमोनेलोसिस÷लेस्मिनियासिस, जुनोटिक क्षय रोग, सिस्टिकर्सोसिस/हाइडाटिडोसिस र […]
धनुषामा पोखरीमा डुबेर ५ जना बालिकाको मृत्यु भएको छ । जिल्लाको मुखियापट्टि मुसहरनीया ६ स्थित लक्ष्मीपुरमा खेतमा निर्माण गरिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको हो । स्थानीय हुलास यादवले निर्माण गरेको ९ फिट गहिरो पोखरीमा नुहाउने क्रममा ५ बालिका डुबेका हुन् । मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीय छोरी लक्ष्मीनिया यादव, जोगिन्द्र भगतकी […]
काठमाडौं, २८ जेठ । बामदेव गौतम नेकपा हुँदै नेकपा एमाले बन्दा पनि पछिल्लो समय कुनै खेमामा खुलेर लागेनन् । उनले निरन्तर एकता अभियान चलाए । विगतमा नेकपा एमाले फुटाएर नेकपा माले बनाएका गौतमलाई विभाजनको सबैभन्दा ठूलो पीडा छ । विभाजनले उनलाई राजनीतिक जीवनमा ठूलो धक्का दिएको थियो । त्यो पीडा उनको आत्मामा अझै गडिएको रहेछ […]
२८ जेठ, काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको छ । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले पदभार सम्हाले लगत्तै उनकै निर्देशन बमोजिम मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन र निकायका अधिकारीलाई १२ बुँदे परिपत्र जारी […]
सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–४ की सुत्केरी २६ वर्षीया मुना विश्वकर्माको हेलिकप्टरबाट उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव हुन थालेपछि सुत्केरी मुनालाई हेलिकप्टरबाट उद्धार गरिएको हो । अत्यधिक रक्तस्राव भएपछि उनको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।अत्यधिक रक्तस्राव हुन थालेपछि बिहीबार बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुत्केरीको उद्धार गरिएको हो […]
कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीकाे सहभागिता छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका ४ जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्बहाली गर्न […]
कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको जनाएको हो । बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए । बलात्कारमा संलग्न […]
धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्णबहादुर थापाले पार्टीको निर्देशन विपरीत मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेशसभा सदस्यलाई कारबाही हुने बताएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिन पार्टीले दिएको निर्देशनको उल्लङ्घन गर्ने प्रदेश सांसदहरुलाई कारबाही गर्न तयारी अगाडि बढाइएको उनको भनाइ छ । ‘पार्टीको निर्देशन विपरीत अर्को दलको मुख्यमन्त्रीलाई विश्वासको मत दिनु अपराधपूर्ण […]
२६ जेठ, काठमाडौं । कोरोना महामारीका कारण यस वर्षको राष्ट्रिय जनगणना अभियान प्रभावित भएको छ । अवस्था सामान्य थियो भने हिजो(मंगलबार)देखि सुरु भएर असार ८ गतेसम्ममा सम्पन्न गर्नुपर्ने जनगणनाको काम कोरोना भाइरसको महामारीका कारण सुरु हुन नसकेको हो । हरेक १० वर्षमा गरिने जनगणना मिति तोकेर पनि समयमा सम्पन्न गर्न नसकिएको यो इतिहासकै पहिलो घटना […]
२५ जेठ, धनगढी । नेकपा एमालेको सुदूरपश्चिम संसदीय दलले अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेशसभा सदस्यलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्वीप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्पष्टीकरण सोधेका छन् । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, […]
काठमाडौं, २५ जेठ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद् पूनःस्थापना हुने विश्वास दिलाएका छन् । सोमबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले भने,‘अदालतले पनि अन्ततः हेर्ने भनेको संविधान हेर्ने हो । मलाई विश्वास छ, संसद् पूनःस्थापना हुन्छ ।’ उनले आफूहरुले लडेको ल्याएको […]
काठमाडौं, २५ जेठ । केन्द्र देखि सात प्रदेशसम्म नेकपा एमालेका सांसदहरुको संरचनाको अवस्था सुदूरपश्चिम प्रदेशमा मात्र माधवकुमार नेपाल खेमा बलियो अवस्थामा छ । संसदीय दलमा पनि नेपाल समूहको पार्टीभित्र भारी बहुमत छ । यसको मुख्य कारण भीम रावल हुन् । रावल नेकपा एमालेबाट निष्काशित भइसकेका छन् । उनी नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । सुदूरपश्चिम […]
काठमाडौं, २५ जेठ । सुदूरपश्चिम प्रदेशमा संसदीय दलका नेता प्रकाश शाहीसहित नेकपा एमालेका १७ प्रदेश सभा सांसदले फ्लोर क्रस गरेका छन् । उनीहरुले मुख्यमन्त्री त्रीलोचन भट्टको विश्वासको मतको विपक्षमा मतदान गर्ने पार्टी ह्वीप उल्लंघन गरेका हुन् । नेपालको संसदीय इतिहासमा पार्टीको ह्वीप उल्लंघन गरेर सोही पार्टीका दुई तिहाई सांसदले फ्लोर क्रस गरेको यो पहिलो घटना […]
२५ जेठ, काठमाडौं । विश्वासको मत पाएका सूदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई नेकपा एमालेका नेता भीम रावलले बधाई दिएका छन् । सामाजिक सञ्जालमार्फत रावलले विश्वासको मत पाएका भट्टसँग अरुले राजनीतिक नैतिकता सिक्न सक्ने उल्लेख गरेका छन् । ‘विधि, विधान र पद्धति मिच्नेहरुले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?,’ रावलले लेखेका छन् । भट्टलाई […]
केन्द्रमा दुई राजनीतिक ध्रुवमा उभिएका दलहरु नेकपा एमाले र नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशमा भने सत्ता साझेदार भूमिकामा कायम छन् । सोही सहकार्यका आधारमा मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत हासिल गरे । प्रदेशसभामा सभामुखबाहेक ५१ सांसदमध्ये मुख्यमन्त्री भट्टले विश्वासको मतको पक्षमा ३० सांसदको समर्थन पाए । त्यसो त, प्रदेशसभामा सत्तारुढ दुई दलका कुल […]
२५ जेठ, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) मूल्यांकनका लागि नयाँ कार्यविधिको तयारी गरेको छ ।यो वर्ष पनि आन्तरिक मूल्यांकनबाट एसईईको नतिजा सार्वजनिक गर्ने भएपछि त्यसका लागि कार्यविधि बनाउन लागिएको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताए । उनले भने ‘कार्यविधिको ड्राफ्ट तयार भइरहेको छ । यो महिनाभित्र सकेर मूल्यांकन गर्न निर्देशन दिन्छौं ।’गतवर्ष […]
२५ जेठ, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार बसेको प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन आग्रह गरेकामा ३० सांसदले पक्षमा मत दिए । प्रदेशसभामा भएको मतदानमा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई […]
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूलाई विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै आफूले पाएको सोही विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् । विश्वासको मत पाइसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सुदूरपश्चिम प्रदेशलाई आफूले तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गराए । उनले अब […]