होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
समाचार

कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

  • नागरिक रैबार
कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार
साँकेतिक तस्विर

कैलाली । कञ्चनपुरमा १९ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय कंचनपुरका अनुसार जिल्लाको वेदकोट नगरपालिका–५ मा स्थानीय युवतीमाथि दुईजना युवकले बलात्कार गरेको जनाएको हो ।

बलात्कार गरेको आरोपमा वेदकोट नगरपालिका–६ का २३ वर्षीय धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताए ।

बलात्कारमा संलग्न स्थानीय अर्का आरोपी भने फरार रहेको प्रहरी नायव उपरीक्षक थापाले बताए । उनको खोजी कार्य भइरहेको थापाले बताए ।बिहीवार नर्सरीमा उनीहरुसँगै घुम्न गएका बेला किशोरीमाथि दुवैजनाले बलात्कार गरेको डिएसपी थापाले जानकारी दिए ।

विज्ञापन

राति करिब ९ बजेतिर सामूहिक बलात्कार गरेको खबर प्राप्त भएपछि जिल्लाबाट खटिएको प्रहरी टोलीले आरोपी मध्येका विकलाई शुक्रबार बिहान पक्राउ गरेको थापाले बताए । युवतीको राति नै स्वास्थ्य परीक्षण गरिएको छ थापाले भने, “रिपोर्ट आउन बाँकी छ ।“ नर्सरीमा जंगलमा उनीहरूले मदिरा सेवन गरी बलात्कार गरेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार