होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीज पर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् । जिल्लाका महिलाले यस वर्ष केही दिन अघिबाटै दर खाने र जमघट हुनेलगायतका कार्यक्रम सुरु गरिसकेका छन् । केही दिनअघि टीकापुर […]
धनगढी: नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव सुदूरपश्चिममा पनि देखिएको छ। मंगलबार बिहानैदेखि प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ। प्रदेश ट्राफिक कार्यालय अत्तरियाका अनुसार प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन्। यस्तै लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रहरीले बताएको छ। कैलाली […]
धनगढी । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो […]
धनगढीः कञ्चनपुरको सीमावर्ती भारतीय बजार वनबासा नजिकै भएको जीप दुर्घटनाका घाइतेहरुको पहिचान खुलेको छ। आज दिउँसो वनबासाको चरकपुर बजारमा भएको दुर्घटनामा १० जना नेपाली घाइते भएका थिए। प्रहरीका अनुसार घाइते हुनेहरुमा कञ्चनपुरको भीमदत्त नगरपालिका-५ का जित दयाल, राधा दयाल, गड्डाचौकीका दिपक ओझा र हेमा ओझा रहेका छन्। यस्तै धनगढीका खेमबहादुर, चन्द्रा, सानु, लक्ष्मी, बल्देव र […]
बैतडी — सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार गरिएकी बैतडीको सिगास गाउँपालिका-६ की बिन्दु धामीको शिशुको मृत्यु भएको छ।स्थानीय थालाकाडा स्वास्थ्यसंस्थामा सुत्केरी हुन नसकेर अवस्था जटिल भएपछि उनलाई सुर्खेतस्थित प्रादेशिक अस्पताल लगिएको थियो । प्रादेशिक अस्पतालमा डाक्टरहरुले समयमै महिलालाई अस्पताल पुर्याउन नसक्दा शिशुको पेटमै मुत्यु भएको जानकारी दिएको उनका श्रीमान् दीपेन्द्र धामीले बताए । आइबार सुत्केरी […]
अछाम । अछामको बयालपाटा अस्पतालले गरिब तथा बिपन्न बिरामीलाई निशुल्क सेवा प्रदान गर्दै आइरहेको छ । न्याय हेल्थ नेपालको व्यावस्थापनमा नेपाल सरकारसँग साझदेदारी १४ बर्ष देखी दुर्गम जिल्लामा स्थापना भई गरिब जनताको सेवा गरदै आएको छ । अस्पतालले आर्थिक बर्ष २०७८÷०७९ मा ५४ हजार ७ सय ३४ जनाको निशुल्क उपचार गरेको अस्पतालका निर्देशक डा. मन्दिप […]
बाजुरा । बाजुरा जिल्लाको पर्यटन प्रवद्र्धनका लागि २४ वर्षीय मनोज रेग्मीले पहल सुरु गरेका छन्। उनले वाइल्ड बाजुरा नामक अभियान नै सुरु गरेका हुन्। भौगोलिक हिसाबले बाजुरा जिल्लालाई उत्तरदेखि दक्षिणसम्म तीन विशेष क्षेत्रमा विभाजन गरिएको छ। उच्च हिमाली क्षेत्र, उच्च पहाड र मध्य पर्वत। उच्च हिमालय क्षेत्रले साइपाल हिमाल दायरालाई समेट्छ। उच्च पहाडी क्षेत्रमा दोहालेक […]
धनगढी- सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती […]
डडेल्धुरा। डडेल्धुरामा जिप दुर्घटना हुँदा ८ जना घाईते भएका छन्। डोटीको दिपायलबाट डडेल्धुरा सदरमुकाम तर्फ आइरहेको से १ ज ५०४ नम्बरको जिप केआइसिंह राजमार्गअन्तर्गत ऐर गाउँ मोडमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी उमाकान्त जोशीका अनुसार घाइतेहरूको परिचय खुलिसकेको छैन। घाईते सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको उनले बताए। […]
काठमाडौं । पूर्वी नेपालका थारु समुदायले आज रैब पर्व मनाउँदै छन् । पश्चिम नेपालका थारु समुदायले भने आज ‘बड्का अट्वारी’को रुपमा यो पर्व मनाउँदै छन् । हरेक वर्ष भदौ महिनाको पहिलो आइतबारदेखि रैब पर्व सुरु हुन्छ र ठाउँ अनुसार भदौ महिनाभर पर्ने आइतबारलाई रैब दिन वा रैब पर्वका रुपमा मनाउने गरिन्छ । थारु भाषामा आइतबारलाई […]
बाजुरा । बाढी र पहिरोका कारण असार अन्तिम सातादेखि साँफे–मार्तडी सडक खण्डको बार्जुगाढदेखि जडांगासम्मको करिब २० किलोमिटर सडक दर्जनौं ठाउँमा अवरुद्ध छ । बाजुराको लाइफलाइनको रुपमा रहेको यो सडक वर्षादको समयमा पूर्ण रुपमा अवरुद्ध हुन थालेको चार वर्ष भइसक्यो । बर्खा नसकिदासम्म यो सडक सुचारु हुने अवस्था हुँदैन । नियन्त्रण गर्न असम्भव भइसकेको पहिरोमा सडक डिभिजन कार्यालय साँफेबगरले […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।
धनगढीः जिल्ला कारागार बैतडीभित्र कोभिड-१९ को संक्रमण सल्किएको छ। कारागारका १६ जनालाई कोभिड-१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो। बैतडी कारागारका जेलर धारा भण्डारीका बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले […]
धनगढीः सुदूरपश्चिममा थप ६१ जनामा कोरोना भाइरसका संक्रमित फेला परेका छन्। स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार कैलाली, कञ्चनपुर र बैतडीमा १ हजार १७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४१ जनामा संक्रमण पुष्टि भएको छ। यस्तै सेती प्रादेशिक अस्पतालमा ४५ जनाको पीसीआर परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि नभएको निर्देशनालयले जनाएको छ।
धनगढी सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिएको छ। ओल्के पर्वको अवसरमा भदौ १ गते प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।उक्त दिन प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने जनाइएको छ। काँक्रा, भाण्टा, मुला, दही, पिँडालुका पात र हरियो सागपात आफन्तजनलाई बाँडेर सुदूरपश्चिममा ओल्के पर्व उल्लासपूर्वक मनाउने गरेको छ । साउन […]
धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा […]
बाजुरा । बाजुराका किसानले उत्पादन गरेको स्याउ भदौ दोस्रो हप्ता बजारमा आउने भएको छ। बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र लुम्बिनी प्रदेशको नेपालगञ्ज बजारमा भदौ दोस्रो साता आउने भएको हो। हिमाली जिल्ला बाजुराको ५ हेक्टर क्षेत्रफलमा गरिएको स्याउ खेतीबाट यो वर्ष २ हजार मेट्रिक टन उत्पादन हुने अनुमान गरिएको छ। जिल्लाको दुई […]
बाजुरा । सुदुरपश्चिमको दार्चुला, बैतडी, बझाङ, बाजुरा, ढडेलधुरा, डोटी, अछाम, कञ्चनपुर र कैलाली जिल्लामा पहिचान भएका २२४ मेगावाटका आयोजनाले उत्पादन अनुमति लिई निर्माणको कार्यलाइ अघि बढाएका छन् । २५ मेगावाट क्षमतादेखि १०० मेगावाटसम्मका १६३ मेगावाटका आयोजना, ५ मेगावाटदेखि २५ मेगावाट क्षमतासम्मका ४७ मेगावाटका आयोजना र ५ मेगावाट भन्दा कम क्षमताका १४ मेगावाटका आयोजनाले उत्पादन अनुमति […]
धनगढी: बिहीबार सुदूरपश्चिममा वर्षा भइरहेको छ। धनगढीसहित प्रदेशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा भइरहेको हो। आज सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थान भन्दा दक्षिणमा अवस्थित छ। प्रदेश नं १, मधेस प्रदेश र […]
धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा […]