होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र २३, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अछाममा शाही हत्या प्रकरणः मेयर नै हत्यामा संलग्न रहेको आरोप, तालाबन्दीको चेतावनी
समाचार

अछाममा शाही हत्या प्रकरणः मेयर नै हत्यामा संलग्न रहेको आरोप, तालाबन्दीको चेतावनी

सम्झौता कार्यान्वयनको माग

  • नागरिक रैबार
अछाममा शाही हत्या प्रकरणः मेयर नै हत्यामा संलग्न रहेको आरोप, तालाबन्दीको चेतावनी

धनगढीः अछाम पञ्चदेवल विनायकका विनोद शाहीको हत्यामा संलग्न रहेको आरोप लगाउँदै पाँच राजनीतिक दल र संघर्ष समितिले पञ्चदेवल विनायक नगरपालिकाका सार्वजनिक कार्यक्रम बहिस्कार गर्ने भएका छन्। उनीहरुले मेयर अम्बिका चलाउने सहभागी हुने कार्यक्रम बहिस्कार गर्ने जनाएका हुन्।

एमालेका नगर इञ्चार्ज भीमबहादुर बिष्ट, माओवादी केन्द्रका उपसचिव हरिप्रसाद तिमिल्सिना,एकीकृत समाजवादीका सहइञ्चार्ज केशव शाही, विप्लव नेतृत्वको नेकपाका इञ्चार्ज सर्जन धामी, राप्रपा नेपालका नगर अध्यक्ष रणबहादुर शाही र स्व. विनोद शाही संघर्ष समितिका संयोजक रमेश शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै मेयर सहभागी हुने सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्ने बताए।

उनीहरुले तीन दिनभित्र पीडित पक्षसँग भएका सम्झौता पूर्णरुपमा कार्यान्वयन नगरिए अनिश्चितकालका लागि नगरपालिका कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन्। असारे योजनाहरुको रकम भुक्तानी र नगरसभाबाट बजेट पारित गर्नका लागि यसअघिका आन्दोलनहरु फिर्ता लिएको स्मरण गराउँदै उनीहरुले स्थानीय तह बजेटको नीति तथा कार्यक्रम हालसम्म पनि पारित हुन नसकेको बताए।

विज्ञापन

मेयर चलाउने करिब एक महिना फरार भएर राज्यका शक्ति केन्द्रसँग सेटिंग मिलाई प्रहरीमा उपस्थित भएको उनीहरूको आरोप छ। आगामी भदौ १५ गते नगरसभा बैठक बोलाइएको बताउँदै उनीहरुले भने, ‘नगरसभा गर्नको लागि अहिलेसम्म सिन्को भाँचिएको छैन। जनप्रतिनिधिहरुको आवश्यकता पूर्ति गर्न नगरसभा बस्न लागेको हो।”

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै