होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिम प्रदेशसभामा ३८ लाख बढी नियमविपरीत खर्च
समाचार

सुदूरपश्चिम प्रदेशसभामा ३८ लाख बढी नियमविपरीत खर्च

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशसभामा ३८ लाख बढी नियमविपरीत खर्च

धनगढीः महालेखाले सुदूरपश्चिम प्रदेशसभा सचिवालयले ०७७/७८ मा पदाधिकारी र कर्मचारीको बैठकबापतको ३८ लाख ६ हजार खर्च नियमविपरीत गरेको जनाएको छ। महालेखा परीक्षकको प्रतिवेदन ०७९ को प्रदेशसभा सचिवालयअन्तर्गत बैठक खर्च शीर्षकमा भनिएको छ, ‘सचिवालयको मुख्य काम नै कानुन निर्माण गर्ने हो। सचिवालयका पदाधिकारी र कर्मचारीको बैठक भत्तामा ३८ लाख ६ हजार खर्च भएको छ। कार्यालय समयमा हुने नियमित बैठकमा यस प्रकारको बैठक भत्ता खर्च लेख्नु नियमसम्मत देखिएन।’

यस्तै, प्रदेशसभा सचिवालयले तीनवटा कार्यक्रममा दोहोरो खर्च गरेको पनि खुलेको छ। कार्यक्रममा सहभागीलाई खाना, खाजा, कोठा भाडा, स्टेसनरी, इन्धन, गाडी भाडालगायत शीर्षकमा सम्पूर्ण खर्च व्यहोरेर पुनः दैनिक भ्रमण भत्ताबापत ५ लाख ८१ हजार वितरण गरिएको औंल्याएको छ। महालेखाको प्रतिवेदनले उक्त रकम असुल गर्न र खर्चमा मितव्ययिता अपनाउन भनेको छ।

प्रतिवेदनले ऐनविपरीत सत्तापक्षको सचेतक र विपक्षी दलको प्रमुख सचेतकलाई गाडी र चालक सुविधा उपलब्ध गराइएको भनेको छ। प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, ०७५ को व्यवस्थाविपरीत मन्त्रिपरिषद्ले सत्तापक्षको सचेतक र विपक्षी दलको प्रमख सचेतकलाई पनि सवारीसाधन, चालकलगायत सुविधा उपलब्ध गराइएको औंल्याएको छ। दुई पदाधिकारीका लागि दुईवटा गाडी खरिद गर्न एक करोड ६ लाख र चालकको पारिश्रमिक ९० हजार उपलब्ध गराइएको उल्लेख गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार