होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
वीरेन्द्रनगर — सुर्खेत–दैलेख सडक खण्ड एक महिनाका लागि बन्द हुने भएको छ । सडक खण्डअन्तर्गत दैलेखको गाईबान्नास्थित भिरको चट्टान काट्नुपर्ने भएकाले बुधबारदेखि पुस १४ गतेसम्म सडक बन्द गराइएको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ । कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी सजना पोखरेलले उक्त भिरमा साँघुरो बाटो भएकोले फराकिलो गर्न चट्टान काट्नुपर्ने भएकाले सडक बन्द गरिएको […]
राष्ट्रपति विद्यादेवी भण्डारीले ३ जना प्रदेश प्रमुखलाई पदमुक्त गरेकी छिन् । कात्तिक २२ गतेको मन्त्रिपरिषद्को निर्णय तथा सिफारिसको आधारमा राष्ट्रपतिले प्रदेश नम्बर १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखलाई पदमुक्त गरेकी हु्न् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६५ को उपधारा १ को खण्ड ‘ख’ बमोजिम प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, […]
काठमाडौं, १५ कार्तिक । कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले पदबाट राजीनामा दिएका छन् ।सत्तारुढ नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबीच सात्ता साझेदारीको सहमतिबमोजिम नै शाहीले मुख्यमन्त्रीबाट राजीनामा दिएका हुन् ।अब कर्णालीमा कांग्रेसले आफ्नो नेतृत्वमा गठबन्धनको सरकार बनाउने भएको छ। कांग्रेसबाट जीबनबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित् छ ।
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीको पद आजबाट सकिँदै छ। सांसद नरहेका तीन मन्त्रीको पद आज सकिन्छ। नेकपा (एकीकृत समाजवादी) मा रहेका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो। तत्कालीन समयमा नेकपा एमालेमा रहेका उनीहरुले फ्लोर […]
कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि भोलि (सोमबार) सकिँदैछ । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको पदावधि भोलि समाप्त हुँदैछ । प्रदेशसभा सदस्य नरहेको व्यक्ति बढीमा ६ महिनासम्म मात्र मन्त्री हुन पाउने भएकाले उनीहरु तीनै जनाको […]
कर्णाली (सुर्खेत) । कर्णाली प्रदेश सरकारले गत असोज २६ गते मुुगुमा भएको बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई एक लाख राहत उपलब्ध गराउने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा शुक्रबार बसेको प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले दुर्घटनाका पीडित परिवारलाई राहत दिने निर्णय गरेको हो । परिषद् बैठकले मुगुसहित प्रदेशका अन्य जिल्लामा भएका सवारी […]
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तीजलाई परम्परागत अन्धविश्वासी शैलीबाट नभई महिला स्वतन्त्रताका रुपमा मनाउन आग्रह गरेका छन् । हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना व्यक्त गर्दै उनले तीजलाई दिदीबहिनीको भेटघाट, सुख–दुःख साट्ने पारिवारिक मिलन र सामाजिक सद्भावको रुपमा मनाउन आग्रह गरेका हुन् […]
१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो । ‘बैठकले पार्टी एकता र १० बुँदे […]
काठमाडौं, १६ भदौ । बागमती र प्रदेश नम्बर १ मामा सरकार जोगाउने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रयास विफल हुने भएको छ । बागमती प्रदेशमा एमाले उपाध्यक्ष समेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छिन् । शाक्यले प्रदेश सभा सांसदहरुलाई मन्त्रीको अफर गरेर रोक्न खोजेपनि १२ जनाले नेकपा एस रोजेका छन् । अब उनले […]
तत्कालीन नेकपा एमालेले आफ्नो सिद्धान्त बनाएको ‘जनताको बहुदलीय जनवाद’मा जनता भन्ने शब्द पछि थपिएको हो । सुरुवातमा यो सिद्धान्तको नाम बहुदलीय जनवाद थियो । मदन भण्डारी बहुदलीय जनवादको पक्षमा थिए भने सिपी मैनाली समूह नयाँ जनवादको पक्षमा थिए । नयाँ जनवाद पक्षधर समूहको चित्त बुझाउन जनता भन्ने शब्द थपेर जनताको बहुदलीय जनवाद बनाइयो । पूर्वमालेको […]
लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । सुर्खेत–जुम्ला सडकका ठाउँठाउँमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो । दैलेखको किटु, कालिकोटको गगनेखोला, हुल्म, सुनार खोला, पिली सेराबाड़ा, खल्लागाड र भिग्ममा पहिरो खसेको जनाइएको छ । आज पहिरो पन्छाए पनि वर्षा नरोकिएकोले पुनः अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए […]
कर्णाली सरकारमा अब एमालेबाट तीन जना मन्त्रीकाे सहभागिता छ । ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिँदा कारबाहीमा परेका ४ जना सांसदकाे पुनर्बहालीसँगै एमाले अब सत्ता साझेदारका रूपमा देखिएकाे हाे । मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमाले कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई सर्वाेच्च अदालतले पुनर्बहाली गर्न […]
सुर्खेत । कर्णाली प्रदेशसभाको आठौं अधिवेशनको पहिलो बैठक दिउँसो दुई बजे बस्दैछ । यो बजेट अधिवेशन पनि हो ।सत्ता पक्षमा १८ र प्रतिपक्षमा १६ जना सांसद रहेको प्रदेश सभाको आजको बैठकमा सभामुख राजबहादुर शाहीले प्रदेश प्रमुखको कार्यालयबाट आएका पत्रहरू पढेर सुनाउने कार्यतालिका हिजो बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले निर्धारण गरेको छ । यसका साथै […]
काठमाडौँ– नेपाली कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी हुने भएको छ ।कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीका अनुसार अहिले रिक्त रहेका सामाजिक विकास मन्त्रालय र उर्जा तथा जलस्रोत मन्त्रालयमा कांग्रेसले दुईजना सांसदलाई मन्त्री बनाउने भएको हो । नेता शाहीले दिएको जानकारीअनुसार सामाजिक विकास मन्त्रालयमा सुर्खेतका यज्ञहादुर बीसी र उर्जा तथा जलस्रोतमा जुम्लाका दिनबन्धु श्रेष्ठलाई […]
काठमाडौँ : दलित समूदायबाट महिलामा सीता नेपाली नेपालकै इतिहासमा पहिलो मन्त्री बनेकी छिन् । नेकपा माओवादी कर्णाली प्रदेशकी प्रमुख सचेतक समेत रहेकी नेपाली कर्णाली प्रदेश सरकारमा जनस्रोत मन्त्री बनेकी हुन् । बुधबार कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालीलाई जलस्रोत मन्त्री, बिन्दमान बिष्टलाई आन्तरिक मामिला तथा कानुन मन्त्री र गोपाल शर्मालाई आर्थिक तथा योजनामन्त्रीमा नियुक्त गरेका हुन् । […]
कर्णालीका नवनियुक्त तीन मन्त्रीको शपथ भोलि हुने भएको छ । बुधबार नियुक्त भएका तीन मन्त्रीको शपथग्रहण बिहीबार बिहान ११ बजे हुने तय भएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रेस सल्लाहकार ध्रुबबिक्रम बुढाथोकीले जानकारी दिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आन्तरिक मामिला, कानुन, युवा तथा खेलकुद मन्त्रीमा बिन्दमान विष्ट, जलस्रोत तथा उर्जा विकास मन्त्रीमा सीता नेपाली, रआर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल […]
काठमाडौं । नेकपा एमालेले कर्णाली प्रदेशसभामा एमाले संसदीय दलको ह्वीप उल्लंघन गर्ने ४ जना सांसदलाई पार्टी सदस्य र सांसद पद नरहने गरी कारबाही गर्ने निर्णय गरेको छ ।
सुर्खेत । कर्णाली प्रदेश सरकारले चैते दसैँका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को २०७७ जेठ १२ गते बसेको बैठकले चैत शुक्ल अष्टमी (चैते दसैँ) को अवसरमा वैशाख ७ गते (मङ्गलबार)का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्था बिदा […]
नेपालमा लोकतन्त्रको यात्रा सुरु भएको ७० वर्ष पुग्यो । बितेको ७० वर्षमा नेपालमा पटकपटक राजनीतिक, सामाजिक क्रान्ति र आन्दोलनहरू भए । सबै आन्दोलनपछि समाज एक कदम अघि बढेको दाबी पनि गरियो । तर, सात दशकको लोकतान्त्रिक यात्रामा कर्नालीको मुहार फेरियो कि उस्तै छ ? ७० वर्षे लोकतन्त्रलाई कर्नालीबाट हेर्दा कस्तो देखिन्छ ? हेरौँ कर्नालीका कथा […]
१० फागुन, कर्णाली (सुर्खेत) । सुर्खेत वीरेन्द्रनगरकी १८ वर्षीया एक किशोरीको क्याम्पसकै सहपाठी साथीसँग पे्रम सम्बन्ध थियो । बिहे गर्ने वाचासँगै उनीहरुबीचको प्रेम सम्बन्ध दरिलो हुँदै थियो । जब प्रेमीले किशोरीको पेटमा गर्भ रहन गएको थाहा पाए, त्यसपछि विस्तारै टाढिँदै गए । अन्ततः उनीहरुबीच प्रेम सम्बन्ध टिकेन । प्रेमीले धोका दिएपछि २०७६ साल माघमा ती […]